सरस्वती स्कुलको अध्यक्षमा खगेन्द्र बराइलीलाई दोर्‍याउन अभिभावको माग

 न्यूज विराट
सरस्वती स्कुलको अध्यक्षमा खगेन्द्र बराइलीलाई दोर्‍याउन अभिभावको माग

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलागाउँमा रहेको श्री सरस्वती आधरभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खगेन्द्र बराइलीलाई पुन : दोर्‍याउन अभिभावकहरुले माग गरेका छन् ।

तीन वर्षको एक कार्यकाल अध्यक्ष भएर विद्यालय सुधारको लागि उल्लेखिनय योगदान गरेको कारणले अभिभावकहरुले पुनः दोर्‍याउन माग गरेका हुन् ।

बराइली २०७७ असोज १८ गते अध्यक्ष भएका थिए । उनको कार्यकाल १८ असोज २०८० मा सकिएको थियो । अहिले विद्यालयमा नयाँ व्यवस्थापन समिति चयनको प्रक्रिया सुरु भएको छ । त्यसैले अध्यक्षमा पुन : बराइलीलाई दोर्‍याउन अभिभाव, पूर्व विद्यार्थीहरुले माग गरेका हुन् ।

गुणस्तरीय शिक्षा प्रदान गरी सरस्वती आधरभूत विद्यालयलाई गाउँपालिका भित्र मात्र नभएर कोशी प्रदेशभित्रमै नमूना विद्यालय बनाउने संकल्प बोकेर अगाडी बढेको भन्दै बराइलीलाई पुनः दोस्रो कार्यकालको लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दोर्‍याउन आम अभिभावक भेलाले निर्णाय गरेको छ ।

अभिभावकहरुले २ कार्तिकमा गरेको निर्णायसहितको प्रतिवेदन कानेपोखरी गाउँपालिका अध्यक्ष राजमति इङनामलाई पनि भेटर ज्ञापन पत्र बुझाएका छन् । बराईली पहिलो पटक अध्यक्ष हुँदा सरस्तवी स्कुलमा अंग्रेजी माध्यमबाट पठनपाठन गरेर विद्यालयको शैक्षिक गुणस्तर सुधारमा गरेका थिए । त्यसैगरी विद्यालयलाई प्रविधिमैत्री बनाएर गाउँपालिका भित्र नमूना विद्यालय बनाउन अग्रसर भएर लागि परेका थिए । पुन : बराइली अध्यक्ष भएर आए विद्यालयको थप शैक्षिक गुणस्तर सुधार र नमूना विद्यालय बनाउने भिजन रहेकोले उनलाई दोर्याउन अभिभावकहरुले माग गरेका हुन् ।

अभिभावकले भेलाले बराईली र बीना देवी तामाङ्गलाई विद्यालयको व्यवस्थापन समितिको मनोनित सदस्यमा दोस्रो कार्यकालको लागि दोर्‍याउन सर्वसम्मत निर्णय गरेको छ । सोही अनुसार शुक्रबार बसेको विद्यालय व्यवस्थापन समितिले बीना देवी तामाङलाई सर्वसम्मत सदस्यमा चयन गरेको भने थप एक जना सदस्यको लागि ८ जनाको नाम सिफारिस गरेको छ । जसमा खगेन्द्र बराईली, नर बहादुर तामाङ, खड्क बा. खड्का, देश बा.लिम्बु, धन बा. पौडेल, जीवन कुमार बिश्वकर्मा र प्रबिन सुवेदीको नाम सिफारिस गरेको छ । यसअघि ४ जना अभिभावकहरुबाट सदस्य चयन भइसकेको छ । थप दुई जना मनोनित सदस्य चयन भएपछि ६ जना सदस्यबाट अध्यक्ष चयन हुनेछ ।

विद्यालय सुधारको लागि राम्रो काम गरेर आम अभिभावकले बराइलीलाई दोर्याउन माग गरिहेको बेला उनलाई छेक्न विद्यालयका केही शिक्षक र गाउँपालिका केही जनप्रतिनधीहरु अहिले लागि परेका छन् । बराइलीलाई अध्यक्षमा रोक्नको लागि अभिभावकहरु भेला नगरि व्यवस्थापन समितिबाट बराइलीसहित ८ जनाको नाम गाउँपालिकामा सिफारिस गरेको छ । बराइलीलाई माइनस गरेर ८ जनाबाट सिफारिस भएका मध्ये एमाले निकटका व्यक्तिलाई मनोनित सदस्यमा सिफारिस हुने हो किनेर अभिभावकहरुले आशंका व्यक्त गरेका छन् । गाउँपालिकाभित्र एमालेबाट निर्वाचित सदस्यहरु बहुमत रहेको र सिफारिसमा परेका केही व्यक्ति एमाले निकटमा भएका कारणले अभिावकह र पूर्व विद्यार्थीहरुले विद्यालय सुधारको लागि योग्य व्यक्ति ल्याउनुपर्ने माग राख्दै आएका छन् ।

