बी डिभिजन क्रिकेट : मिल्स र बेलबारी सेमिफाइनलमा

 न्यूज विराट
बी डिभिजन क्रिकेट : मिल्स र बेलबारी सेमिफाइनलमा

विराटनगर । मोरङ जिल्ला स्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लब र वेलबारी क्रिकेट क्लव विजयी भई सेमिफानलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा मिल्स क्रिकेट क्लवले इलाइट क्रिकेट क्लवलाई २५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित २३ ओभरको खेलमा २२ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ५ रन बनाएको थियो । जस्मा म्यान अफ द म्याच विशाल ढकालले ३० रन बनाउँदा विशाल रिसिदेवले १७ रन बनाए । इलाइटका सोनी सिंहले ३ विकेट लिँदा अमर यादव र सलन कामतले समान २–२ विकेट लिए ।

१ सय ६ रनको विजयी लक्ष पछ्याएको इलाइटले २१ ओभरमा सवै विकेट गुमाई ८० रन बनायो । जस्मा सागर मल्लिकले २६ रन बनाउँदा रुद्र साहले १३ रनको योगदान दिए । मिल्सका आयुस श्रेष्ठठले ३ विकेट लिँदा कृष्ण मण्डल र रितीक चौधरीले २–२ विकेट विकेट लिए ।

दोस्रो खेलमा वेलबारी क्रिकेट क्लवले पथरी शनिस्चरे क्रिकेट क्लवलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पथरीले निर्धारित २५ ओभरको खेलमा १९ दशमलव ४ बलमा सवै विकेट गुमाई ९३ रनमा सिमित भयो । जस्मा आवेश कार्कीले १७ रन बनाउँदा सागर कटुवालले १६ रन बनाए । वेलबारीका विदुर महताराले सर्वाधिक ३ विकेट लिए ।

९४ रनको विजयी लक्ष्य पछ्याएको वेलबारीले १८ दशमलव ४ बलमा ५ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा म्यान अफ द म्याच दिपेश सुवेदी ४२ रन बनाउँदा सचिन कलुवालले २२ रनको योगदान दिए । पथरीका केविल राई र नेल्सन डैगोलले २–२ विकेट लिए ।

सम्बन्धित समाचार

व्यवसायीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन विराट व्यापार संघको माग

विराटनगर, १६ वैशाख । अग्रपंक्तिमा रहने व्यवसायीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन विराटनगरका व्यवसायीहरुले माग गरेका छन् । अग्रपंक्तिमा रहेर उपभोक्ताहरुलाई अत्यावश्यक वस्तु उपलब्ध गराउने व्यवसायीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन विराट व्यापार संघले प्रदेश सरकारसँग माग...

दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारबाट, उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै

विराटनगर जुट मिलको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा ग्रामथान भेट्रान्स र उर्लाबारी भेट्रान्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  मिल्स भेट्रान्स फुटबल क्बल रानीले बिहीबार पत्रकार सम्मेलन गरी चैत १७ देखि २४ गतेसम्म हुने...

अदालतको आदेश आकर्षित नहुने भाषा राखेर एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण

नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने भाषा मिलाएर स्पष्टीकरण सोधेको छ । साउन ५ गते पठाइएको २४ घण्टे स्पष्टीकरणमा शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषय उल्लेख नगरी...

५० प्रतिशतभन्दा बढी कोरोना संक्रमित निको भए

काठमाडौं, २७ असार-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा थप ४३१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका बताए...

औषधी व्यवसायीद्धारा ट्राफिक प्रहरीलाई ‘लापसे’ किट वितरण (भिडियोसहित)

विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । संघको स्थापना दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम अन्र्तगत नेपाल औषधी व्यवसायी संघ...

नक्कली नोटसहित दुई भारतीय पक्राउ

महोत्तरी, २ असोज । महोत्तरीको औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नम्बर १३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र...

आज विराटनगरमा १०७ सहित प्रदेश १ मा ५७२ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

विराटनगर, १७ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७२ जनामा कोरोना संक्रमण भएको छ । ९७४ जनाको पीसीआर परीक्षण परीक्षण गर्दा ३६४ र ७४२ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा कोरोना संक्रमण देखिएको...

ग्रेडेड स्कुलका ६५ विद्यार्थी दिक्षित

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका ६५ जना विद्यार्थी दिक्षित भएका छन् । प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गरेका ६५ जना विद्यार्थी दिक्षित भएका हुन् ।उनीहरुलाई स्कुलले एक कार्यक्रम आयोजना गरी दिक्षित गरेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्