धार्मिक सदभावको सन्देश, हिन्दु–मुस्लीम मिलेर गरे अष्टजाम
आइतबार, २७ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरका हिन्दु मुस्लिम समुदायका ब्यापारीहरुले धार्मिक एकताको सन्देश दिन अष्टजाम सुरु गरेका छन् । विराटनगर ११ स्थित नयाँ गुद्री बजारमा मुलुकमा धार्मिक एकताको सन्देश दिन हिन्दु मुस्लिम मिलेर अष्टजाम गरेका हुन् । हिन्दु धर्मालम्वीहरुको पवित्र पर्व महाशिवरात्रीको अवसरमा उनीहरुले एक भएर ७२ घण्टे अष्टजाम सुरु गरेका छन् । पछिल्लो क्रममा मुलुकको विभिन्न स्थानमा धार्मिक एकता खलबल्याउन विभिन्न समुह सक्रिय भएर लागेकाले विराटनगरमा धार्मिक एकताको सन्देश दिन अष्टजाम सामुहिक रुपमा सुरु गरेको सब्जी मण्डी तथा गुद्धी बजार व्यबस्थापन समितिका सचिव साहेव अहम गुड्डुले जानकारी दिए ।
आपसी भाईचारा र धार्मिक सहिष्णुता अभिवृद्धी गरी मुलुकमा दिगो शान्ति र जनभावना अनुसारको राजनीतिक स्थिरताको कामनाका लागि ७२ घण्टे अष्टजाम सुरु गरेको उनले बताए । समाजमा बिभिन्न धर्मालम्वीहरु रहेकाले कुनै धार्मिक भावना माथी ठेस पुग्ने काम गर्ने नहुने र प्रत्येक धर्म ,रिती रिवाजलाई संरक्षण गर्न, एक आपसमा सहयोग गर्ने भावना जागृत गराई आपसी भाईचारलाई झन् बलियो बनाउन सन्देश दिन अष्टजाम आयोजना गरिएको समितिका सचिव तथा अष्टजाम उपसमितिका प्रमुख सल्लाहकार साह्व अहमद गुडु (मियाँं)ले बताए । राजनैतिक स्वार्थ पुरा गर्ने समाजमा जात तथा धर्मको नाम हुने गरेको धार्मीक सम्प्रदायिक विभेद अन्त गर्न तथा अराजकता मचाउने तत्वलाई निस्तेज पारी मुलुकमा शान्तिको स्थापना गर्न अष्टजामको आयोजना गरिएको गुड्डु (मियाँ)ले बताए । गुद्रीका व्यापारीहरको सामुहिक निर्णयबाट आयोजना हुने सो अष्टजाम हिन्दु धर्मको परम्परा तथा रितिरिवाज वाट हुने गरेको छ । हिन्दु र मुस्लिम एकै साथ प्रसाद वितरण गर्ने गरेका छन् । गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतका अनुसार अष्टजाम सम्पन्न गर्न ७ लाख भन्दा बढि रकम खर्च हुने छ । विराटनगर–११ को नयाँ गुद्री बजारमा ठूला, मझौला र साना गरेर २०५ भन्दा बढि पसल सञ्चालनमा रहेका छन् ।
काठमाडौँ, १९ कात्तिक-राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘नेपाल संवत् ११४२’...
विराटनगर, १७ असोज–विराटनगरकी कोरोना संक्रमित एक महिलाको शनिबार बिहान मृत्यु भएको छ । विराटनगर–३ की ६८ वर्षीया महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्युु भएको हो । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार असोज ११ गते...
काठमाण्डौ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ । बुधबार बसेको परीक्षा बोर्डको बैठकले यस्तो निर्णय गरेको बोर्ड अध्यक्ष महाश्रम शर्माले नेपाल प्रेसलाइ जानकारी दिए ।...
विराटनगर, २१ साउन–विराटनगर–५ मा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर चाँदनी चोक क्षेत्रका तीन जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष मिनकुमार आचार्यले जानकारी दिए । गुद्री बजारमा तरकारी पसल सञ्चालन...
काठमाडौं, ३ असोज-संविधान दिवसका उपलक्ष्यमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश दिएका छन् । अष्ट्रेलिया, बङ्गलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, चीन, क्युबा,...
काठमाडौं, १९ वैशाख-नेपाली कांग्रेसले रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे अवस्थामा रहेको बम बिस्फोटमा परी ४ अबोध बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार १ विज्ञप्तिमार्फत उक्त घटनाले...
विराटनगर । विराटनगर ३ कन्चनबारी स्थित आर्या न्यूरो अस्पताल हाडजोर्नी सम्बन्धी रोगको उपचारका लागि भरपर्दो गन्तव्य बनेको छ । अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिम दुवैको संयोजन मिलेका कारण आर्या न्यूरोमा...
प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष छलफलमा जुटेको छ । प्रधानमन्त्री ओलीसँग ठाकुर-महतो पक्षले आज छलफल गर्दैछन् । मन्त्रालयको संख्या र नाम टुंगो लागे...