विराटनगर । विराटनगर – ३ मा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. को आर्थिक वर्ष २०७९/ ०८० मा २४ लाख ३७ हजार ७ य ७२ रुपैयाँ मुनाफा गरेको छ । विराटनगरमा सोमबार भएको सहकारीको १५ औं वार्षिक साधरणसभामा सहकारीले कर पछिको खुद नाफा २४ लाख ३७ हजार ७७२ रुपैयाँ भएको जानकारी गराएको हो ।
सहकारीको आर्थिक प्रतिवेदन अनुसार सहकारीले ऋण कारोबाट १ करोड ७१ लाख ५३ हजार ५३ रुपैयाँ, लगानी आम्दानीबाट ६ लाख १४ हजार १ सय ४४ रुपैयाँ, संचालन आम्दानी १८ लाख ६२ हजार २५२, कर्जा जोखिम कोष फिर्ता ५८ हजार ९२८ रुपैयाँसहित कुल आम्दानी १ करोड ९५ लाख ८१ हजार ७५० रुपैयाँ आम्दानी गरेको लेखा समितिका संयोजक अविनाशकुमार निधीले जानकारी दिए । सहकारीको शेयर पूँजी २ करोड ३१ लाख १५ हजार ७ सय रुपैयाँ, निक्षेप हिसाव ९ करोड ६६ लाख ९४ हजार ७६१, ऋण लगानी हिसाव ११ करोड १२ लाख ६८ हजार २५, बैंक तथा नगद मौज्जादत २ करोड १० लाख ५४ हजार ५०९ रुपैयाँ रहेको सहकारीको प्रतिवेदनमा उल्लेख छ । सोही अवसरमा सहकारीले १५ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । यसैगरी सर्वोकृष्ट बचत कर्ता रजिता घिमिरे र प्रकाश अधिकारीलाई सम्मान गरियो । सर्वोकृष्ट उद्यमी लक्ष्मी देवी पौडेल र पारसमणि आचार्य पुरस्कृत भए ।
सहकारीको नवनिर्वाचित पदाधिकारी, सदस्य र लेखा समिति संयोजक र सदस्यहरुले पनि शपथ ग्रहण गरेका थिए । सहकारीको अध्यक्षमा राजेन्द्रप्रसाद खनाल र अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति सदस्य समेत सर्वसम्मत चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सितादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले छरिएर रहेको पूजीलाई एकीकृत गर्न सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । सहकारीले आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
विराटनगर । मोरङमा तेली सामुदाय संगठीत भएर अगाडी बढेका छन् । मोरङको स्थानीय तहरूमा तेली समाज गठन गरेर अहिले संगठित भएर अगाडी बढेका हुन् । विभिन्न नाममा रहेको तेली समुदायका जातिय संस्थाहरु एक हुँदै गएर...
विराटनगर, २३ साउन–प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २४ पुरुष ८ महिला,...
काठमाडौं, १ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता गरिएको महाभियोग ठिक बाटो नभएको प्रतिक्रिया दिएका छन् । उनले न्यायालयमा जारी अराजकता अन्त्य गर्न आवश्यक भए पनि त्यसका लागि महाभियोगको बाटो...
विराटनगर । मोरङको बेलबारी नगरपालिका – ३ स्थित १५ शैय्याको कोशी प्रदेश प्रहरी अस्पताल रातारता सारेर सुनसरीको इनरुवामा लगिएको छ ।संचालनमा आएको ९ महिनापछि मंगलबार मध्य राती स्थानीय पालिकासँग कुनै समन्वय र सहकार्य नगरि प्रहरीले...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने गठबन्धन दलले निर्णाय गरेको छ । गठबन्धन दल माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए । मुख्यमन्त्री...
काठमाडौं, १८ असार-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सङ्घीय संसद्को जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को आजको...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले केक काटेर उत्सव मनाएको छ । वर्ष २०२२–२३ का पदाधिकारीहरुको कार्यकाल सुरु भएको अवसरमा उत्सव मनाइएको हो । रोटरी क्लब अफ विराटनगर डाउन टाउनमा महिला समाजसेवीहरु आवद्ध छन्...
काठमाडौँ, २८ असोज-नवरात्रको नवौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ देवीअर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना...