विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी एभरेष्ट सिङ्गिङ आइडल २०८० को फाइनलमा १५ जना छनौट भएका छन् । विभिन्न चरणको अडिसनबाट फाइनलमा १५ जना छनौट भएका हुन् ।
कक्षा १ देखि ५, कक्षा ६ देखि ८ र कक्षा ९ देखि १२ सम्म गरि तीन वटा तहमा प्रतिष्पर्धा भएको हो । प्रि अडिसन, अडिसन, रिदमिक राउण्ड हुँदै सेमिफाइनलसम्मको स्पर्धा सम्पन्न भएको हो । जसबाट कक्षा १ देखि ५ सम्मको स्पर्धामा कक्षा २ अन्नपूर्णका रायन भट्टराई, कक्षा ३ गौरिशंकरका आर्यमन दुलाल, कक्षा ५ मकालुका अविशा भण्डारी, कञ्चनजंघाका श्रीयांश खड्का र निपुन काफ्ले फाइनलमा पुगेका छन् । यस्तै कक्षा ६ देखि ८ बिचको स्पर्धाबाट कक्षा ६ सगरमाथाका शिभम् पघिया, माछापुच्छ्रेकी आरोही तिम्सिना र अन्नपूर्णबाट सुवास्ना श्रेष्ठ, कक्षा ८ धौलागिरीबाट कृषा पोखरेल तथा गौरिशंकरबाट कृष्ण निरौला फाइनलमा प्रवेश गरेका छन् ।
यसैगरि कक्षा ९ देखि १२को स्पर्धामा कक्षा ९ सगरमाथाकी स्मारिका आचार्य, अन्नपूर्णबाट यूनिशा न्यौपाने र सगरमाथाबाट श्रीदिमा प्रधान, कक्षा १२ को स्मिथबाट आर्या गुभाजु र पास्कलबाट पर्शु श्रेष्ठ फाइनलमा प्रवेश पुगेका छन् ।
प्रतियोगिताको सेमिफाइनलको निर्णायकमा संगीत प्रशिक्षक तथा गायक कुशेश्वर राई रहेका थिए । माघको अन्त्यतिर हुने फाइनल स्पर्धाका रहेक तहका विजेतालाई १० हजार, द्धित्तियलाई ७ हजार र तृतियलाई ५ हजार नगद सहित ट्रफि प्रदान गरिने भएको छ ।
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ४ का स्थानीय बासिन्दाहरू स्वच्छ खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। महिनौंदेखि धारामा लेदोसहितको धमिलो पानी आउन थालेपछि आक्रोशित स्थानीयवासीले मंगलबार वडा कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।आन्दोलनकारीहरूले वडा कार्यालयमा...
काठमाडौं, १५ वैशाख-९ चैतपछि लकडाउनका कारण कार्यालय जान नपाएका सबै कर्मचारीलाई सरकारले बिदा दिने भएको छ। गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरी लकडाउनका कारण कार्यालय जान नसकेका कर्मचारीको ९ चैतयताको बिदालाई सार्वजनिक बिदामा परिणत गरेको हो...
विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको हकहित संरक्षणका लागि गठित पैरवी समितिले कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूमा निर्माण भइरहेका ट्रेकिङ मार्गहरू अपाङ्गतामैत्री बनाउनुपर्ने माग गरेको छ । बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा समितिले सरकारका तीनै तहलाई यस्तो...
काठमाडौं, ३ भदौ-सरकारले कोरोनाका बिरामीका लागि एक तिहाइ बेड नछुट्याउने मेडिकल कलेजलाई आरटी पीसीआर परीक्षणको अनुमति नदिने भएको छ । साथै कोरोना संक्रमितका लागि २० प्रतिशत बेड नछुट्याउने निजी स्वास्थ्य संस्थालाई पीसीआर परीक्षणका लागि दिएको...
बाजुरा, १९ जेठ-कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित १ बालिकाको मृत्यु भएपछि बाजुरा जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रवेश गर्ने सबै नाकामा जाँचलाई कडाइ गरी सतर्कता अपनाइएको निमित्त प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले जानकारी...
एजेन्सी, बैशाख २२-कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित इटली, स्पेन र फ्रान्समा पछिल्लो २४ घन्टामा मृत्युदरमा भारी मात्रामा कमी आएको छ । फ्रान्समा १३५, स्पेनमा १६४ इटलीमा १७४ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको छ ।...
काठमाडौँ, १२ असोज-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आठौँ एशिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गरेको...
विराटनगर । उदयपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पिकनिक खाएर फर्कदै गरेको स्कुल बस दुर्घटनामा परेको हो ।दुर्घटनामा परी गम्भीर घाइते १२ जनालाई विराटनगर पठाइएको र अन्य २५ जनाको गाइघाटस्थिति जिल्ला...