
शनिबारदेखि मनसुन केही कमजोर हुने
काठमाडौं, ११ भदौ । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो...
विराटनगर । कोशी प्रदेश स्तरीय सफ्ट टेनिस प्रतियोगिताको उपाधि श्रेया योञ्जन र आशिष बोहराले जितेका छन् । मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरमा बिहीबार सम्पन्न फाइनलमा महिला सिंगल तर्फ श्रेयाले र पुरुष सिंगलमा आशिषले उपाधि जितेका हुन् ।
महिला सिंगलमा श्रेयाले रेजिना तामाङलाई ४–१ को सेटमा पराजित गरेकी थिइन् । रेजिना दोस्रो तथा अभिलाशा लामिछाने र श्रेया राई तृतीय भएका छन् ।
यस्तै पुरुष सिंगलमा आशिषले आभाष बुढाथोकीलाई ४–२ को सेटमा पराजित गरेका हुन् । आभाष द्धितीय, मुकुन्द बुढाथोकी र अशलेश ढकाल तृतीय भएका छन् । महिला डबल तर्फ श्रेया योञ्जन र श्रेया राईको जोडी प्रथम, अभिलाशा लामिछाने र रेजिना लामाको जोडी दोस्रो भएको छ ।
श्रेया उपाध्याय र याना राजभण्डारी तथा मुस्कान मुन्दडा र रिया गुप्ताको जोडी तृतीय भएको छ । पुरुष डबल तर्फ आशिष बोहरा र आभाष बुढाथोकीको जोडी प्रथम, दिपेन्द्र थापा र मुकुन्द बुढाथोकीको जोडी द्धितीय भएको छ । अभिषेशअमन झा र अशलेष ढकाल, जयन्द्रबिक्रम राणा र अमित कार्की तृतीय भए ।
भेट्रान तर्फ आयोजक संघका अध्यक्ष श्यामकुमार लामा र खेलका रेफ्री राजेश लामीछानेको जोडी प्रथम, निजी विद्यालयका संचालक अमिश रेग्मी र राजकुमार थापाको जोडी द्धितीय तथा सफ्ट टेनिसका प्रशिक्षक राजेशकुमार बोहरा र पूर्व राष्ट्रिय च्याम्पियन रोशन राउतको जोडी तृतीय भएका छन् ।
कोशी प्रदेश स्तरीय प्रतियोगितामा ३० जना खेलाडीको सहभागिता रहेको थियो । सबै बिधामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १०, ८ र ६ हजार रुपैंया नगद पुरस्कार प्रदान गरियो । बिजेतालाई पुरस्कार प्रदान गर्दै प्रदेश खेलकुद विकास बोर्डका सदस्य रितेश श्रेष्ठ र प्रदिप भगतले खेल र खेलाडी संरक्षणमा बोर्ड सक्रीय रहेको जानकारी दिए ।
काठमाडौं, ११ भदौ । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो...
विराटनगर । विराटनगर १८ डंग्राटोल स्थित प्रहरीले घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । इलका प्रहरी कार्यालय रानी विराटनगरले ४ सय ७० लिटर घरेलु मदिरा बरामद गरि सोमबार नष्ट गरेको हो । विराटनगर १८...
विराटनगर । विराटनगर ३ मा रहेको मोर्डनएरा स्कुलले तेस्रो संस्करणको मोर्डनएरा लिटिल च्याम्स प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले आयोजना गरेको उक्त प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।विद्यालयमा अध्ययनरत ९...
विराटनगर । मोरङको सुन्दरहरैचामा दुई जना नावलकको शव भेटिएको छ । सुन्दरहरैचा ७ गोठगाउँमा दिदी वहिनिको शव शनिबार भेटिएको हो ।धनकुटा पाख्रिबास नगरपालिका – ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका – ७ मालति...
विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...
विराटनगर । मेडिकल र इन्जिनियरिङको क्षेत्रमा काठमाण्डौं बाहिर सबैभन्दा बढी विद्यार्थीले नाम निकाल्ने कलेजको परिचय बनाएको विराटनगरस्थित शिक्षादीपले गुणस्तरीय शिक्षा प्रदान सँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको पाइएको छ ।गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र...
विराटनगर । नेवारी भाषाको धर्म संस्कृतिक संरक्षणमा जोड दिनुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । झी पुच : (नेपाल भाषा तथा सांस्कृतिक संघ) विराटनगरले बिहीबार आयोजना गरेको कार्यक्रममा सहभागिहरुले भाषा, धर्म र संस्कृति सभ्यतासँग जोडिएकाले...
धनुषाको धनुषाधाम नगरपालिका–९ का दिपु भनिने दिपेन्द्र यादव डाँका मुद्दामा दोषी ठहर भएर १ वर्ष कैद सजाय भुक्तानका लागि २०७६ चैत्र ११ गते महोत्तरीको जलेश्वर कारागार पुगेका थिए । अदालतको फैसलाअनुसार यादव आगामी २०७७ चैत्र ११...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.