एभरेष्ट बैंकको २९ औं वार्षिकोत्सवमा मानव सेवा आश्रममा खाद्यान्य वितरण
बिहिबार, ०२ कार्तिक, २०८०,
न्यूज विराट
विराटनगर । एभरेष्ट बैंकले विराटनगरस्थित मानव सेवा आश्रमलाई एक लाख मुल्य बरावरको खाद्यान्य वितरण गरेको छ । बैंकको २९ औं वार्षिक उत्सवको अवसर पारेर बिहीबार आश्रममा एक कार्यक्रम आयोजना गरी खाद्यन्य सामाग्री वितरण गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बैंकले खाद्यान्य ३० बोरा चामल, तेल, चना, दाललगायतको खाद्य सामाग्री वितरण गरिएको एभरेष्ट बैंक कोशी प्रदेश प्रमुख जनक चापागाईले बताए । मान सेवा आश्रममा दुई दर्जन बढी आफन्त नभएका ज्येष्ठ नागरिकहरु बसोवास गर्दै आएका छन् ।
यसैगरी बैंकले वार्षिक उत्सवको अवसर पारेर विराटनगर – १० मा रहेको झी पुचः (नेपाल भाषा तथा सांस्कृतिक संघ) भित्र रहेको वंगलामुखी मन्दिरको धारा निमार्णको लागि पनि बैंकले आर्थिक सहयोग प्रदान गरेको छ । बिहीबार झी पुचः मा एक कार्यक्रमको बीच बैंकका प्रमुख चापागाईले नगद ५० हजार रुपैयाँ चेक अध्यक्ष भविष श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।
एभरेष्ट बैंक कोशी प्रदेश अन्तर्गत १८ वटा शाखा रहेको छ । एभरेष्ट बैंकको २९औं वार्षिक उत्सव समारोहको उपलक्ष्यमा सम्पुर्ण शाखाबाट संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगर्त बिभिन्न सहयोग गरी राखेको बैंकका प्रदेश प्रमुख चापागाईले बताए । कार्यक्रममा एभरेष्ट बैंक कंन्चनबारी शाखाकी प्रमुख बीभा जोशी, एभरेष्ट बैंक कोशी प्रदेशका कर्जा असुली अधिकृत देवी प्रसाद संग्रौला, बैंकका कर्मचारी सुरज श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
काठमाडौँ, १५ मंसिर । आज ३४ औं विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने तय गरिएको छ । सन् १९८८ देखि हरेक...
विराटनगर । पाँच लाख रूपैयाँ लिएर नवजात शिशु बेचेको आरोपमा पक्राउ परेका विराटनगरका डाक्टर तपेश्वरलाल कर्णसहित ६ जनालाई प्रहरीले तीनवटा मुद्दा चलाउने भएको छ। कोशी अस्पतालका पूर्वप्रमुख एवं स्त्री तथा प्रसूति रोग विशेषज्ञ ६८ वर्षीय...
एजेन्सी, बैशाख २६-महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदूरहरुको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधनको अभावमा हिँडेरै आआफ्ना घरतर्फ गइरहेका...
खोटाङ, ६ वैशाख-लकडाउन लागू हुनुअघि तथा लागू भएपछि घर फर्किएका जिल्लाका अधिकांश युवा खोलामा गएर माछा मार्न तथा डाँडा घुम्नमा व्यस्त देखिएका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारद्वारा आह्वान गरिएको लकडाउनको...
विराटनगर । कोशी प्रदेशको निजामती सेवा ऐन संशोधनको मागसहित चार दिनदेखि आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरूको आन्दोलनमा दल निकट कर्मचारी संगठनहरू पनिले साथ दिएका छन् ।आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पाँच कर्मचारी संगठनले आन्दोलनमा एक्येबद्धता जनाएका...
विराटनगर, १८ भदौ-प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र तेह्रथुममा २÷२ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक...
विराटनगर । विराटनगरस्थिति शिक्षादीप कलेजले उत्कृष्ट शिक्षक र कर्मचारीलाई सम्मान गरेको छ । कलेजले आइतबार एक कार्यक्रम आयोजना गरी एक जना उत्कृष्ट शिक्षक र दुई जना कर्मचारी सम्मान गरेको हो । यसरी सम्मानित हुने फिजिक्स...
काठमाडौं, असार १२ । चार महिना अघि जारी भएको अल्पकालिन अन्तरिम आदेशको निरन्तरता दिंदै सर्वोच्च अदालतले आइतबार प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई नहटाउन सरकारका नाममा आदेश दिएको छ । अदालतको यो आदेशसँगै काउन्सिललाई कार्यकर्ता भर्तिकेन्द्र...