६८ औँ प्रहरी दिवशको अवसरमा मोरङ ट्राफिकको विराटनगरमा सचेतना
आइतबार, २८ असोज, २०८०,
न्यूज विराट
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ६८ औँ प्रहरी दिवशको अवसरमा ट्राफिक सचेतना मुलक प्रभातफेरी निकालेको छ । विराटनगरमा आइतबार विहान ट्राफिक सचेतनामुलक प्रभातफेरी निकालेको हो ।
विराटनगरको बसपार्कबाट निस्किएको ¥यालीले नगरको विभिन्न भाग परिक्रमा गरी सोहीठाउँमा आएर सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले ट्राफिक नियमको पालना गरेर सवारी चलाए केही हदसम्म दुर्घटनामा कमी आउने बताए । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणको लागि सबैको साथ सहयोगको खाँचो रहेको उनले बताए ।
¥यालीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी, बिभिन्न गैह्र सरकारी सघं संस्थाका प्रतिनिधि, यातायात व्यवसायी, यातायात मजदुर , स्थानिय बुद्धिजिवी, भद्र भलादमी, विद्यार्थीहरु लगायतको उपस्थितिमा भएको ट्राफिक सचेतना मुलक कार्यक्रममा ट्राफिक सचेतना सम्बन्धि पर्चा पम्प्लेटहरु बितरण गरी चाडपर्व लक्षित तथा ट्राफिक सचेतनामुलक जिङ्गलहरु प्रसारण गरिएको थियो ।
विराटनगर, ९ जेठ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन् । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उनले बताए । मुख्यमन्त्री...
विराटनगर, १५ वैशाख । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरमा दुई जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मोरङ र झापा घर भएका संक्रमित पुरुषको बुधबार विहान मृत्यु भएको हो । मोरङको...
काठमाडौं, १ असोज । शुक्रबारदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्बन्धनप्राप्त सबै क्याम्पसहरूमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ । कोरोना महामारीको जोखिमबाट बच्न विशेष सतर्कता अपनाई भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिइएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख...
काठमाडौं, २९ साउन-प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बालुवाटार पुगेका छन् । दुई अध्यक्षबीच लामो समयको संवादहीनता अन्त्य गर्दै बालुवाटारमा भेट भएको...
विराटनगर, १० जेठ । इटहरी उपमहानगरपालिकाले इटहरी रंगशालामा संचालन गरेको आइसोलेसनको सेवा प्रभावकारी रहेको त्यहाँ रहेका संक्रमितहरुले वताएका छन । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले दुरी कायम गरेर कोभिड संक्रमितहरु सँग गर्नुभएको भेटघाटका क्रममा उहाँहरुले...
एजेन्सी, १४ असार ।बंगलादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन् । व्यावसायिक भवनमा आइतबार ठूलो विस्फोटन भएपछि भवन भत्किएर घटना भएको अधिकारीहरूले जानकारी दिएका छन्...
विराटनगर । मोरङको लेटाङ्ग फुटबल क्लब पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा बुधबार भएको अन्तिम क्वाटरफाइलन खेलमा आयोजक लालि गुँरास स्पोर्टिङ...
विराटनगर, १५ चैत । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको पूर्ण बैठक जिल्लाकै शुन्दर पर्यटकीय क्षेत्र जेफालेमा सम्पन्न भएको हो । महासंघको दोस्रो पूर्ण बैठक मोरङको केराबारी गाउँपालिका–२ स्थित पर्यटकिय क्षेत्र जेफालेमा सम्पन्न भएको...