थारु कल्याणकारीणि सभा मोरङको अध्यक्षमा विश्वास, आधिकारीक नभएको भगत समूहको आरोप
बिहिबार, ०८ चैत, २०८०,
न्यूज विराट
विराटनगर । थारु कल्याणकारीणि सभा मोरङको अध्यक्षमा प्रदिप कुमार विश्वास निर्वाचित भएका छन् । मोरङको बुढीगंगा गाउँपालिका २ मा रहेको भवनमा बुधबार भएको १० औं जिल्ला अधिवेशनबाट विश्वासले १५४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रदिप कुमार भगतले समूहले भने उक्त निर्वाचनमा भाग लिएन । आन्तरिक विवादको कारणले विगत ९ महिना थारु कल्याणकारणी सभाको निर्वाचन भएको थिएन् । थारु अगुवाहरुको पहलमा सवै कानुनी प्रक्रिया पुरा गरेर बिहीबार निर्वाचन गरेको उनीहरुको दाबी छ ।
थारुकल्याणकारीणि सभाको २७२ मतदाता मध्ये ५८ प्रतिशत अर्थात १५७ मत खसेको थियो । सो मतदानमा तीन मत वदर भएको थियो । अधिवेशनले ८ जना केन्द्रिय पार्सद समेत चयन भएका छन् । तीन जना उपाध्यक्ष मध्ये महिला उपाध्यक्षमा जयन्ती खाँ १३७ मत, जागेश्वर बिश्वासले १४१ मत र बाबुराम चौधरीले १२० मत सहित उपाध्यक्षमा विजय भएका छन् ।
यसैगरी सचिबमा प्रसान्त चौधरी १३९ मत, सह–सचिबमा मनोज कुमार विश्वास १३६ मत र कोषाध्यक्षमा ललित कुमार चौधरीले १३९ मत सहित विजय भए । त्यसैगरी सदस्यहरुमा आशावती थारु , अनिता देवि विश्वास , इन्दुदेवी चौधरी , ज्ञानचन्द्र गच्छदार , चुढामणी धामी थारु , बन्नालाल चौधरी , सुनिता चौधरी, रम्भा धामी थारु , महेश प्रसाद चौधरी , शिवराम थन्दार ,सुनिता कुमारी माझी , रखीलाल चौधरी रहेका छन् । केन्द्रिय प्रतिनिधिमा ८ जना निर्विरोध भएका छन् । कन्नुलाल चौधरी , भक्तीनाथ माझी , चुमनारायण तवदार , बालचन्द्र माझी , दुखाराम गच्छदार , भुखनी देवि चौधरी , गेना देवि चौधरी र सरस्वती चौधरी निर्विरोध भएको निर्वाचन अधिकृत जयराम पंजियारले जानकारी दिए । निर्वाचित सभापति प्रदिप कुमार विश्वासले आधिवेशनमा देखिएको विवाद समान्य भएको बताए । अधिवेशन सम्पन भएसंगै सवै संग सहकार्य गरेर संस्थाको हितका लागि प्रतिवद्ध भएर कामगर्ने बताए ।
थारु कल्याणकारीणि सभाको मोरङ अर्को सभापतिका उम्मेदवार प्रदिपकुमार भगत थारूले संस्थाको मर्म र भावना विपरित अधिवेशन भएको आरोप लगाए । पत्रकार सम्मेलनको आयोजना गरेर थारु कल्याणकारणी सभाको केन्द्रिय कमिटिले विघटन गरेको निर्वाचन मण्डलका निर्वाचन अधिकृत जयराम पंजियारले आफु खुशी सम्पन गराएको अधिवेशन आफुलाई मान्य नभएको बताए । आफु नै अधिकारी अध्यक्ष भएको दावी गर्दे उनले भने,‘ केन्द्रिय कमिटिको निर्देशन विपरित भएको अधिवेशले चयन गरेका पदाधिकारी गैरकानुनी हो । ’
काठमाडौं, २१ असार-काठमाडौंको नयाँ बसपार्कमा पार्किङमा राखेका माइक्रोबसमा आगलागी भएको छ ।प्रहरीका अनुसार आज बिहान बसपार्क भित्र पार्किङमा राखेका ८ वटा माइक्रोबसमा आगलागी भएको हो । के कसरी आगो लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी...
विराटनगर । विराटनगर – १० मा रहेको अरनिको आवसिय माविले कक्षा १२ का विद्यार्थीलाई बिदाई गरेको छ । कलेजमा अध्यनरत २३ औं ब्याचको विद्यार्थीहरुलाई विराटनगरको कञ्चनजङ्गा होटेलमा शनिबार एक कार्यक्रम आयोजना गरी मायाँको चिनो प्रदान...
विराटनगर, २९ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना संक्रमण भएको छ । १ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा २८२ र ५३५ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण...
काठमाडौं ३० साउन-स्वतन्त्रता दिवसकाे एक दिनअघि जम्मू-काश्मीरकाे नौगाममा आतंकवादीले प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा २ प्रहरी जवान मारिएका छन् भने अन्य ३ जना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अहिले नाैगाम क्षेत्रलाई प्रहरीले...
काठमाडौं, २० जेठ । सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गर्दै बागमती र गण्डकी प्रदेशमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने जनाएको हो । बागमती प्रदेशअन्तर्गत यातायात...
विराटनगर । उद्योग सङ्गठन मोरङको नवनिर्वाचित कार्यसमितिहरूको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । ५० औँ साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अध्यक्षलगायत पदाधिकारी र सदस्यहरूको शनिबार पदस्थापना भएको हो । सो क्रममा निर्वाचन समितिका संयोजक सूर्य...
महोत्तरीको बर्दिवास नगरपालिका–१ को मुुख्यचोकमै आज आगलागी भएको छ । व्यापारिक प्रतिष्ठान रहेको तीन तले भवनको माथिल्लो तलामा आगो सल्केको हो । विद्युत् चुहिएर (सर्ट भएर) आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। मोहम्मद...
विराटनगर ११ असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियान तीब्र...