
नेपालमा थप २८३८ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु
काठमाडौं, ६ साउन । नेपालमा थप २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८ सय ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...
विराटनगर । १२ औं संस्करणको हिसान स्पोर्टस् मिट सुरू भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) को आयोजनामा विराटनगरमा बुधबारदेखि हिसान स्पोर्ट्स मिट सुरु भएको हो ।
विराटनगरको वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा शिक्षादीप र अर्किड कलेज विजयी भएकोछ ।
पहिलो खेलमा अर्किडले नेशलन कलेजलाई ६३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १३ ओभरमा ४ विकेट गुमाई १ सय ८ रन जोडेको थियो । जसमा सन्तोष चौधरीले ४४ रन जोड्दा राजाबाबु कामतले २० रन जोडे । नेशनलका लवन रिजालले २ विकेट लिए ।
१ सय ९ रनको चुनौती पाएको नेशनलले ९ दशमलव ५ बलमा सवै विकेट गुमाई ४५ रनमा सिमित भयो । जस्मा महमद हाज्रतले सर्वाधिक ११ रन बनाए । अर्किडका म्यान आफ द म्याच अरुण कामतले सर्वाधिक ४ विकेट लिए ।
दोस्रो खेलमा शिक्षादीपले लर्डबुद्ध कलेजलाई ८३ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको शिक्षादीपले निर्धारित १५ ओभरमा ३ विकेट गुमाई १ सय ४९ रनको विशाल योगफल खडा गरेको थियो । म्यान आफ द म्याच अमन अन्सारीले विस्फोटन ब्याटिङ गर्दै ५४ बलमा १ छक्का र ९ चौका प्रहार गर्दै ८५ रनमा अविजित रहे । लर्डबुद्धका विनायक अन्सारीले ३ विकेट लिए ।
१ सय ५० रनको चुनौती पाएको लर्डबुद्धले निर्धारित ओभर सवै विकेट गुमाई ६६ रनमा सिमित भयो । जस्मा सुमित साहले सर्वाधिक ३९ रन बनाए । शिक्षादीपका सुजन बस्नेत सर्वाधिक ४ विकेट लिए ।
त्यस्तै शहिद मैदानमा भएको फुटबल खेलमा रेड स्टार, जेभियर्स, अरनिको र मेरिल्याण्ड विजयी भएका छन् ।
पहिलो खेलमा पथरीको रेड स्टारले विराटनगरको लर्डबुद्ध कलेजलाई पेनाल्टी सुटआउटमा ४–३ को गोलले हरायो । निर्धारित समयमा दुवै टिमले गोल रिहत बराबरीमा खेल खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । खेलको म्यान अफ द म्याच रेड स्टारका गोलकिपर समिर विष्ट घोषित भए । दोसा्रे खेलमा बुढीगंगाको जेभियर्स स्कुलले शिक्षा सदनलाई वाक ओभरका आधारमा पारजित गरेको छ । निर्धारित समयसम्ममा शिक्षा सदन मैदानमा नआएपछि रेफ्रिले जेभियर्सलाई वाक ओभरमा विजयी घोषित गरेका हुन् ।
तेस्रो खेलमा विराटनगरका अरनिको कलेजले नेता चोकको पशुपति स्कूललाई ३–१ को गोल अन्तरले पराजित गरेको छ । अरनिको जितमा म्यान अफ द म्याच हिमेश पौडेलले २ गोल र सुरज कार्कीले १ गोल गरे भने पशुपतिका सुरज राईले १ गोल फर्काए ।
चौथो खेलमा मेरिल्याण्ड कलेजले सेन्टजेसेफ स्कुललाई २–१ को गोल अन्तरले पराजित गरेको छ । मेरिल्याण्डको जितमा म्यान आफ द म्याच तैम्बा तामाङ र श्रृयन्द्र ठकुरीले १–१ गोल गरे भने सेन्टजोसेफका मालन पोखरेलले १ गोल गरे
माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता हिसानसँग आवद्ध २९ वटा कलेजहरुका १ हजार २ सय बढी विद्यार्थीहरुले सभागि छ ।
काठमाडौं, ६ साउन । नेपालमा थप २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८ सय ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...
एजेन्सी, जेठ ९-पाकिस्तानकाे व्यापारिक राजधानी मानिने कराची शहरमा एक यात्री विमान दुर्घटना भएकाे छ । कराची एयरपोर्ट अवतरण गर्न लागेकाे ए३२० विमान पाकिस्तानकाे राष्ट्रिय एयरलाइन कम्पनी पीआईएकाे हाे । याे दुर्घटनापछि घटनास्थलबाट कालाे धुवाँकाे मुस्लाे...
बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ । आज एकै दिन सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँ घटेको हो । मंगलबार १ लाख १ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९५ हजार...
विराटनगर, २१ माघ । सुनसरीको इनरुवा नगरपालिका–२ बलाहा नहरबाट २ सय ५० केजी गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । को १ च ९८५२ नम्बरको बलेरो गाडीमा ठुलो परीणाममा गाँजा तस्करी भईरहेको भन्ने...
एजेन्सी, असार २३-कोरोना भाइरसको महामारीकै बीच खाडी राष्ट्रमा किनमेल र पर्यटनका लागि निकै लोकप्रियता हासिल गरिसकेको दुबई पर्यटकका लागि मंगलबारदेखि खुलेको छ । कुवेतका ठुलठूला सपिङ मलमा फ्रान्सेली फुटबल टिमका जर्सीदेखि अनेक सामानको किनबेच हुन...
विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टी २० क्रिकेट प्रतियोगिताका फाइनलमा पटनाको हाइपर क्रिकेट क्लब र विराटनगरको वाइआरसीसी क्रिकेट क्लब पुगेको छ । उपाधिको लागि आज दिउँसो वाइआरसीसी र पटनाबीच भिड्दैछ । हिजो शुक्रबार...
विराटनगर । तेस्रो संस्करणको मिल्स गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा झापाको ध्रुवतारा स्पोर्टिङ क्लब विजयी भएको छ । विराटनगर जुट मिल्सको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा सडेन डेथको आधारमा झापाले सुनसरीको शान्तिनगर फुटबल क्लबलाई १०–९...
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर मतिष्कभित्र गाढिएको हड्डी शल्यक्रिया गरी निकाल्न सफल भएको छ । मोरङको जहदा गाउँपालिका – २ नयाँटोलका ७ वर्षीय बलवीर राजभारको टाउकोभित्र मतिष्कमा गाढिएको हड्डी शल्यक्रिया गरी...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.