विराटनगरबाट बरामद गरिएको चाँदी र सुनको परिणाम पत्ता लगाउन राष्ट्र बैंक पठाइयो

 न्यूज विराट
विराटनगरबाट बरामद गरिएको चाँदी र सुनको परिणाम पत्ता लगाउन राष्ट्र बैंक पठाइयो

विराटनगर । विराटनगरबाट संयुक्त अनुगमन टोलीले बरामद गरेको अवैध चाँदी र सुन एक क्वीन्टलभन्दा धेरै रहेको पुष्टि भएको छ ।

विराटनगर महानगरपालिका–११ पिचरामा भारतीय नागरिकले सञ्चालन गरेको पशुपति ज्वेलर्स सुन–चाँदी पसलमा सरकारी टोलीले छापा हानेर सुन–चाँदीका अवैध गहना र सामग्री बिहीबार बरामद गरेको थियो ।

विराटनगर भन्सार कार्यालयमा लगेर तौल लिँदा गहना र सामग्री एक क्वीन्टल बढी रहेको यकिन भएको हो । नेपाल र सशस्त्र प्रहरी, प्रशासन, भन्सार, आन्तरिक राजस्व कार्यालय तथा सुन–चाँदी व्यवसायी संघका प्रतिनिधिलगायतको रहोबरमा नापजोख गर्दा परिणाम यकिन भएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले जानकारी दिए ।

उनका अनुसार रसायनसहित तौल लिँदा चाँदीका सामग्री एवं गहना ९९.९४६ किलोग्राम तथा सुनका गहना १५३.८ ग्राम रहेको पुष्टि भएको हो । काँचो चाँदी ७ सय ६० ग्राम पनि फेला परेको थियो । ‘चाँदी तथा सुनबाट तयार गरिएका वस्तु जस्ताको तस्तै तौल लिँदा एक क्वीन्टल बराबरको रहेको छ,’ दाहालले भने, ‘त्यसलाई गालेपछि मात्रै यकिन परिणाम थाहा हुन्छ ।’ गालेर गहना तथा विभिन्न सामग्री बनाउँदा प्रयोग गरिएको रसायन छुट्याएपछि मात्रै चाँदी र सुनको वास्तविक परिणाम पत्ता लाग्ने उनले बताए ।

उनका अनुसार बरामद भएको सबै मालवस्तु राष्ट्र बैंकले गालेर परिणाम यकिन गर्ने छ । गालेर चाँदी र सुनको यकिन परिणाम पत्ता लगाउन राष्ट्र बैंकमा पठाउने प्रक्रिया सुरु भएको जानकारी दाहालले दिए । चाँदी र सुनको मूल्य पनि यकिन भइसकेको छैन । नेपाल सुन–चाँदी व्यवसायी संघले त्यसको मूल्य यकिन गर्ने उनको भनाइ छ ।

भारतबाट भन्सार छली गरेर ल्याइएका सुन–चाँदीका गहना एवं सामग्री बिक्री गर्ने गरेको सूचनाका आधारमा विराटनगरस्थित प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले ज्वेलर्समा छापा हानेको हो । भारतको कोलकाता घर भएका विश्वजीत जानाले सुशीला अधिकारी लुइँटेलको घर भाडामा लिएर ज्वेलर्स सञ्चालन गर्दै आएका थिए । ज्वलेर्समा छापा हान्दा ठूलो परिणाममा चाँदी र सुनका गहना एवं त्यसबाट बनाइएका विभिन्न सामग्री बरामद भएको थियो ।

चाँदीबाट बनेका पाउजू, ब्रासलेट, औंठी, दियो, करुवा, लोहोटा, मूर्ति, टीकादानी, प्लेट, माला, बाला, हातको पञ्जा, कम्मरपेटी, सिक्का, रिङ, लकेटलगायतका सामग्री एवं गरगहना र सुनबाट बनेका मंगलसूत्र, चन्द्रमा, तिलहरी, टप, नेकलेससमेतका गहना बरामद भएको भन्सारका सूचना अधिकारी दाहालले बताए । उनका अनुसार ज्वेलर्समा छापा हान्दा बिल बीजक फेला नपरेपछि चाँदी तथा सुनका सामग्री र गरगहना बरामद गरिएको हो । चाँदी तथा सुनबाट बनेका सामग्रीको बिल देखाउन नसकेपछि ज्वेलर्सका सञ्चालक विश्वनाथ जानालाई पनि पक्राउ गरिएको जानकारी दाहालले दिए ।

