
आज थपिए १४९० संक्रमित, १५६७ जना डिस्चार्ज
गत २४ घण्टामा नेपालमा १ हजार ४ सय ९० जना संक्रमित थपिएका छन् । ८ हजार ३ सयको पीसीआर गर्दा आज १ हजार ४ सय ९० जना संक्रमित थपिएका हुन् । योसहित संक्रमितको कुल संख्या...
विराटनगर । मोरङको विराटनगर –३ बुद्धचोक स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिं. को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
संस्थाको १५ औं साधारणसभाले राजेन्द्रप्रसाद खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा खनाल र लेखासंयोजकमा निधि पूनःचयन भएका हुन् ।
कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएका निर्वाचन समितिले जनाएको छ । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सितादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिएका छन् ।
१५ औं साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नुपर्ने भएकोले संस्थाले पूर्व अध्यक्ष दाहालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको थियो । निर्वाचन समितिले मंसिर १६ गते उम्मेद्वारको अन्तीम नामावली प्रकासित गर्ने गरि प्रकासित गरेको निर्वाचन तालिका अनुसार कोषाध्यक्ष वाहेकका सबै पदमा एक÷एक जनाको मात्रै उम्मेद्वारी परेपछि उनिहरु सर्वसम्मत निर्वाचित भएको घोषणा गरेको थियो । तर, कोषाध्यक्षमा भने खतिवडा र मदनकुमार पुडासाईं गरि दुई जनाको उम्मेद्वारी परेपछि उनिहरु र निर्वाचन समिति बीच गोलाप्रथाबाट विजयी टुंगो लगाउने सहमती भएको थियो । जसमा खतिवडा विजयी हुन सफल भएको निर्वाचन समितिका संयोजक दाहालले जानकारी दिए ।
त्यसैगरि लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन भएका छन् । संस्थाको साधारणसभा मंसिर १८ गते आफ्नै भवनमा हुँदैछ ।
गत २४ घण्टामा नेपालमा १ हजार ४ सय ९० जना संक्रमित थपिएका छन् । ८ हजार ३ सयको पीसीआर गर्दा आज १ हजार ४ सय ९० जना संक्रमित थपिएका हुन् । योसहित संक्रमितको कुल संख्या...
विराटनगर, २९ साउन । धानबालीको उत्पादन वृद्धिका लागि आवश्यक पर्ने युरिया रसायनिक मल कृषि सामाग्री कम्पनी प्रदेश कार्यालय विराटनगरले आजदेखि वितरण कार्य शुरु गरेको छ। कार्यालयका प्रमुख नरेश कुमार सापकोटाले अहिले कम्पनीमा सात हजार ५००...
विराटनगर, २० माघ । विराटनगरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कालो झण्डा देखाउने क्रममा नेकपा (एमाले) कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । झपमा अनेरास्ववियु उपमहासचिव भाष्कर खनालसहित आधादर्जन कार्यकर्ता घाइते भएका छन् ।...
[caption id="attachment_47349" align="alignnone" width="1000"] मंगलबारे पूर्व पथरीखोलामा पुल निर्माण कार्यको अनुगमन÷नीरिक्षण गर्दै वडाध्यक्ष, वडा सदस्यहरु र स्थानीय ।[/caption] किर्तिपुर, ५ चैत । पथरीशनिश्चरे वडा नं. ७ मा विकास निर्माणले तीव्रता पाए पछि वडावासी हर्सीत भएका...
काठमाडौं, १३ असार-नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । बैठकमा समसामयिक...
काठमाडौं, साउन २ । एमाले नेता प्रदीप नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई देखाइ दिने नाममा बरिष्ठ नेता माधवकुमार नेपालले गम्भीर अपराध गर्नुभएको ठोकुवा गर्नुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका नेपाल निकट नेता प्रदिपले माधवले गर्नुभएको यो नराम्रो...
काठमाडौं, २२ कात्तिक-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पुगेका छन् । शुक्रबार प्रचण्डले बोलाएको अनौपचरिक सचिवालय बैठकको छलफलअनुसार प्रचण्डसहित सचिवालय सदस्य...
काठमाडौँ, ३० माघ -गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताउनुभएको छ । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उहाँले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.