एग्रो टुरिजमको प्रवर्द्धनमा पर्यटन व्यवसायीको जोड

 न्यूज विराट
एग्रो टुरिजमको प्रवर्द्धनमा पर्यटन व्यवसायीको जोड

विराटनगर । एग्रो टुरिजमको प्रवर्द्धन गर्न पर्यटन व्यवसायीहरुले माग गरेका छन् । इलामको सूर्योदय नगरपालिका – ५ समालबुंगमा रहेको अन्तु डाँडा एग्रो फन्समा आयोजना गरिएको अन्तुको पर्यटन प्रवद्र्धनका लागि अन्तक्रिया कार्यक्रममा सहभागि भएका पर्यटन व्यवसायीहरुले यस्तो बताएका हुन् ।

सूर्यदय नगरपालिका ४ र ५ का पर्यटन व्यवसायीहरु सहभागि भएको कार्यक्रममा उनीहरुले एग्रो टुरिजमको प्रवर्द्धन गरेर अगाडी बढनुपर्नेमा जोड दिए ।कार्यक्रमको प्रमुख अतिथि रहेका नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्य प्रसाद भट्टराईले समृद्धीका लागि कृषि र पर्यटनलाई जोडेर एग्रो टुरिजमको विकास गरिनुपर्ने बताए । इलामको श्रीअन्तु क्षेत्र प्रदेशकै उत्कृष्ट पर्यटन गन्तब्यको रुपमा विकास भइरहेको र धेरै सम्भावना बोकेको क्षेत्र भएकाले एकीकृत रुपमा पर्यटकीय क्षेत्रको रुपमा विकासमा राज्यले ध्यान दिनुपर्ने बताए ।


कार्यक्रममा एग्रो टुरिजम मार्फत अहिलेका युवाहरुले व्यवसाय गर्न चाहिरहेको पर्यटन व्यवसायीहरुले बताए । एग्रो टुरिजमको विकास भए अन्तु आउने पर्यटकलाई थप केही दिन राख्न सकिने उनीहरुले बताए । अन्तु डाँडा एग्रो फन्स प्रबन्धक निर्देशक विजय सुवेदीले कृषिमा रुपान्तरण गर्दै पर्यटनको विकासको लागि एग्रो टुरिजमा जोड दिनुपर्ने बताए । कृषिलाई आधार बनाएर पर्यटक भित्र्याउने रणनीति अनुरूप कृषिमा आधारित ‘एग्रो टुरिजम’ व्यवसाय गर्न ९० रोपनीमा अन्तु डाँडा एग्रो फन्स संचालनमा ल्याएको उनले बताए । व्यावसायिक कृषि उत्पादन र तिनै उपजबाट पर्यटन प्रवद्र्धन गर्ने उनको योजना रहेको छ ।
कार्यक्रममा अन्तु पर्यटन व्यवसायी संघका अध्यक्षका रुद्र प्रसाद घिमिरले यहाँको एग्रो टुरिजमको विकास गरेर आन्तरकि र बाहय पर्यटक भित्राउनुपर्ने बताए । श्रीअन्तुमाा एग्रो टुरिजमको विकास गर्नसके यहाँको पर्यटन क्षेत्र थप चलायमन हुने भएकोले हातेमालो गरेर अगाडी बढनुपर्ने उनले बताए ।

कार्यक्रममा सूर्यदय नगरपालिका ४ र ५ का दुई दर्जन बढी पर्यटन व्यवसायीहरुको उपस्थती रहेको थियो । कार्यक्रममा सहभागि भएका प्रमुख अतिथि, अतिथि र व्यवसायीहरुले ९० बिगा क्षेत्रफलमा फैलिएको अन्तु डाँडा एग्रो फन्सको पनि अवलोकन र निरीक्षण गरेका थिए । अहिले अन्तु डाँडा एग्रोमा चिया, विभिन्न प्रजातिका तरकारि, फलफुल, माछा, लोकल कुखुरा, नेपालको सबैभन्दा लामो गौतमबुद्धको मूर्ती रहेको छ । यहाँ एक लाख रुपैयाँ प्रतिकेजी रुपैयाँ पर्ने ग्रिन टि पनि उत्पादन हुने गरेको छ । ग्रिन टि विदेश निर्यात गर्ने योजना बनाएको संचालक सुवेदीले बताए ।
सोही अवसरमा नाट्टा कोशी प्रदेशका अध्यक्ष भट्टराई अन्तु डाँडा एग्रो फन्सका आजिवन सदस्य पनि बनेका छन् ।

सम्बन्धित समाचार

अरनीको स्कुलमा भएको स्पोर्ट्स मिट सकियो

विराटनगर । विराटनगर–१० मा रहेको अरनिको सेकेण्डरी स्कूलमा भएको ४ दिने ‘अरनिको स्पोट्र्स मिट २०७९’ सकिएको छ । चार दिनसम्म ट्रयाक इभेन्टस , फिल्ड इभेन्टस,ग्रुप इभेन्टस्लगायतका विभिन्न खेलकुद प्रतियोगिता गर्दै स्पोर्टस मिट आक्ष्तबारबार सम्पन्न भएको...

गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित १ सय ४६ जनाको कोरोना परीक्षण

पोखरा, ६ जेठ-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित ६ जना मन्त्रीको कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि ‘स्वाब’ नमुना संकलन गरिएको छ । प्रदेश सरकारले आह्वान गरेको संसद अधिवेशनको पूर्वसध्यामा मुख्यमन्त्री, मन्त्री, सचिव र कर्मचारीलगायतको कोरोना परीक्षणका...

मन्दिर खुलेको चार महिनामा १२ लाख भेटी सङ्कलन

खोटाङ, १६ मङ्सिर-विश्व प्रसिद्ध त्रिधार्मिक धाम हलेसीबाट चार महिनाको अवधिमा रु १२ लाख भेटी सङ्कलन भएको छ । गत साउन १ गतेदेखि मङ्सिर ५ गतेसम्मको अवधिमा हलेसी दर्शन तथा पूजाआजा गर्न आउने दर्शनार्थीबाट रु १२...

तीन जना दाजुभाईले ६० लाखमा खोले ‘नाइस बिरयानी’

विराटनगर । तीन जना दाजुभाइ मिलेर मोरङको धनपालथान गाउँपालिका – ६ कदमाहास्थित नाइस बिरयानी एण्ड फेमेलि होटल संचालनमा ल्याएका छन् । करिब ६ लाख बढीको लगानीमा उक्त होटल शुक्रबारदेखि संचालनमा ल्याएका हुन् । होटलको उद्घाटन...

कोशीमा सबै मिलेर जानुको विकल्प छैन : हिक्मत कार्की

विराटनगर । एमाले कोशी संसदीय दलका नेता हिक्मतकुमार कार्कीले अदालतले गठबन्धनले मिचेको संविधान र कानूनको संरक्षण गरेको बताएका छन् । सर्वोच्च अदालतले उद्धव थापालाई पदमुक्त गर्दै कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्ने परमादेश दिएपछि उनले...

भारतमा बन्यो कोरोनाको औषधि

एजेन्सी, ३ जेठ । ३ जेठ, काठमाडौं । भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । सोमबार रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्ष बर्द्धनले २–डिजी नामको औषधि सार्वजनिक गरेका हुन् । रक्षामन्त्री...

कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

काठमाडौं,  २ असोज-ललितपुरमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरकी ६६ वर्षीय महिला रहेकी छन् । उनको बिहीबार उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।  उनी गत...

कोभिड प्रोटोकल पूरा नभए त्रिवि परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा भौतिक दूरी कायम भए÷नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्