विराटनगर । विराटनगर – ५ स्थित ग्रिनल्याण्ड स्कुलले अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो ।
स्कुलले अभिभावक दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्यो । स्कुल परिसर भित्र विद्यार्थीहरूले बनाएको विज्ञानसँग सम्बन्धी विभिन्न एक दर्जन बढी प्रर्दशनी रहेको प्रिन्सिपल दीपक पोखरेलले जानकारी दिए । सोही अवसरमा विद्यार्थीहरूले साँस्कृतिक नृत्य, गायन र नाटक प्रस्तुत गरी सहभागि भएका अभिभावहरुलाई दिनभरी भरपुर मनोरञ्जन प्रदान गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले विद्यार्थीहरूलाई सिप र संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरिनुपर्नेमा जोड दिए । यस्तै अनमोल स्पेशेल एजुकेसन सेन्टर प्रमुख डाक्टर अर्चना रिमालले एनोजाइटिकको समस्याले बिद्यार्थीलाई स्कुल जान नस्कने समस्या पछिल्लो समय बढदै गएको बताइ् । यस्तो समस्या हुन नदिन अभिावकहरुले विशेष आफ्नो छोराछोरीलाई हेरचार गरिनुपर्ने सुझाब दिइन् । कार्यक्रममा विराटनगर महानगरपालिका शिक्षा शाखाका पुर्व प्रमुख दुर्गा प्रसाद खतिवडालगायतको शिक्षकहरुको उपस्थिती रहेको थियो । नर्सरीदेखि कक्षा १२ सम्म झण्डै दुई हजार विद्यार्थी अध्ययरत रहेको प्रिन्सिपल पोखरेलले जानकारी दिए ।
काठमाडौं, २ माघ-नेकपाको प्रचण्ड-माधव समूहको स्थायी समिति बैठकले अध्यक्ष केपी ओलीसँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ ।शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान, उद्देश्य र लक्ष्यविपरीत काम गरेको भन्दै ओलीलाई स्पष्टीकरण माग्ने निर्णय गरेको...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नियुक्त भएको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विशेष कार्यक्रम गरी उनले आफूले सय दिनभित्र गरेका ६० काम सार्वजनिक गरेका...
काठमाडौँ, २३ माघ । नेकपा एकीकृत सामाजवादीका केन्द्रीय सदस्य सरोजकुमार यादव नेकपा एमालेमै फर्किनु भएको छ । माधवकुमार नेपाल नेतृत्वको समाजवादीमा जानु भएका उहाँ केन्द्रीय सदस्य त्यागेर एमालेमै फर्किनु भएको हो । नेकपा एमालेका नेता...
काठमाडाैं, २० वैशाख-वालुवाटारमा नेकपा सचिवालय बैठक सकिएको छ । पार्टी एकतालाई दृड भएर रक्षा गर्ने निणृय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सरकारले देश र जनताको पक्षमा काम गर्ने गरी काम गर्ने निर्णय भएको उनको...
विराटनगर, ३ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षणगर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको...
मोरङको बेलबारी नगरपालिका-६ सोमबारे जरुवा टोल स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । हिजो राती पौने ९ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको को ११ प ९३१३ नम्बरको मोटरसाईकलले ठक्कर...
काठमाडौं, १४ जेठ-बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बुधबार बहुमतले पारित भएको छ । कोभिड-१९ ले पारेको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेशभित्र...
विराटनगर, बैशाख १३–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस विरुद्ध सबै एक भएर लाग्नु पर्ने बताएका छन् । शनिबार कोरोना प्रभावित जिल्ला उदयपुर र भोजपुर पुगेर मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । कोरोना...