गुरुङ समुदायले मनाए विराटनगरमा तमु ल्होसार पर्व (फोटो फिचर)
आइतबार, १५ पुष, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरमा बसोबास गर्दै आएका गुरुङ समुदायले तमु ल्होसार ( मुप्रि ल्हो) विविध साँस्कृतिक कार्यक्रम गरी मनाएका छन् ।
तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई कमिटी विराटनगरले बरगाछीमा रहेको कंचनजङ्गा व्याङ्गकुईटमा आईतबार विविध साँकृतिक कार्यक्रम गरी तमु ल्होसार ( मुप्रि ल्हो) मनाएका हुन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउदै आएका छन् ।
हरेक बर्ष पुष १५ लाई गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरी यो पर्व मनाउने गरेका छन् ।
विराटनगरमा बसोबास गर्दै आएका गुरुङ समुदायहरु जातिय पोसाकमा भेला भई विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत गरी तमु ल्होसार पर्व मनाएका हुन् ।
नगर ईकाई कमिटीका कार्यबहाक अध्यक्ष कविमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी बुढीगंगा गाँउपालीकाका अध्यक्ष जित नारायण थापा मगरले तमु ल्होसार पर्वको शुभकामना दिदै एक आपसमा बन्धुत्व, प्रेम, सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकताको सुत्रलाई बलियो बनोस भनि सदभाव प्रकट गर्नुभएको थियो ।
गुरुङ समुदायमा एकताबद्ध भएर हरेक बर्ष अझ यसलाई हर्सोल्लाका साथ मनाउन पनि आग्रह गर्नुभयो । त्यसैगरी कार्यक्रममा गुरुङ राष्ट्रिय परिषद् प्रदेश सदस्य अमृत गुरुङ, जिल्ला सदस्य जंग घले , नेपाल मगर संघ कुवेर राणा मगर, थारु कल्यणकारी नगर सभापति विद्यानन्द माझी, नगर कमिटी उपध्यक्ष विश्व बहादुर गुरुङ लगायतले तमु ल्होसारको शुभकामना दिएका थिए । कार्यक्रमलाई सचिव राजेश र सह सचिव भलि गुरुङले कार्यक्रम संचलान गर्नुभएको थियो ।
हरेक बर्ष विविध कार्यक्रम गरी मनाउदै आएको कार्यक्रममलाई आगामी दिनमा अझ भव्य रुपमा मनाउने संयोजक स्याम गुरुङले जानकारी दिनुभयो । आइतबार तमु ल्होसार पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको थियो ।
भोजपुर, ९ वैशाख-छिमेकी जिल्ला उदयपुरमा कोभिड–१९ को संक्रमण देखिएपछि भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने घोडेटार बजार पूर्ण रुपमा बन्द गरिएको छ । उदयपुरमा एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो जिल्लासंँग जोडिएका नाका बन्द...
विराटनगर, १२ असार । तेह्रथुम लालिगुरास नगरपालिका १ भुल्के स्थितबाट तिन थान भरुवा बन्दुक सहित तिन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६...
हेटौंडा, १५ असार-नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत् सत्रकिलो भन्ने स्थानमा ग्यास बुलेट र स्कर्पियो एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार नै दुर्घटनामा परेको छ । स्कर्पियोमा कृष्णसहित पत्नी...
विराटनगर । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा मजदुर नेता उपेन्द्र कुमार रायले मोरङको क्षेत्र नं. ६ को (क) मा उम्मेदवारी दिने भएका छन् । नेकपा माओवादी केन्द्रबाट रायले उम्मेदवारी दिने भएका हुन् । विद्यार्थी...
काठमाडौं, ५ मंसिर-प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व...
विराटनगर, साउन ३२, प्रदेश १ मा एक दर्जन पत्रकार तथा सञ्चारकर्मी कोरोना संक्रमित भएका छन् । आइतबार थप एक पत्रकारमा पुष्टि भएसँगै संक्रमित पत्रकार तथा सञ्चारकर्मीको संख्या १२ पुगेको हो । अहिलेसम्म फ्रन्टलाईनमा रहेर रिपोर्टिङ...
सप्तरीको सप्तकोसी नगरपालिकामा व्यापक अनियमिमता भएको भन्दै जनप्रतिनिधिसहित चारवटा राजनीतिक दलले संयुक्त रूपमा आन्दोलन थालेका छन् । एकलौटी ढंगले अघि बढेका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत मिलेर एक करोडभन्दा बढी रुपैयाँको अनियमिमता गरेको आरोप लगाउँदै...
काठमाडाैं, १८ साउन-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरूलाई भेट्न बसन्तपुर पुगेका छन् । पौडेलसहित कांग्रेस नेताहरू अनसनरत ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरूलाई भेट्न बसन्तपुर पुगेका हुन्। क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने, पीसीआर...