कोशी अस्पताल कर्मचारी युनियनको अध्यक्षमा डाक्टर रोशन, कसले कति ल्याए मत ?

 न्यूज विराट
कोशी अस्पताल कर्मचारी युनियनको अध्यक्षमा डाक्टर रोशन, कसले कति ल्याए मत ?

विराटनगर । कोशी अस्पताल विकास समिति कर्मचारी युनियन इकाइको अध्यक्षमा डाक्टर रोशन खड्का निर्वाचित भएका छन् ।
विराटनगरमा मंगलबार भएको इकाइको दोस्रो जिल्ला अधिवेशनबाट उमेश कुमार यादवलाई भारी मतअन्तरले हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।
मंगलबार राती आएको मत परिमाण अनुसार खड्काले २१८ मत ल्याएर अध्यक्षमा निर्वाचत हुँदा उनका प्रतिस्पर्धी उमेश कुमार यादवले ३५ मत मात्र पाए । उपाध्यक्षमा इन्दिरा भण्डारी १३५ मत ल्याएर निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी रेजिना राईले ११६ मत पाइन् ।
सचिबमा आनन्द कुमार सरदारले १२६ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सुनिल कामतले १०८ मत ल्याए । सह–सचिबमा ओम प्रकाश यादवले १३८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धीले पर्वत कार्कीले १०७ मत पाए । कोषाध्यक्षमा चन्दन यादवले १४३ मत ल्याएर विजय भए । उनका प्रतिस्धर्पी विष्णु प्रसाद शर्माले १०३ मत ल्याए ।
यसैगरी सदस्यहरूमा विधालक्ष्मी सुवेदीले १४८, डा. भुपेशमान राजभण्डारीले २०४, बावुराम गौतमलले १७०, रमेश कुरमा राजवंशीले १५४, जितनारायाण चौधरीले १५५, विजय डोमले १४०, सुवास निरौलाले १५९, सविना चौधरीले १८१, मोहन प्रसाद पौडेलले १५२, अनिल कुमार झाले १३६, चन्देश्वर साहले १५३, यशोदा तामाङले १५०, गंगा देवी कर्कीले १५६ मत ल्याएर निर्वाचित भए ।
कोशी अस्पताल विकास समिति कर्मचारी युनियन इकाइमा ३३० जना मतदाता आवद्ध रहेका छन् । ३३० मा २७३ मत खसेको थियो । कोशी अस्पताल विकास समितिले नियुक्त गरेको कर्मचारीहरु इकामा आवद्ध रहेका छन् ।

सम्बन्धित समाचार

प्रदेश १ मा आईसोलेसनबाट ११ जना डिस्चार्ज

विराटनगर, चैत्र २४–प्रदेश १ मा आइसोलेसनमा बसेका ११ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेमध्ये पाँच महिला र छ जना पुरुष छन् । प्रदेश सरकारले विभिन्न अस्पतालहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध...

लकडाउनले हनुमान जयन्ती पनि प्रभावित

लकडाउनका कारण हनुमान जयन्ती पनि प्रभावित भएको छ । बजारमा मात्रै नभइ जनकपुरधामको हनुमान मन्दिरहरूमा पनि औपचारिकताका लागि मात्रै पूजा भएको छ । जसरी चैती दूर्गा, चैती छठ र रामनवमी जनकपुरधाममा भएको थियो त्यस्तै हनुमान...

२४ घण्टामा थप ४८४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार नाघ्यो

काठमाडौं, २८ साउन-बुधबार थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै...

लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान, घर फर्किए साढे ४ हजार विदेशी

काठमाडौं, १३ वैशाख-देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको १ मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भएका छन् । विश्वलाई सम्पर्क सञ्जालका रूपमा जोड्ने अन्तर्राष्ट्रिय विमानस्थलबाट लकडाउनको अवधिमा ३३ अन्तर्राष्ट्रिय...

विराटनगरका अधिकांश क्षेत्र डुबानमा, विमानस्थल जलमग्न

विराटनगर, ३ कात्तिक । अविरल वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको छ । मोरङका विभिन्न खोला वस्तीमा पस्दा सयौं घरपरिवार विस्थापित भएका छन् । विराटनगरस्थित विमानस्थलमा बाढी पस्दा हवाई उडानसमेत अवरुद्ध भएको छ ।...

सीमावर्ती ६ स्थानीयतहमा भदौ १७ गतेसम्म लकडानलाई निरन्तरता

विराटनगर, १० भदौ–समुदायस्तरमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन दक्षिणपूर्वी मोरङकास्थानीयतहले एकरुपता कायम गर्दै आगामी भदौ १७ गतेसम्मका लागि बन्दाबन्दीलाई निरन्तरता दिने भएका छन् । मोरङको रंगेली नगरपालिकामा बसेको दक्षिणी हुलार्की राजमार्ग अन्तर्गतका सवै ६ वटै...

टि–२० क्रिकेट प्रतियोगिता सुरु , उद्घाटनमा उदयपुरको विजय सुरुवात

विराटनगर । प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिता उदयपुर जिल्लाले विजय सुरुवात गरेको छ । विराटनगर –१९ वैजनाथपुर क्रिकेट मैदानमा मंगलबारदेखि सुरु भएको प्रतियोगिताको उदघाटन खेलमा इलामलाई २९ रनले हराउँदै उदयपुर विजयी भएको हो ।...

राजीनामा माग्न हुन्न भन्नलाई मात्र बालुवाटार आएँ: वामदेव गौतम

काठमाडौं, १३ साउन-नेकपा स्थायी कमिटी बैठकलाई लिएर पार्टीभित्र तिव्र अन्तरविरोध जारी रहेका बेला उपाध्यक्ष वामदेव गौतमले कार्यकारी अध्यक्ष प्रचण्डले आफूलाई कार्यकारी भूमिकामा प्रस्तुत गर्न नसकेको बताएका छन् । बालुवाटारमा स्थायी कमिटी बैठक स्थगित भएपछि शीर्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्