अभिभावको चाहना विपरीत अन्य व्यक्ति ल्याउने भएकोले पूर्व विद्यार्थीहरुले गाउँपालिकामा ज्ञापन पत्र पनि बुझाइसकेका छन् । अभिभावक, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, पूर्व विद्यार्थीहरू र अहिले व्यवस्थान समिति सदस्यमा चयन हुनुभएको सदस्यहरुको चाहना र निर्णय विपरीत गाउँपालिकाले आफुखुसी विद्यालयमा राजनैतिक हस्तक्षेप गराउने दूषीत मनसाय राखि मनोनित सदस्यमा विद्यालयलाई कुनै योगदान नदिएका व्यक्ति, विद्यालयप्रति कुनै चासो र चिन्ता नभएका व्यक्तिहरुलाई ल्याएको खण्डमा आम अभिभावक र पूर्व विद्यार्थीहरु आन्दोलनमा उत्रिन बाध्य हुने गाउँपालिकालाई ज्ञापन पत्र बुझाउँदै चेतवनी पनि दिएका छन् ।

यता कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्गनामले विद्यालयले सिफारिस गरेको आधरमा दुई जना सदस्य मनोनित गर्ने बताइन् । ‘विद्यालयले सिफारिस गरे हामी मनोनित गरेर पढाउछौ,’ उनले भनिन्, ‘विद्यालयले ढिलो गरि सफारिस गरेको कारणले व्यवस्थापन समितिले पूर्णता पाउन ढिलो भएको हो ।’
२०८० असोज १८ गते बराईलीको कार्यकाल सकिएको थियो । चार महिनादेखि विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको छैन ।

सम्बन्धित समाचार

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरान,  १९ असोज-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक संक्रमितको आज बिहान मृत्यु भएको छ । धरान–१५ का ५५ वर्षीय पुरुषको बिहान ६ः४५ बजे मृत्यु भएको हो ।  प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका...

कोशी अस्पतालमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ

विराटनगर, साउन २०–विराटनगर स्थित कोशी अस्पतालको आइसोलेशनमा भर्ना हुने क्रममा मंगलबार विहान मृत्यु भएका उदयपुरको बेलकाका बेदप्रसाद न्यौपानेमा कोरोना नभएको पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या र ज्वारो आएपछि विराटनगरको विराट मेडिकल कलेजमा आएका उनलाई...

प्रदेश १ मा १२ संक्रमित थपिए

विराटनगर, ५ साउन–प्रदेश १ मा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा...

आज १४ अन्तर्राष्ट्रिय उडान, १२ सय नेपाली स्वदेश फिर्ता

काठमाडौं, १० असार-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २४ उडान भएका छन् । ती उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकमा पनि आज १० उडान...

अर्थतन्त्रका अधिकांश सुचकांकहरू सकारात्मक : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका अधिकांश औपचारिक सुचकांकहरू सकारात्मक बनेको बताएका छन् । विराटनगरमा शुक्रबारदेखि सुरू भएको मोरङ व्यापार संघ ट्रेड एक्स्पोको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘बैंक ब्याजदर, लघुवित्त र...

पूर्वमुख्यमन्त्री केदार कार्कीको अनसन दोस्रो दिन पनि जारी

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको आमरण अनशन दोस्रो दिन बुधबार पनि जारी छ । विभिन्न ९ बुद्धे माग राख्दै विराटनगरको देवकोटा चोकमा उनी अनशनमा बसेका छन् । अनशनस्थलमा केही समर्थकहरु पनि...

नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्म स्थगित

काठमाडौं, २४ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बिहान ११ बजे बस्ने भनिएको स्थायी समिति बैठक पनि स्थगित भएको छ । नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी...

कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालय भवन स्थानान्तरण

विराटनगर । कोशी प्रदेश खेलकुद बिकास बोर्डको कार्यालय भवन स्थानान्तरण गरिएको छ । आज खेलकुद बिकास बोर्डको नयाँ कार्यालय भवनको विधिवत उद्घाटन गरी कार्यालय भवन स्थानान्तरण गरिएको हो । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्