‘तोहर चर्चा ट्रेन्डिग मे गीत.. ’ को छाँयाकन सकियो, लक्ष्मि पुजाको दिन रिलिज
बिहिबार, २३ कार्तिक, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरका संञ्चारकर्मी नविन कर्णले रचना गरेको मैथीलि भाषाको तोहर चर्चा ट्रेन्डिग मे गीत.. को म्यूजिक भिडियोको छाँयाकन सकिएको छ । डान्सिङ गीतको म्यूजिक भिडियो बिहीबार छाँयाकन सकिएको हो ।
मैथिली अनलाइनको प्रस्तुतिमा निमार्ण भएको उक्त गीत कर्णको दशौं हो । यसअघि पनि उनले थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । पछिल्लो समय बजारमा आएको ‘तोहर चर्चा ट्रेन्डिग मे बोलको अडियो यसअघि बजारमा आएको थियो । युवा पुस्ताले रुचाउने गीतको म्यूजिक भिडयोको छाँयाकन पनि सकिएकाले तिहारको अवसर पारेर रिलिज गर्ने तयारी गरिएको उनले बताए । गायक जागेश ठाकुर स्वर रहेको उक्त गीतको निर्देशन कार्तिक राजवंशीले गरेका छन् ।
म्यूजिक भिडियोको मुख्य कलाकारमा निर्मल दास, निकिता फुयाल रहेका छन् । यसैगरी अमर चौधरी, एफान खान, एमडि आलम, एमडि सहवाज, विशाल खवास, ओम प्रकाश कामतले पनि अभियन गरेका छन् । बाल कलाकारमा अबिशेक कामत र इरदास खानले खेलेका छन् । विराटनगरस्थित स्थल एभरेष्ट कलेजमा उक्त म्यूजिक भिडियोको छाँयाकन गरिएको छ । गीतकार कर्णले युवा पुस्ताको रोजाइमा पर्ने गीतको म्युजिक भिडियो बनाएको बताए । पछिल्लो समय मैथिली गीतको म्यूजिक भिडियाहरु अश्लील खालको हुने गरेको प्रति उनले चिन्ता व्यक्त गरेका छन् । ‘हामीले आफ्नो भाषा, संस्कृतीको संरक्षण र जगेर्ना गर्ने खालको गीत, संगीतहरु बनाउनु पर्दछ,’ उनले भने, ‘अहिलेसम्म मैले रचना गरेको गीत र बनाएको भिडयोहरु पनि युवा पुस्तादेखि सबै उमेर समूहले रुचाउने खालका बनाएको छु ।’ उक्त गीतको म्यूजिक भिडयो लक्ष्मि पुजाको साझमा रिलिज गर्ने गीतकार कर्णले बताए । म्यूजिक भिडियोको छाँयाकन धिरेन साहले गरेका छन् भने महेश सिग्देलले श्रृङ्गगार गरेका छन् ।
काठमाडौं, मंसिर १९। राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेनको जित निश्चित भएको छ । मतगणना सकिनु अगावै उहाको जित निश्चित भएको हो । पार्टीका प्रचार विभाग प्रमूख मोहन श्रेष्ठले दिएको जानकारी अनुसार ५० भोट मात्रै...
काठमाडौं, ३ वैशाख-कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण तथा रोकथामको लागि लागू भएको लकडाउनको अवधीमा पास लिएर गुड्ने सवारी साधनले पासको दुरुपयोग पनि गरेको पाइएको छ । लकडाउन अवधिमा पास लिएरसमेत धेरै संख्यामा सवारी साधन गुड्ने...
काठमाडौं, २४ माघ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट राजीनामा दिएका छन् । नयाँ पार्टी खोल्ने तयारीमा रहेका थापाले मंगलबार राप्रपाबाट राजीनामा दिएका हुन् । थापाले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार...
विराटनगर, चैत ७–प्रदेश एक सरकारले छिमेकी मुलुक भारतसँग जोडिएका सबै नाका तत्काल बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग...
धरान, कात्तिक १७–धरानमा २२ वर्षीय दलित महिलामाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । महिलाका श्रीमान् घरबाहिर मजदुरीमा गएको मौका छोपेर नाताले देवर पर्ने दुई जनाले बलात्कार गरेको इलाका प्रहरी कार्यालय...
काठमाडौं, १ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद मिलाउन जुटेका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तथा वरिष्ठ नेपाल माधव नेपालबीचको छलफल सकारात्मक नभएपछि ओलीले बालुवाटारमा निकटस्थसँग छलफल थालेका छन् । ६ पटकसम्म अध्यक्षद्वयबीच...
विराटनरगर, जेठ ४–प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय पत्रकारहरुको निःशुल्क वीमा सुरु गरेको छ । कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाइनमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका नेपाल पत्रकार महासंघ सुनसरी आबद्ध तथा जिल्लामा क्रियासिल गरि १५० जना पत्रकारको...
काठमाडौं, जेठ १७-नेपालमा थप १ सय ८९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १ सय ८५ जना पुरुष...