कोशी प्रदेशमा १२ हजार ९३९ अपराधी फरार , सबैभन्दा बढी मोरङमा

 न्यूज विराट
कोशी प्रदेशमा १२ हजार ९३९ अपराधी फरार , सबैभन्दा बढी मोरङमा

विराटनगर। चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा बढी २२६ जना फरार अपराधी मोरङ प्रहरीले पक्राउ गरेको छ । सोही अवधिमा झापाले ११५, सुनसरीले ५५, इलामले ३१, पाँचथरले १६, ताप्लेजुङले ५, धनकुटाले २१, तेह्रथुमले ७, भोजपुरले ४, सङ्खुवासभाले ५, उदयपुरले ८३, खोटाङले १३, ओखलढुङ्गाले ३ र सोलुखुम्बुले १५ जना पक्राउ गरेको हो ।

चालु आर्थिक वर्षमा प्रदेशमा ६५६ जना फरार अपराधी पक्राउ गर्दा ४ सय ९ वर्ष ८ दिन कैद सजाय भुक्तान गराएको छ भने ७१ करोड ९३ लाख ७ हजार ५४१ रुपैयाँ जरिमाना असुल गरेको छ । तर, कोशी प्रदेशमा अझै १२ हजार ९३९ जना अपराधी भने फरार छन् । फरार हुने हरूमा सबैभन्दा बढी मोरङमा छन् । मोरङमा ३ हजार ८५७, सुनसरी ३ हजार ५१०, झापामा २ हजार ७३३, इलाम ३८८, पाँचथर १९६, ताप्लेजुङ ३३१, धनकुटा २१४, तेह्रथुम १४४, सङ्खुवासभा १४६, भोजपुर १६८, उदयपुर ७१३, खोटाङ २११, ओखलढुङ्गा १३१ र सोलुखुम्बुमा १८९ जना फरार प्रतिवादी रहेका छन् ।

उनीहरुले विभिन्न अपराध गरेर फरार रहेका र अदालतबाट दोषी प्रमाणित भएकाहरू हुन् । उनीहरूको खोजी कार्य तीव्र बनाएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी घटनामा संलग्न प्रतिवादीहरू पक्राउ गरिने फरार प्रतिवादी पक्राउ अभियान प्रदेशमा सुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले बताए । ‘अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखी फरार अपराधी पक्राउ अभियान सुरु गरिएको हो,’ उनले भने । अभियानका माध्यमबाट अपराध गरेर जति दिन लुकीछिपी बसे पनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट्न सक्दैनन् भन्ने सन्देश पनि दिएको उनले बताए । ‘अपराध गरेपछि सजाय भुक्तान नगरी बचेर बस्न सकिँदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमबाट समाजमा अपराधको न्यूनीकरण पनि गर्नका लागि सचेतना फैलने आशा गरिएको छ,’ डिआइजी बास्तोलाले भने ।

प्रदेशको समग्र शान्ति सुरक्षा कायम राखेर अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरी परिचालन हुँदै कानुनप्रतिको आड भरोसा कायम राख्न र पीडितलाई न्यायको अनुभूति दिलाउन लागि परेको उनले बताए । ‘पीडक पक्षलाई कानुनबाट भाग्न वा बच्न सकिँदैन भन्ने डर पैदा गर्न सञ्चालित फरार अभियुक्त पक्राउ अभियानलाई मोरङ प्रहरीले प्राथमिकतामा राखी काम गर्दै आइरहेको छ,’ डिआइजी बास्तोलाले भने ।

यस्तै दुई वर्ष ५ महिनामा कोशी प्रदेशको १४ जिल्लाबाट प्रहरीले ३ हजार ७ सय ६० जना फरार प्रतिवादी पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७७(०७८ मा १ हजार ७३८ जना पक्राउ परेका छन् । यसै गरी आर्थिक वर्ष २०७८(०७९ मा १ हजार ४ सय ६६ जना पक्राउ परेका छन् भने चालू आर्थिक वर्ष २०८०(०८१ को मङ्सिर सम्म ६५६ जना पक्राउ परेको प्रदेश प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा

चितवन, २४ जेठ-नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ-मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र पारिएको हो ।...

कमेडी च्याम्पियनको फिजिकल अडिसन सुरु, ६ फेब्रुअरीदेखि प्रसारण हुने

'कमेडी च्याम्पियन सिजन २' को फिजिकल अडिसन सुरु भएको छ । बुधबारदेखि निर्माण टिमले फिजिकल अडिसनको छायांकन सुरु गरेको हो । फिजिकल अडिसनको छायांकन चार दिनसम्म गरिनेछ । कमेडी च्याम्पियनको दोस्रो सिजनका लागि निर्माण टिमले...

सेन्ट लरेन्स कलेजका कोर्डिनेटर जनार्दन अधिकारी प्रहरीकाे नियन्त्रणमा

कक्षा ११ की एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका कोर्डिनेटर जनार्दन अधिकारीलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त गाैशालाकाे टाेलीले सोधपुछका लागि अधिकारीलाई नियन्त्रणमा लिएको हो । सेन्ट लरेन्सका आन्दोलित विद्यार्थीहरू प्रहरी...

प्याब्सन मोरङको अध्यक्षमा प्रेमलालसिंह सुवाल

विराटनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा प्रेमलालसिंह सुवाल चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष रहेका सुवाल सोमबार अध्यक्षमा चयन भएका हुन् ।नवनियुक्त अध्यक्ष सुवालले सोमबार प्याब्सन मोरङको कार्यालयमा पद तथा...

आङ साङ सु चीको पार्टी खारेज गर्ने म्यानमार निर्वाचन आयोगको तयारी

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सु चीको पार्टी खारेज हुने सम्भावना देखिएको छ । सु चीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी) लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो । गत वर्ष भएको...

विराटनगरमा विरेन्द्र झाको ‘म परदेशी बन्दिन’ बिमोचन

विराटनगर, ६ भदौ । भाषा, संस्कृती र कला मुलुकको गहना भएकोले यसको संरक्षण र जर्गेना गर्नु हामी सबैको कर्तव्य भएको सुझाव एक कार्यक्रमका सहभागिहरुले दिएका छन् । हिपमत मिडिया हाउस प्रालि विराटनगरद्वारा आज विराटनगरमा आयोजित...

चीनसँग सीमामा कुनै समस्या छैनः मन्त्री ज्ञवाली

काठमाडौं, १२ असार-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सीमा क्षेत्रमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले बैठकमा बोल्दै चीनसँग सीमा समस्याको हल्ला गलत भएको बताएका छन् । हालै...

श्रीमतीलाई ज्यान मार्ने धम्की दिएका पुरूष पेस्तोलसहित पक्राउ

विराटनगर । धनुषामा कटुवा पेस्तोसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सबैला नगरपालिका(८ ठिल्लाका ५१ वर्षीय रामइश्वर ठाकुर छन्। धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार शुक्रबार साँझ ठाकुरले उनकी ५० वर्षीया श्रीमती रामकाशी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्