क्यान्सरका बिरामीको उपचारका लागि सरकारले दिने एक लाख रुपैयाँ ‘पिनट’ मात्र हुन्छ : कोइराला

 न्यूज विराट
क्यान्सरका बिरामीको उपचारका लागि सरकारले दिने एक लाख रुपैयाँ ‘पिनट’ मात्र हुन्छ : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले दिने गरेको एक लाख रुपैयाँ सहुलियत ‘पिनट’ मात्र हुने बताएका छन् ।

आइतबार मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर विरुद्धको जनचेतनामूलक ‘आशा क्लोज द केयर ग्याप’ कार्यक्रमको उद्घाटन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

क्यान्सरका बिरामीहरूका लागि सरकारले पाँच हजारको प्रतिव्यक्ति बिमा गरिदिनुपर्ने उनले बताए । ‘मेरो परिवारमा क्यान्सरका कारण १५ जना आफन्त गुमाउनु परेको छ । क्यान्सर हुँदा कति पीडा हुन्छ । त्यो मैले महसुस गरेको छु,’ उनले भने । क्यान्सरको रोकथाम र नियन्त्रणमा सरकारले योजना बनाएर लाग्नुपर्ने उनले बताए । ‘सरकारले क्यान्सर पीडितको लागि एक लाख रुपैयाँ दिने गरेको छ । तर, त्यो एक लाख रुपैयाँ क्यान्सरको उपचारको लागि पिनट मात्र हो । राज्यले गर्न सक्ने त्यो भन्दा धेरै पनि छैन । भोलि हामी नै पनि सरकारको नेतृत्व गरौंला । त्यो एक लाख रुपैयाँलाई दश लाख रुपैयाँ गरिदेओ भनेर कसैले भन्यो भने त्यो सक्ने अवस्था रहँदैन्,’ उनले भने ।

सरकारले स्वास्थ्य बिमाको कार्यक्रमलाई पनि प्रभावकारी बनाएर लैजानुपर्नेमा उनको जोड थियो । ‘सरकारले स्वास्थ्य बिमाको कार्यक्रम ल्याएको छ । क्यान्सरको लागि बेग्लै एक लाख रुपैयाँ दिएको छ । सरकारलाई आव्हान गर्न चाहन्छु, प्रत्येक जनतालाई पाँच हजार रुपैयाँका हिसाबले बिमा गरिदिए क्यान्सर रोगका बिरामीको उपचारमा सहज हुने थियो,’ नेता कोइरालाले भने । आफू डाक्टरसँगै राजनीतिज्ञ पनि भएकोले दैनिकजसो बिरामीका कुरुवा र आफन्तहरू अस्पतालमा उपचारको लागि भनिदिनुप¥यो भन्दै आउने गरेको बताए । ‘अस्पतालमा भनी दिनुप¥यो भन्दै काठमाडौं र विराटनगरमा आउने गरेका छन् । आफू दिल्लीमा पढेको हुनाले चिठी लेखिदिनु भन्दै पनि आउने गरेका छन्,’ उनले भने, ‘यो रोक्न राज्यले बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजानुपर्दछ ।’

सम्बन्धित समाचार

भिरबाट लडेर एक जनाको मृत्यु

भोजपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।पौवादुङ्मा गाउँपालिका –४ वास्तिमको कात्तिकेका ५४ वर्षीय बलबहादुर कार्कीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार बेलुका ८ बजे खेतबाट पराल बोकेर घरतर्फ...

बनेपाबाट ९ लाख रुपैयाँ चोरी भागेका अभियुक्त पक्राउ 

काठमाडौं, ४ असार-बनेपाबाट पसल चोरी गरेर ९ लाख रुपयाँ लिएर भागेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितव रत्ननगरपालिका–१ का प्रकाशजंग कुँरव छन् । उनलाई इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाको...

विराटनगरका अधिकांश क्षेत्र डुबानमा, विमानस्थल जलमग्न

विराटनगर, ३ कात्तिक । अविरल वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको छ । मोरङका विभिन्न खोला वस्तीमा पस्दा सयौं घरपरिवार विस्थापित भएका छन् । विराटनगरस्थित विमानस्थलमा बाढी पस्दा हवाई उडानसमेत अवरुद्ध भएको छ ।...

नेपाल स्काउटको स्थापना दिवसमा पदक वितरण

विराटनगर । नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा प्रदेश स्काउट कार्यालयले एक समारोहका बिच पदक वितरण गरि मनाइएको छ । विराटनगर– ५ स्थित एभरेस्ट बोर्डिङ स्कुलमा आयोजित कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकासमन्त्री एवं प्रदेश...

कोरोना संक्रमणबाट थप २४६ जनाले ज्यान गुमाए

नेपालमा कोरोना भाइरसको संक्रमण थप २४६ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालकका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना थप २४६ संक्रमितको मृत्यु भएको जानकारी दिए ।  योसँग नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगेको...

सुलेमानीको अन्तिम बिदाइमा दसौं लाख सहभागी

एजेन्सी, पुस २२–इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिम सुलेमानीको अन्तिम बिदाइमा दसौं लाख मानिस सहभागी भएका छन् । अमेरिकाले गरेको हवाई आक्रमणमा परी मृत्यु भएका सुलेमानीको शव यात्रामा लाखौं मानिस सहभागी भएका हुन् ।...

कोरोनाबाट बिरामीको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा 

पाल्पा, जेठ २३-पाल्पाको युनाइटेड मिशन अस्पतालको आइसोलेसन कक्षमा रहेका १ व्यक्तिको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । २० जेठमा पूर्वखोला गाउँपालिका-१ सिलुवाका ४५ वर्षीय १ व्यक्तिको मृत्यु भएको थियो । उनको कोरोना...

शिक्षादीप कलेजका ११ विद्यार्थीले देखाए जलबायु परिर्वतनको ‘रिसर्च डकुमेन्ट्री’

विराटनगर । विराटनगस्थित शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययरत विज्ञान संकायका ११ जना विद्यार्थीहरूले जलबायु परिवर्तन सम्बन्धी रिसर्च गरेको डकुमेन्ट्री देखाएका छन् । विज्ञान संकायमा अध्ययन गर्दै आएका ११ जना विद्यार्थीहरूले लामो समयदेखि गर्दै आएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्