रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान

 न्यूज विराट
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान

विराटनगर । मोरङको रंगेलीमा भक्का दिवस मनाइएको छ । नगरपालिकाको आयोजनामा ७ औँ राष्ट्रिय भक्का दिवस मनाइएको हो । नगर परिसरमा आयोजित कार्यक्रममा भक्काको व्यापार गरेर जिविकोपार्जन गर्ने उद्यमी महिलाहरुलाई नगरपालिकाले सम्मान गरेको छ ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा महिलाहरुले गर्दै आएको श्रम र मेहनतको उच्च सम्मान गर्दै मेयर दिलिप बगडीया र उपमेयर भूमा पराजुलीले उनीहरुलाई मयाको चिनो वितरण गरे । नगरपालिकाले आफुहरुले गर्दै आएको कामको उच्च सम्मान गरेको भन्दै महिलाहरु खुशि भएका थिए ।

सो अवसरमा बोल्दै मेयर बगडीयाले महिलाहरुले गर्दै आएको कामको उच्च कदर गर्दै गत वर्ष विभिन्न सामाग्री नगरपालिकाबाट वितरण गरिएको बताए ।

उनले विगतमा भक्का व्यवसाय बढाएर राम्रो आयआर्जन गर्नका लागि महिलाहरुलाई आवश्यक सामाग्री वितरण गरिएको जानकारी दिए । मेयर बगडीयाले सफा एवम् व्यवस्थित रुपले भक्का व्यवसाय गर्नका लागि थप सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

उनले महिलाहरु चुल्हाचौकामा मात्र सिमित नभएर आत्मनिर्भर बन्नुपर्ने र त्यसमा नगरपालिकाले सक्ने सहयोग गर्ने बताए ।

कार्यक्रममा उपमेयर पराजुलीले यसपटक नगरपालिकाकै आयोजनामा भक्का दिवस मनाउन सुरुवात गरिएको बताइन् । गतवर्ष रंगेली नगरपालिकाभित्रका भक्का व्यापार गरेर जिविकोपार्जन गर्ने महिलाहरुलाई उद्यमी बनाएर आयआर्जनका लागि १२५ जनालाई आवश्यक सामाग्रीहरु वितरण गरेको थियो ।

महिलाहरुले सञ्चालन गर्दै आएको भक्का व्यवायलाई प्रोत्साहन गर्न गत वर्ष सामाग्री वितरण गरिएको र यसपटक सोही सामाग्रीबाट महिलाहरुले राम्रो व्यवसाय सञ्चालन गरि स्वरोजगार बनेकाले सम्मान गरिएको उपमेयर पराजुलीले बताइन् ।

उनले महिलाहरुलाई आर्थिकरुपमा निर्भर बनाउन नगरपालिकाले आवश्यक सहयोग गरिरहने समेत बताइन् । 

सो अवसरमा नगर परिसरभित्रै भक्का व्यवसायी महिलाहरुले भक्का बनाएर सवैलाई ख्वाएका थिए । सो अवसरमा नगर कार्यपालिका सदस्यहरु, ९ वटै वडाका जनप्रतिनिधिहरु, स्थानीय समाजसेवी, वुद्धिजिविलगायतको पनि सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

औषधी व्यवसायी संघ मोरङले मनायो ४८ औँ स्थापना दिवस

विराटनगर, १० असार । पुरानो र सजाय कम भएको औषधी ऐन २०३५ हुदा औषधी क्षेत्रमा देखा परेको बिकृती र विसंङगती अन्त्य हुन नसकेकोले कडा ऐन ल्याएर अपराधमा संलग्नलाई कारवाही गर्न औषधी व्यवसायीहरुले माग राखेका छन्...

प्रेस यूनियन स्थापना दिवसः अग्रज पाँच सञ्चारकर्मी सम्मान

मोरङ,१० जेठ । नेपाल प्रेस यूनियनको ३३ औं स्थापना दिवसको उपलक्ष्यमा आज विराटनगरमा तीन दशकभन्दा वढी कार्य गर्ने पाँच जना संचारकर्मीहरुलाई सम्मान गरिएको छ। युनियनको कोशी प्रदेश कमिटीद्वारा आयोजित उक्त कार्यक्रममा सम्मानित हुने सञ्चारकर्मीहरु गोविन्द...

प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि सप्तकोशी स्कुललाई

विराटनगर । प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि मोरङको उर्लाबारीस्थित सप्तकोशी सेकेण्डरी स्कुलले जितेको छ ।प्याब्सन मोरङले विराटनगरमा बुधबार आयोजना गरेको प्रतियोगितमा सप्तकोशीले फाइनलमा ९ वटा स्कूललाई पछि पार्दै उपाधि जितेको हो । जितसँगै सप्तकोशीले नगद १५...

प्रदेश १ को नाम ‘लिम्बुवान, किरात’ राख्न १० संगठनको माग

विराटनगर, माघ १६–विभिन्न १० संगठनले प्रदेश १ को नामकरण ‘लिम्बुवान, किरात’ हुनुपर्ने माग राखेका छन् । लिम्बुवान संघर्ष समितिमा आवद्ध ती संगठनले यसका लागि केही दिनभित्रै शान्तिपूर्ण आन्दोलनसमेत गर्ने भएको छ । वर्तमान प्रदेश १...

सप्तकोशीसहित करोडौं कर बुझाउन सिमेन्ट उद्योगको अटेर

विराटनगर । कोशी प्रदेशका सिमेन्ट उद्योगहरुले प्रदेश सरकार र स्थानीय सरकारलाई कर तिर्न अटेरी गरेका छन् । प्रदेशमा २७ वटा सिमेन्ट उद्योग दर्ता रहेकोमा सञ्चालनमा रहेका १४ वटा सिमेन्ट उद्योगले दुई वर्षदेखि कर तिर्न इन्कार...

जिल्ला प्रशासनले बाँडेका सबै सवारी पास खारेज

काठमाडौं, १ वैशाख-देशभर कोरोना भाइरस संक्रमित बढेपछि सरकारले सवारी पासमा पनि कडाइ गरेको छ । गृह मन्त्रालयले ७७ जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको सवारी पास खारेज गर्ने निर्णय गरेको छ । गृहमा बिहीबार बसेको बैठकले...

भारतबाट चोरबाटो हुँदै नेपाल फर्कन लागेका ६ जना पक्राउ

सिरहा, ५ वैशाख-भारतबाट चोरबाटो हुँदै नेपाल फर्किदै गरेका ६ जनालाई पक्राउ गरी क्वारेन्टाइनमा पठाएको छ । सिरहाको औरही गाउँपालिकास्थित इटाटार नाका हुँदै नेपाल प्रवेश गर्न लागेका ६ जनालाई पक्राउ गरी क्वाइरेन्टाइन पठाइएको जिल्ला प्रहरी कार्यालय...

इक्युवालिटि कप क्रिकेट सोमबारदेखि विराटनगरमा सुरु

विराटनगर र महिला समानताका लागि नेपाल क्रिकेट फाउण्डेशनले भुइँ तह तथा महिला विकासका लागि चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिता आयोजना शुरु भएको छ। विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउण्डमा आज भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्