जानालाई अहिले प्रहरी हिरासतमा राखिएको छ । उनीविरुद्ध सुन–चाँदीको अवैध कारोबारमा मुद्दा चलाउने तयारी भइरहेको दाहालले बताए । ज्वेलर्स सञ्चालकविरुद्ध मुद्दा चलाउन प्रक्रिया अघि बढाइसकिएको उनको भनाइ छ ।

जानाले भारतबाट भन्सार छली गरेर तयारी गहना नेपाल ल्याउँदै आफ्नो ज्वेलर्समा राख्ने र विराटनगर, इनरुवा, धरान, इटहरी, विराटचोक, उर्लाबारी, दमक, बिर्तामोडलगायत पूर्वका विभिन्न सहरमा ‘सप्लाई’ गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्रोतका अनुसार उनको ज्वलेर्सबाट सबैभन्दा बढी सुन–चाँदीका तयारी मालवस्तु विराटनगरका विभिन्न पसलमा पुग्ने गरेको थियो ।

जानाको ज्वेलर्समा छापा हान्नेवित्तिकै विराटनगरका केही ज्वेलर्स सञ्चालकहरु आफ्नो पसल बन्द गरेर भागेको बताइएको छ । ‘पशुपति ज्वलेर्समा छापा हान्नासाथ जानाबाट सबै कुरा खुल्ने भएपछि केही सञ्चालक आफ्नो ज्वेलर्स बन्द गरेर फरार भएका छन्,’ स्रोतले भन्यो, ‘यसले भारतबाट अवैध हिसाबले जानाले ल्याएको सुन–चाँदी विभिन्न ज्वेलर्समा पुग्ने गरेको पुष्टि हुन्छ ।’

सम्बन्धित समाचार

बंगलादेशसँगको आर्थिक साझेदारीमा नयाँ आयाम थपियो : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, १० चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी बङ्गलादेशको राजकीय भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबीचको आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने बताएका छन् । मंगलबार ढाकामा नेपाली पत्रकारहरूसँगको कुराकानीमा...

२१६ जनामा कोरोना संक्रमण पुष्टि, २०९ जना संक्रमणमुक्त

काठमाडौं, १८ पुस । पछिल्लो २४ घण्टामा २ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ सय नौ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका...

कक्षा १२ को नतिजा सार्वजनिक, पोखरीया स्कुलका ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण

विराटनगर । विराटनगर – ३ मा रहेको पोखरीया माविको कक्षा १२ को परीक्षामा ७५.४५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजानिक गरेको नतिजा अनुसार पोखरीयाबाट ३ सय ३३ जना विद्यार्थीले दिएको...

छठ पर्व विधिवत् सुरु, आज ‘नहाय–खाय’

महोत्तरी, कार्तिक २२ । मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । यसो त कात्तिक...

प्रदेश १ः सत्तापक्षकै सांसदले भने—विकास निर्माणका काम अत्यन्त महंगो भयो, छानविन गरौँ

विराटनगर, २४ साउन । प्रदेश १ सरकारले थालेका विकास निर्माण कार्यको लागत अत्यन्त महंगो भएको सत्ता पक्षकै सांसदले आरोप लगाएका छन् । आइतबार प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको २४ औँ बैठकको शुन्य समयमा बोल्दै नेकपा...

१० करोडको लगानीमा विराटनगरमा ‘हाजि आँखा’ अस्पताल संचालन, ५० जनाले पाए रोजगारी

विराटनगर । विराटनगर १४ रानीमा १० करोड लगानीमा हाजी आँखा अस्पताल संचालनमा आएको छ । एक कार्यक्रम आयोजना गरी ५० शैय्याको अस्पताल सोमबार प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ्गले उद्घाटन गरेपछि संचालनमा आएको हो...

असई कार्कीले कन्चटमा गाेली हानेर आत्महत्या गरे

काठमाडौं, ११ जेठ-प्रहरी सहायक निरीक्षक (असई)  विष्णुप्रसाद कार्कीले आत्महत्या गरेका छन् । स्वयम्भू प्रहरी बिटमा कार्यरत असइ कार्कीले आफैले बोकको पेस्तोलले दाहिने कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन् । आइतबार विहान उनी बिटमै मृत अवस्थामा भेटिएका...

भक्तपुरका २ महिला र काठमाडौंका १ पुरुषसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३० वैशाख-नेपालमा थप २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका आज परीक्षण गर्दा थप २६ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेहरुमा पर्साका १८, महोत्तरी, धनुषा, भत्तपुरका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्