विराटनगर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले केन्द्र प्रमुखहरू अन्र्तक्रिया र वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा दुई दिनसम्म कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
दुईदिनसम्म संचालन भएको उक्त कार्यक्रममा दुई सय जना केन्द्र प्रमुखहरुको सहभागि रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. विराटनगरका शाखा प्रबन्धक मनोज न्यौपाने जानकारी दिए । केन्द्र प्रमुखहरूको भेला गराएर वित्तीय साक्षरताको बारेमा जानकारी गराएपछि उनीहरुले सेयर सदस्यहरुलाई बुझाउन सजिलो हुने भएकाले यस्तो कार्यक्रम आयोजना गरिएको उनले बताए । दुई दिनसम्म संचालन भएको कार्यक्रमको सहजिकरण स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. इटहरीका प्रमुख लोक वहादुर रखाल र विराटनगरका शाखा प्रबन्धक न्यौपानेले गरेका थिए ।
सोही अवसरमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. विराटनगरको कार्यक्षेत्र अन्र्गतको उत्कृष्ट हुने केन्द्रलाई पुरस्कृत पनि गरेको छ । जसमा केन्द्र नं.१२ प्रथम भएको छ । केन्द्र नं. ६ द्धितीय र तृतीय केन्द्र नं. ९१ भएको छ । उनीहरुलाई नगदसहित कदर पत्रले सम्मान गरिएको छ । पुरस्कृत भएका केन्द्र प्रमुखहरुलाई समापन कार्यक्रमको प्रमुख अतिथि कटहरी गाउँपालिका १ का वडाअध्यक्ष हरीनारयण राजवंशीले पुरस्कार वितरण गरे । कार्यक्रममा बोल्दै उनले महिलाहरुलाई आत्मनिर्भर बनाउन लघुवित्तको भूमिका ठूलो सहयोग पुगेको बताए । छरिएर रहेको पूजीलाई एकीकृत गर्न लघुवित्तले सयोग पुर्याएको उनले बताए ।
यसैगरी आफ्ना सेयर सदस्यको घरक्षती वापत राहत रकम पनि लघुवित्तले वितरण गरेको छ । केन्द्र नं. १४७ का सदस्य ललिता देव मलाहको घर क्षती भएपछि लघुवित्तले राहत रकम वितरण गरेको हो । यसैगरी श्रीमानको मृत्यु भएपछि केन्द्र नं. १ की सीतादेवी कटुवाल र केन्द्र नं. १६० की यसोदा देवी मण्डललाई पनि लघुवित्तले सहयोग रकम प्रदान गरेको छ । केन्द्र नं. ६२ की सानी तामाङको श्रीमानको मृत्यु भएपछि उनले लिएको २ लाख २५ हजार रुपैयाँ कर्जा पनि मिनाह गरिएको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. विराटनगरका शाखा प्रबन्ध न्यौपानले जानकारी दिए । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. देशभरीमा १४५ वटा शाखा कार्यालय रहेको छ । विराटनगर अन्र्तगत ३ हजार ७२ जना सदस्यहरु रहेको लघुवित्तले जनाएको छ ।
एजेन्सी, बैशाख १८–बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी...
विराटनगर । उद्योग सङ्गठन मोरङको नवनिर्वाचित कार्यसमितिहरूको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । ५० औँ साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अध्यक्षलगायत पदाधिकारी र सदस्यहरूको शनिबार पदस्थापना भएको हो । सो क्रममा निर्वाचन समितिका संयोजक सूर्य...
विराटनगर, बैशाख १७–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिक्षालाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिएका छन् । प्रविधि विनाको ज्ञान उपयोग हुन नसक्ने भएकाले यसको प्रयोगमा उनले जोड दिएका हुन् । सामाजिक विकास मन्त्रालयद्धारा सञ्चालित...
धनगढी, ३२ जेठ-कैलालीको सीमाक्षेत्रका थप ५ स्थानमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएकाे छ । बङ्गराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर र श्रीलङ्का टापु बिओपी स्थापना गरिएकाे हाे । जिल्लामा अब बीओपीको सङ्ख्या ९ पुगेको सशस्त्र प्रहरी...
विराटनगर, २५ जेठ-खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आज बिहान स्थानीय ३६ वर्षीय शुभराज राईले सोही ठाउँका ६५ वर्षीय डिल्लीराज राई र उनकी...
विराटनगर, बैशाख २२-विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ३१ जना कोरोना संक्रमितको अवस्था सामान्य छ । अस्पतालका अनुसार १८ देखि ६५ वर्षसम्म उमेर समूहका संक्रमितको कोभिड–१९ उपचार केन्द्रमा उपचार भइरहेको छ । अस्पतालमा उपचार...
बाजुरा, १८ वैशाख-बाजुरामा बाहिर जिल्लाबाट भित्रिने नागरिकको संख्या ह्वात्तै बढेको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको अवधिमा पनि बाजुरामा बाहिर जिल्लाबाट भित्रिने नागरिकको संख्या ह्वात्तै बढेको हो । जिल्ला स्तरीय कोभिड–१९...
विराटनगर । आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग...