तेली समाजको संगठन विस्तार, विराटनगरमा युवा कमिटि र बेलबारीमा समाज गठन

 न्यूज विराट
तेली समाजको संगठन विस्तार, विराटनगरमा युवा कमिटि र बेलबारीमा समाज गठन

विराटनगर । तेली समुदायका युवाहरुले तेली युवा कल्याण समाज मोरङ गठन गरेका छन् । विराटनगरमा शनिबार बसेको तेली युवाहरुको भेलाले समाज गठन गरेको हो ।

यसअघि तेली कल्याण समाज रहेको थियो । उक्त समाज अन्र्तगत रहने गरी युवा कमिटि पनि गठन गरेको हो ।
तेली युवा कल्याण समाज मोरङका अध्यक्षमा सिद्धार्थ साह रहेका छन् । साह लियो अन्तराष्ट्रिय ३२५ सि का पुर्व अध्यक्ष पनि हुन् । उनको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन भएको छ । समितिका उपाध्यक्षमा दिलिप कुमार साह र आशिष कुमार साह, सचिवमा नितेश कुमार साह रहेका छन् । कोषाध्यक्ष, सह–सचिव र एक जना महिला सदस्य पछि मनोनित गर्ने गरि सदस्यहरुमा कुन्दन साह, शुभम कुमार साह, शिवनारायण साह र आनन्द साह मनोनित भएका छन् ।
यसैगरी बेलबारी नगरपालिका भित्र पनि तेली कल्याण समाज गठन भएको छ । वेलवारीमा हाडवेयर व्यवसायी राजेश कुमार साहको अध्यक्षतामा १५ सदस्य समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा ईन्जिनियर सुजित कुमार साह, सचिवमा राधेश्याम साह, सह–सचिवमा कोशिला साह, कोषाध्यक्षमा राजेश साह छन् । सदस्यहरुमा प्रकाश साह, दिनेश साह, पवन साह, सत्यनारायण साह, शैलेन्द्र साह, गरिव साह, सञ्जय साह, सुरज साह, पर्ण प्रसाद साह र ईन्जिनियर सुजित साह छन् ।
तेली कल्याण समाज नेपालका मोरङ जिल्ला अध्यक्ष डा. बालकृष्ण साहको अध्यक्षतामा बसेको दुवै भेलामा जिल्ला सहसचिव सन्ताेष साह,जिल्ला काेषाध्यक्ष राेहित कुमार साह, सदस्यहरु गणेश साह, सत्रुधन साह, विराटनगर महानगरका अध्यक्ष सञ्जय कुमार साह, विराटनगर सचिव जगत लाल साहु, विराटनगर ८ का अध्यक्ष अलिपचन (सुरज) साह लगायत २५ जना युवाहरुको उपस्थिति रहेको थियो । बेलवारी वार्ड नम्बर ९ मा भएकाे भेलामा ५० जनाकाे उपस्थिति थियाे ।

सम्बन्धित समाचार

कोरोनाको नमुना परीक्षणका लागि बिपी प्रतिष्ठानलाई किट पठाउँदै सरकार

सरकारले कोरोना भाइरसको नमुना परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई किट पठाउने भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार बेलुका भर्जुयल प्रेस मिटमार्फत कोरोना भाइरस नमुना परीक्षणका लागि प्रतिष्ठानलाई किट पठाउन लागिएको बताएका...

विराटनगरमा मुख्यमन्त्री राईलाई कालो झण्डा देखाउँदा प्रहरी र एमाले कार्यकर्तबिच झडप, अनेरास्ववियु उमहासचिव भाष्कर खनासहितका कार्यकर्ता घाइते

विराटनगर, २० माघ । विराटनगरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कालो झण्डा देखाउने क्रममा नेकपा (एमाले) कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । झपमा अनेरास्ववियु उपमहासचिव भाष्कर खनालसहित आधादर्जन कार्यकर्ता घाइते भएका छन् ।...

चोरीको मोटरसाइकलमा वरिष्ठ सइ महतरा सरर, उजुरी परेपछि प्रदेश प्रहरीले सुरू गर्यो छानविन

विराटनगर । कोशी प्रदेश प्रहरी गण रानीमा लेखापालको रुपमा कार्यरत वरिष्ठ सई लक्ष्मण महतरा चोरीको मोटरसाइकल चढेर हिड्ने गरेको पाइएको छ । विगत दुई वर्षदेखि १५० सिसिको चोरीको पल्सर मोटरसाइकलमा हिडने गरेको पाइएको हो ।...

राष्ट्रसेवक सहकारीको अध्यक्षमा पुन : जीवन काफ्ले

विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको अध्यक्षतामा पुन : जीवन काफ्ले निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको सहकारीको २६ औँ बार्षिक साधारणसभाले काफ्ले निर्विरोध रुपमा दोस्रो कार्यकालको लागि अध्यक्षमा...

चितवनका कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ

चितवन, १२ वैशाख-भरतपुर अस्पतालमा उपचाररत २ कोरोना सङ्क्रमितमध्ये १ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार उपचार गराइरहेका आमाछोरामध्ये छोराको नतिजा नेगेटिभ देखिएको हो । पूर्वी चितवनको राप्ती नगरपालिका–८ का...

थप २ जनामा भेटियो कोरोना संक्रमण, संक्रमितको संख्या ५१ पुग्यो

काठमाडौं, १३ वैशाख-नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५१ पुगेको छ।आज थप दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नया २ संक्रमित पर्सा र बिरगंजका ५० वर्षिय पुरुष भएको मन्त्रलायले जनाएको...

वीरगञ्जमा दिल्लीबाट आएका ३ धर्मगुरुमा काेराेनाको आशंका, स्वाब काठमाडौं पठाइयो

जनकपुरधाम, २९ चैत -पर्साको वीरगन्जमा बस्दै आएका तीन भारतीय मुस्लिम धर्म प्रचारकहरूको  स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा हेटौँडामा परीक्षण गरिएका तिनीहरूको रिपोर्ट शंकास्पद देखिएपछि पुनः परीक्षणका लागि...

चोरीको आरोपमा एक जना पक्राउ

विराटनगर, १६ माघ । झापाको अर्जुनधारा नगरपालिका–५ लक्ष्मीपुरमा गजेन्द्र कट्वालले संचालन गरेको किराना पसलामा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बिहिवार राती साँढे ७ बजे आफ्नो पसलमा चोरी भएको भनी जानकारी गराए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्