न्यूरोको दुई दिने वृहत स्वास्थ्य शिविर सुखीपुरमा, एक हजार बढीको स्वास्थ्य जाँच

 न्यूज विराट
न्यूरोको दुई दिने वृहत स्वास्थ्य शिविर सुखीपुरमा, एक हजार बढीको स्वास्थ्य जाँच

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले दुई दिने वृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सिराहाको सुखिपुर नगरपालिका ८स्थित जन जागृती युवा क्लब तथा सुखीपर उधोग व्यापार समितीको प्रांगणमा वृहत स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा सुखीपुर नगरपालिका सिराहा, जन जागृती युवा क्लब, सुखीपुर उद्योग व्यापार समितीको संयुक्त आयोजनामा शिविर भएको थियो । शिविरमा १ हजार १९जना विरामीले स्वास्थ्य परीक्षण गरेको कार्यक्रम संयोजक सुवास अधिकारीले जानकारी दिए ।

शिविरमा न्यूरो हस्पिटलका विशेषज्ञ १५जना चिकित्सकहरुले स्वास्थ्य शिविरमा विरामीको स्वास्थ्य परीक्षण गरेका थिए । अस्पतालका बरिष्ठ मानसिक रोग बिशेषज्ञ डा. रन्जन थापा, बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. अमित देब, वरिष्ठ विशेषज्ञ रेडियोलोजिष्ट डा. निरज रेग्मी, विशेषज्ञ न्युरोलोजिष्ट डा. सुनन्द पौडेल , विशेषज्ञ न्युरो सर्जन डा. आशिषजंग थापा, स्त्रीतथा प्रसुती रोग विशेषज्ञ डा. निशा अधिकारी, छाला रोग विशेषज्ञ डा. रिचा शर्मा, आपतकालिन सेवाचिकित्सक डा. दिलकुमार लिम्बु, विशेषज्ञ कार्डियोलोजिष्ट डा. राजन कर्ण, बरिष्ठ दन्त रोग बिशेषज्ञ डा. अमितप्रताप साह, फिजियोथेरापिस्ट डा. नविन चौधरीे, मेडिकल अफिसरहरु डा. स्वीटी यादब, डा.आकाश दास, डा. अख्लख अन्सारी लगायतले विरामीको स्वास्थ्यजाँच गरेका थिए । एउटै छानामुनी न्युरो अस्पतालका विशेषज्ञ चिकित्सकहरुले स्थानिय स्तरमा विरामीलाई स्वास्थ्य उपचार गरेपछि स्थानिय दंग देखिन्थे । स्वास्थ्य जाँच गरिएको विरामीको चिकित्सकको सिफारिस अनुसार निःशुल्क सुगर परीक्षण, इसिजी,अल्ट्रासाउण्ड, इइजी, एनसीभि,बिएमडी जाँच गरिएको थियो । शिविरमा पोषण सम्बन्धी परामर्श समेत दिइएको थियो ।

त्यसैगरि शिविरमा आएका विरामीलाई आवश्यक पर्ने औषधी पनि नि ः शुल्क वितरण गरेको थियो । न्युरो अस्पतालले कोशी प्रदेश र मधेश प्रदेशका विभिन्न स्थानमा गई विभिन्न उपकरण सहित निःशुल्क स्वास्थ्य शिविर गर्दे आएको छ ।

सम्बन्धित समाचार

सौन्दर्यकर्मी युनियन इटहरीद्धारा खुल्ला रक्तदान कार्यक्रम, ५२ पिन्ट रगत संकलन

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन इटहरी उपमहानगरपालिकाले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । इटहरीमा बुधबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको राष्ट्रिय सौन्दर्यकर्मी यूनियन इटहरी उपमहानगरपालिकाकी...

१५ करोडको कारोबार गर्दै सकियो विराट एक्स्पो

विराटनगर । १५ करोडको कारोबार गर्दै विराट एक्स्पो सकिएको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ देखि सुरु भएको विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी आइतबार समापन भएको हो । वर्तमान जटिल...

विश्वविद्यालयका पनि सबै परीक्षा स्थगित

काठमाडौं, चैत ५–सरकारले विश्वविद्यालयका पनि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । एसईई परीक्षा रोक्ने निर्णय लगत्तै विश्व्विद्यालयले लिने भनिएका सबै परीक्षा स्थगित गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । स्थगित भएको एसईर्ई परीक्षा भने...

देशभर १ हजार ३५९ जनामा संक्रमण, १ हजार ३५४ डिस्चार्ज

काठमाडौं, १९ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप एक हजार तीन सय ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

उत्कृष्ट हुने विद्यार्थीलाई ग्रेडेड स्कुलको पुरस्कार

विराटनगर । विराटनगर – ८ हाट्खोलामा रहेको ग्रेडेड स्कुलले २०७९ सालमा आयोजना भएको विभिन्न क्रियाकलामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी उत्कृष्ट हुने विद्यर्थीहरुलाई पुरस्कार वितरण गरेको...

कर्णाली प्रदेशका २ जनामा कोरोना आशंका

सर्खेत, १० जेठ-कर्णाली प्रदेशका २ जनामा पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । बिहीबार भारतबाट आएमा १५ नेपालीमा आरडीटी पोजिटिभ देखिएकोमा प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा २ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो । ‘आरडीटी गर्दा...

नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वर्ष, प्रधानमन्त्री ओलीद्वारा बधाई

काठमाडौं, १७ साउन-नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि खछ्याङलाई बेग्लाबेग्लै बधाई सन्देश पठाएर शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री...

प्रधानमन्त्री ओली र मोदीबीच फोन सम्वाद, आपूर्ति व्यवस्था सहज बनाउने विषयमा छलफल

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन सम्वाद गरेका छन् ।भारतीय प्रधानमन्त्री मोदीसित आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न विषयमा छलफल गरेको प्रधानमन्त्रीले जानकारी दिएका छन् । उनले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्