विराटनगरको बरगाछीमा ट्रकको ठक्करबाट कम्प्युटर अपरेटरको मृत्यु, ट्रकमा आगजनी

 न्यूज विराट
विराटनगरको बरगाछीमा ट्रकको ठक्करबाट कम्प्युटर अपरेटरको मृत्यु, ट्रकमा आगजनी

विराटनगर । विराटनगरको बरगाछीमा आइतबार बिहान ट्रकको ठक्करबाट इलाका प्रशासन कार्यालय रंगेलीका कम्प्युटर अपरेटरको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–२ र ५ को सिमानामा बिहान ९ः४५ बजेतिर दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक सुनसरीको दुहवी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोहि स्कुटीमा सवार दुहबी नगरपालिका ९ बस्ने मृतकका भतिजि बर्ष १५ का सोस्था चौधरीको दुबै घुडामा सामान्य चोट लागेको छ । ट्रक चालक चितवान राप्ति नगरपालिका ११ बस्ने बर्ष ४१ का शेर बहादुर राई सामान्य हात खूट्टामा चोट लागेर घाइते भएका छन् । उनको उपचार विराट नर्सिङ होममा भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रकको अगाडिको भाग पूर्ण रूपमा जलेको छ ।
दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । विराटनगर–४ का प्रल्हाद रायसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि केहीबेर कोशी लोकमार्ग अवरुद्ध बनेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी छेदीलाल कामती, वडा प्रहरी कार्यालयबाट डीएसपी विजय श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट इन्सपेक्टर सुमन न्यौपानेको नेतृत्वमा खटिएको संयुक्त टोलीले लोकमार्ग खुलाएको छ । अहिले लोकमार्ग सुचारु रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार

एमालेले बोलायो महाधिवेशन आयोजक समितिको बैठक

काठमाडौ, १३ असार । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकले यही असार १६ गते महाधिवेशन आयोजक समितिको बैठक बोलाएको हो...

कर तिर्ने भाखा टर्‍यो, अर्को मिति अन्याेलमा

काठमाडौं, २९ जेठ-अब ७ असारभित्रै बुझाइसक्नुपर्ने सबै प्रकारका कर सोही समयभित्र बुझाउनु नपर्ने भएको छ । सरकारको यही असार ७ गतेभित्र बुझाइसक्नुपर्ने निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको हो । न्यायाधीश अनिलकुमार सिन्हा र...

नेपालमा थप १२३९ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं, ७ असोज । नेपालमा थप १ हजार २ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा...

वीरगञ्जको अनुगमनमा निस्किए मुख्यमन्त्री राउत

जनकपुर, ३ जेठ-कोरोना भाइरसबाट संक्रमितहरूलाई दिइने सुबिधा र उपचारको व्यवस्थापनलाई लिएर प्रदेश सरकारको चर्को आलोचना भइरहेको बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज वीरगञ्जको अनुमगन गरेका छन् । मुख्यमन्त्री राउत गत १ सातादेखि काठमाडौंमा...

गच्छदारलाई फसाएको भन्दै माइतीघरमा नेवि संघको प्रदर्शन

काठमाडौं, माघ २४–नेपाली कंग्रेस निकट विद्यार्थी संगठन नेवि संघले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । कांग्रेस नेता विजयकुमार गच्छदारमाथि बालुवाटार जग्गा प्रकरणमा पूर्वाग्रहणपूर्ण तरिकाले मुद्दा दर्ता गरिएको भन्दै नेवि संघले प्रदर्शन गरेको हो । प्रदर्शनपछि...

मनाङमा हुनेभयो बलिउड चलचित्रको सुटिङ, निर्माता निर्देशकले गरे अनुगमन

कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुने भएको छ । राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र 'उचाई'को छायाङ्कन गरिने भएको हो...

मदन भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं, १३ असार-आज नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदैछ । पार्टीनिकट अन्य संस्थाहरूले आज विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदै छन् । स्व. भण्डारीको जन्मजयन्ती भएका कारण आज बस्ने भनिएको नेकपा स्थायी...

आज यी प्रदेशमा छ धेरै भारी वर्षाको सम्भावना

काठमाडौं, असार १५  । आज पनि मुलुकभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्