निश्हित भए एसविएससि सिङ्गिङ स्टार

 न्यूज विराट
निश्हित भए एसविएससि सिङ्गिङ स्टार

विराटनगर । मोरङ पथरीमा रहेको अन्नपूर्ण सेकेण्डरी स्कुलका निश्हित विश्वकर्मा पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टारको उपाधि जितेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार सम्पन्न भएको फाइनलमा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै निश्हितले सिङ्गिङ स्टारको उपाधि जितेका हुन् ।

संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. ले आयोजना गरेको प्रतियोगिताको फस्ट रनरअप दुई जना घोषित भए । उर्लाबारीस्थित सुनगाभा सेकेण्डरी स्कुलका छेसाङ तामाङ र उर्लाबारीको पार्लेन्स सेण्डरी स्कुलका प्रशुनेहा ठाकुर भए । उनीहरुले बराबरी अंक ल्याएपछि उनीहरुलाई फस्ट रनअरप घोषित गरेको हो । प्रतियोगिताको सेकेण्ड रनरअप पथरीस्थित एभरेष्ट स्कुलकी रोषनी गुरूङ्ग घोषित भइन् । प्रतियोगिताको बिजेताले नगद २५ हजार, द्धितीयले १५ हजार, तृतीयले १० हजार र सान्तवनाले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको निर्णायकमा गायक साजन राई रहेका थिए । ‘आवज तपाईको, गौरव राष्ट्रको, देन नीजी विद्यालयको’ भन्ने मुल नाराको साथ प्रत्येक वर्ष एसबीएससी सिङ्गिङ स्टार हुँदै आएको छ । प्रतियोगितामा बिजेता हुनेहरुलाई कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा जिल्लाभरीबाट विभिन्न चरणको अडिसनबाट छनौट भएका विद्यार्थीहरु फाइनलमा पुगेका थिए । गत साउनदेखि अडिसन राउण्ड सुरु भएको थियो । झण्डै तीन सय विद्यार्थीहरु बाट विभिन्न चरणको अडिसन राउण्डबाट छनौट भएर फाइनलमा १४ जना पुगेको संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए । अडिसन राउण्ड विराटनगर, रंगेली, उर्लाबारी र विराटचोकमा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख कोइरालाले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न यस्तो प्रतियोगिताले ठूलो सहयोग पुग्ने बताए । आगमी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्ता दिनुपर्ने उनले बताए । कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन कोशी प्रदेशका अध्यक्ष टिकाराम पुरी, अभिभाव संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थी, संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहन बुढाथोकी, पूर्व अध्यक्ष इन्द्र राईलगायतले बोलेका थिए ।

सम्बन्धित समाचार

सरकारी निकायबिच समन्वय नहुँदा विराटनगरको बजार अनुगमन प्रभावकारी नभएको गुनासो

विराटनगर, १३ फागुन । बजार अनुगमन प्रभावकारी बनाउन सरकारी निकायबीच समन्वय आवश्यक रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । आज विराटनगर महानगरपालिकाको अयोजनामा भएको छलफलमा सहभागिहरूले सरकारी निकायवीच समन्वय नहुँदा अनुगमन प्रभावकारी नभएको बताए ।...

रोटरीको चार कसीबारे प्रचार–प्रसार, सिटी रिक्सामा यसरी टाँसियो

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोटरीको चार कसीबारे प्रचार प्रसार सुरु गरेको छ । क्बले रोटरीका चार मन्त्र स्टीकर बनाएर प्रचार प्रसार गरेको हो ।  मानिसको सोचाई एवम् कार्यशैलीलाई मार्गदर्शन गर्ने रोटरीका चार...

प्याब्सन प्रेसिडेन्ट फुटबल कप सुरू, उद्घाटन खेलमा १२ स्कुल विजय

विराटनगर । प्याब्सन प्रेसिडेन्ट फुटबल कप सुरु भएको छ । प्याब्सन विराटनगरको आयोजनामा मंगलबारदेखि प्याब्सन प्रेसिडैन्ट फुटबल कप सुरु भएको हो ।१५ वर्ष मुनिका प्याब्सन आवद्ध विद्यालयलहरुले भाग लिने प्रतियोगिताको उद्घाटन खेलमा एक दर्जन विद्यालय...

मध्यराती क्वारेन्टाइनबाट भागेका कोरोना संक्रमित भेटिए

बाँके, १० जेठ-बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फरार भएका १ संक्रमितलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । नरैनापुर-३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शंकरनगर कोटियाको क्वारेन्टाइनमा रहेका १२ संक्रमितमध्ये कोरोना पुष्टि भएसँगै गएराती फरार भएका १ जनालाई...

चोरीमा संग्लग्न ३ जना पक्राउ

विराटनगर, १० फागुन । सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट चोरीमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बराहक्षेत्र-८ सुनसरीका २७ बर्षीय अटल राई, शिवसताक्षी नगरपालिका-‍ ९ का २१ बर्षीय रोहित भण्डारी...

फुलकुमार लालवानीलाई महामूर्खको उपाधि

विराटनगर । विराटनगरका फुलकुमार लालवानीले महामूर्खको उपाधि पाएका छन् ।काँग्रेसका नेता लालवानीलाई मारवाडी यूवा मञ्च विराटनगरले सम्मान स्वरुप महामूर्खको उपाधि प्रदान गरेको हो । मारवाडी यूवा मञ्चले होलीको अवसर पारेर प्रत्येक वर्ष महामूर्खको उपाधि प्रदान...

मोरङको हुलाकी सडक बनाउन माग राख्दै सिडियो कार्यालय अगाडी धर्ना

विराटनगर । मोरङको हाटखोला– रंगेली हुलाकी सडक निमार्णको माग राख्दै कटहरीका स्थानीय आन्दोलनमा उत्रिएका छन् । चार वर्ष बितिसक्दा पनि हुलाकी सडक निमार्ण पुरा नभएपछि यहाँका स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।नागरिक संघर्ष समितिले आन्दोलनको नेतृत्व...

तिब्बत सरकारबाट सात करोड भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग

विराटनगर, जेठ २०–कोभिड–१९ को उपचार, रोकथाम एवं नियन्त्रणमा तिब्बत सरकारबाट सहयोगमा स्वास्थ्य सामग्री आज यहाँ प्राप्त भएको छ । सो सामग्री चीन नेपाल कार्यकारी परिषद् प्रदेश नं.१ का संयोजक मुकेश उपाध्यायले मुख्यमन्त्री शेरधन राईलाई एक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्