कोशीमा कांग्रेस संसदीय दलको नेता उद्धव थापाले दिए राजीनामा
शनिबार, २७ असोज, २०८०,
न्यूज विराट
विराटनगर । कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्दव थापाले राजीनामा दिएका छन् । विराटनगरस्थित काङ्ग्रेस प्रदेश कार्यालयमा आज दिउँसो पत्रकार सम्मेलन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।
उनले कोशी प्रदेश सरकार निर्माणका क्रममा देखिएको घटनाक्रमप्रति आफू पनि कारक रहेको बताउँदै राजीनामा दिएको बताए ।
‘मैले पाएको अवसरलाई गुमाएँ, अदालतले मलाई मुख्यमन्त्रीबाट हटायो । त्यतिबेलै मैले राजीनामा दिनुपर्थ्यो,’ उनले भने, ‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घट्नाक्रमले गर्दा नैतिक रूपमा मैले संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसुस गरे । आजको मितिदेखि लागू हुने गरी मैले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँदै दलको नीति, सिदान्त र आदर्श प्रति प्रतिवद्ध रहँदै आगामी दिनमा क्रियाशील रहिरहने छु ।’
उनले नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई बधाई ज्ञापन पनि गरे ।
काठमाडौं, २६ माघ । आज (बुधबार)का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद सचिवालयका अनुसार बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक २ फागुनसम्मका लागि स्थगित गरिएको हो । आजको बैठकका लागि संसद सचिवालयले सम्भावित...
काठमाडौं, ९ असोज-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ दार्चुला प्रस्थान गरेका छन् । सशस्त्र प्रहरी बलको गुल्म शिलान्यास गर्न उनी शुक्रबार दार्चुलाको छाङ्गरु प्रस्थान गरेका हुन् । दार्चुलाको छाङ्गरुमा निर्माण हुन लागेको सशस्त्र प्रहरी बलको गुल्मको भवन...
विराटनगर, ६ फागुन । मोरङ ग्रामथान २ बस्ने ४५ बर्षीया रम्वादेवी महतोको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । बुधबार दिउसो सवाँ २ बजे बुढीगंगा २ स्थित राजमार्गमा ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १–०२–००२...
विराटनगर, २६ वैशाख-विराटनगरमा उपचाररत थप ८ जना संक्रमितहरू कोरोनामुक्त भएर शुक्रबार डिस्चार्ज भएका छन् । लगातार २ पटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि विराटनगरस्थित कोसी अस्पतालअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रको आइसोलेशनमा रहेका उनीहरू डिस्चार्ज भएका...
विराटनगर । विराटनगरमा रहेको गौतम बुद्ध स्कुलले ४२ औं वार्षिकोत्सव तथा तेस्रो फनफिस्टा विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । वार्षिक उत्सवको उद्घाटन विराटनगर...
काठमाडाैं, १९ जेठ-राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ । संविधान संशोधन विधेयक लिएर राजपाका अध्यक्ष मण्डलका सदस्य महिन्द्रराय यादवलगायत नेताहरू संसद सचिवालय सिंहदरबार पुगेका...
काठमाडौं, ७ माघ । भारतमा पछिल्लाे २४ घण्टामा झण्डै साढे ३ लाख काेराेना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले २४ घण्टाकाे अवधिमा ३ लाख ४७ हजार २५४ संक्रमित थपिएकाे शुक्रबार जानकारी दिएकाे हाे ।...
उदयपुर, २० वैशाख-प्रतिनिधिसभाका सांसद डा. नारायण खड्काले उदयपुर जिल्लाका विभिन्न स्थानीय तहलाई आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।पीपीई, सर्जिलक र एन ९५ मास्क, स्यानिटाइजर, सर्जिकल ग्लोब्सलगायतका सामाग्री लिएर काठमाडौंबाट उदयपुर आएका डा. खड्काले शुक्रबार...