‘क्यान्सर प्राणघातक रोग हो, यसबाट बच्न सक्नुपर्दछ’: कलाकार मदनकृष्ण श्रेष्ठ

 न्यूज विराट
‘क्यान्सर प्राणघातक रोग हो, यसबाट बच्न सक्नुपर्दछ’:  कलाकार मदनकृष्ण श्रेष्ठ

विराटनगर । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सर रोगको रोकथाम र नियन्त्रण गर्न जनचेतना गर्न जरुरी रहेको बताएका छन् । क्यान्सरबाट श्रीमती यसोदा श्रेष्ठको मृत्यु भएको चर्चा गर्दै उनले यो रोग लाग्न नदिन सचेतना अभियान चलाउन जरुरी रहेको बताएका हुन् ।

‘आशा क्लोज द केयर ग्याप’ कार्यक्रमको उद्घाटन सत्रमा कलाकार श्रेष्ठले राखेको मन्तब्यः

क्यान्सरबाट सबै मानिस पर रहोस् । क्यान्सर रोग असाध्यै प्राण घातक रोग हो । यसबाट बच्न सक्नु पर्दछ । क्यान्सर लाग्नु भनेको मृत्यदण्ड पाए सरह हो । मैले मेरो श्रीमती क्यान्सर रोग लागेर मृत्यु भएपछि प्रत्यक्ष भोगेको अनुभूति हो । क्यान्सर लागेपछि उपचार पनि खर्चिलो हुन्छ । पैसाको खोला बगेजस्तो हुन्छ । कतिपय मान्छेको घर खेत जाँदो रहेछ । श्रीमतीको उपचारमा निरन्तर लागि परे । उपचारमा विदेश पनि लगे । ६ वर्षसम्म उपचार गरेर टिकाए । त्यसपछि सकिन । त्यसकारण पनि क्यान्सर रोगसँग मलाई असाध्यै डर लाग्छ । पाँच जनामा एक जनामा क्यान्सर लाग्ने भन्ने सर्वेक्षणबाट सुनेको छु । यो सुनेर झन मलाई डर लाग्ने गर्दछ । त्यसैले यो रोग लाग्न दिनु हुँदैन । क्यान्सर रोग लाग्न नदिन जनचेतनाको जरुरी छ । अहिले पनि म क्यान्सर लाग्न नदिन सचेतना अभियानमा हिड्ने गरेको छु । त्यसैले अहिले विराटनगरमा छु । मेरो श्रीमतीलाई ९९ सय वटा किमोथेरापी दिइएको थियो । त्यसबाहेक मुखबाट खाने औषधि कति हो कति त्यसको गणना नै छैन । एक महिनामा ९ लाख रुपैयाँसम्म खर्च हुने औषधि पनि खुवाए । औषधि जापानबाट ल्याएर पनि खुवाएको थियो । मेरो छोराको साथीले उक्त औषधि दिएका थिए । श्रीमतीको उपचारमा मैले थुप्रै चिकित्सकहरुको साथ सपोर्ट पनि पाए । त्यसबेला नेपालमा पेट स्क्यान गर्ने उपकरण थिएन । पेट स्क्यानको लागि विदेश जानुपर्ने अवस्था थियो । स्वदेशमा नपाएपछि बैंकक गएका थियौं । त्यसबेला १ लाख ३४ हजार रुपैयाँ पेट स्क्यानमा खर्च भएको थियो ।

सम्बन्धित समाचार

विराटनगरमा थप सय बेडको कोभिड अस्पताल सञ्चालनमा

विराटनगर, ५ पुस-विराटनगर–१० मा आइतबारदेखि एचडियुु र अक्सिजनसहितको एकसय वेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ । प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सहयोगमा करिब आठ करोड रुपैयाँको लागतमा अस्पताल संचालनमा आएको हो । अस्पताल...

विराटनगर र रतुवामाईबासीलाई उपचारमा लाग्ने रगत निशुल्क

विराटनगर, २२ कात्तिक । मोरङको दुई पालिकाले आफ्ना नागरिकको उपचारमा लाग्ने रगत निशुल्क उपलब्ध गराउने पहल गरेका छन् । रतुवामाई र विराटनगर महानगरपालिकाले आफ्नो पालिकाका नागरिकलाई निशुल्क उपलब्ध गराउन पहल गरेका हुन् । ती पालिकाले...

४५ जना क्वारेन्टाइनबाट भागे

बुटवल, ४ जेठ-प्रदेश ५ का तराइका जिल्लामध्ये कोरोनाको इपीसेन्टर मानिएको कपिलवस्तुमा क्वारेन्टाइनमा बसेका नागरिकहरू भागेका छन् । जिल्लाको यसोधरा गाउपालिका-८ का २ वटा क्वारेन्टाइनबाट ४५ जना नागरिक भागेको गाउपालिका अध्यक्ष गिरजेश कुमार पाण्डेयले पुष्टि गरे...

विनायक स्कुलमा ३८ जना विद्यार्थी दिक्षित

विराटनगर । विराटनगर – १२ स्थित विनायक वोर्डिङ सेकेण्डरी स्कुलमा अध्ययरत ३८ जना विद्यार्थी दिक्षित भएका छन् । स्कुलमा बुधबार एक कार्यक्रम आयोजना गरि ३८ जना विद्यार्थीहरूलाई दिक्षित गरिएको हो । युकेजीबाट कक्षा १ मा...

सीएनआई कोशी एक्स्पोमा आज सविन राईले तताउने

विराटनगर । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा आज शुक्रबार साँझ युवा पूस्तामाझ लोकप्रिय गायक सविन राईले प्रस्तुती रहने भएको छ । गीत संगीतका माध्यमबाट ‘क्राउड क्रिएटर’ को छवि बनाएका सविन राई र उनको चर्चित ब्याडको...

निश्हित भए एसविएससि सिङ्गिङ स्टार

विराटनगर । मोरङ पथरीमा रहेको अन्नपूर्ण सेकेण्डरी स्कुलका निश्हित विश्वकर्मा पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टारको उपाधि जितेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार सम्पन्न भएको फाइनलमा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै निश्हितले सिङ्गिङ स्टारको उपाधि...

जनता पिडामा मल्हम लगाउँदै लालबाबु पण्डित

विराटनगर, साउन १६ؘ–पूर्व संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा मोरङ क्षेत्र नं. ६ का संघिय सांसद लालबाबु पण्डित जनताको समस्यामा समाधानमा निरन्तर लागि पर्दै आएका छन् । निर्वाचनमा जनतामाझ गरेको बाचा अनुसार आफ्नो क्षेत्रको...

लागूऔषध नियन्त्रणका लागि सक्रियता बढाउँछु : इन्सपेक्टर वेल्वासे

विराटनगर । इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर सन्दीप वेल्वासेले भारतसँगको खुला सीमाका कारण लागूऔषध नियन्त्रण चुनौतीपूर्ण बनिरहेको अवस्थामा यसको रोकथाम र नियन्त्रणमा लागि पर्ने बताएका छन् । शुक्रबार पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उनले भयावह अवस्थामा रहेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्