एमाले कोशी प्रदेश अधिवेशन : ढकाल र खतिवडा प्यानल बनाएर चुनावी मैदानमा

 न्यूज विराट
एमाले कोशी प्रदेश अधिवेशन : ढकाल र खतिवडा प्यानल बनाएर चुनावी मैदानमा

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा ५ जना पदाधिकारीका लागि ९ जनाले उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा विराटनगरका विनोद ढकाल र लेटाङ घर भएका घनश्याम खतिवडाले उम्मेदवारी दिएका हुन् । यस्तै उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ, सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारी तथा दुई जना उपसचिवका लागि सङ्खुवासभाका भगिश्वर गुरुङ, खोटाङका देवान राई, झापाका जलबर्षा राजवंशी र मोरङका खेम नेपाली रहेका छन् । अध्यक्षका प्रत्याशी खतिवडाले आफ्नो प्यानलमा उपाध्यक्ष टीका चेम्जोङ, सचिवमा राजकुमार भण्डारी तथा उपसचिवमा देउमान राई र जल वर्षा राजवंशीलाई समावेश गरेका छन् ।

यस्तै विनोद ढकालपक्षले पनि उपाध्यक्षमा चेम्जोङलाई नै राखेका छन् भने सचिवमा शैलेश लामा तथा उपसचिवमा भविश्वर गुरुङ र खेम नेपालीलाई राखेर प्रचार गरिरहेका छन् ।

स्रोतका अनुसार दुवै पक्षले आ–आफ्ना प्यानल बनाएका छन् । गुट र प्यानल नबनाउन एमाले अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेलले दिएको निर्देशन विपरीत कोशी प्रदेशमा प्यानलको अभ्यास सुरु भएको हो । भित्रभित्रै उनीहरुले प्यानलको लिष्ट बाँडिरहेको अधिवेशनमा सहभागी प्रतिनिधिहरूले बताएका छन् ।

प्रदेश कमिटीको सदस्यमा इलाम जिल्लाबाट १५ जना निर्विरोध निर्वाचित भएका छन् । इलामबाट खुल्लातर्फ १० र ५ महिला गरी १५ जना सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

विराटनगरमा शुक्रबारदेखि जारी अधिवेशनबाट नेतृत्व चयन सहमतिबाट गर्ने प्रयास असफल भएपछि शनिबार अबेर उम्मेदवारी दर्ता भएको हो । अध्यक्षका उम्मेदवार ढकाल अहिले पनि एमालेका केन्द्रीय सदस्य हुन् । खतिवडा कोशी प्रदेश प्रचार विभागका प्रमुख हुन् ।

२०६६ सालमा एमालेको मोरङ जिल्ला अध्यक्षमा प्रतिस्पर्धा गरेका यी दुईमध्ये त्यसबेला ढकालले सफलता पाएका थिए । त्यसबेला ढकाल केपी ओली समूहबाट र खतिवडा माधव नेपाल समूहबाट उम्मेदवार बनेका थिए । जिल्ला अध्यक्षमा भिडेको १४ वर्षपछि प्रदेश अध्यक्षमा आमनेसामने भएका दुई नेताबीचको प्रतिस्पर्धामा प्रदेशबाट प्रतिनिधित्व गर्ने स्थायी कमिटी सदस्यहरू पनि दुई तिर विभक्त देखिएका छन् । एमालेको आठौँ महाधिवेशनदेखि खतिवडा पनि ओली समूहमै पुगेपछि यी दुई नेता एउटै समूहमा थिए ।

यस्तै उपाध्यक्षमा उम्मेदवारी दिएका चेम्जोङ भने अहिले पनि प्रदेशका उपाध्यक्ष हुन् । सचिवमा उम्मेदवारी दिएका लामा प्रदेश कमिटीका निवर्तमान उपसचिव हुन् भने भण्डारी पाँचथरका पूर्व जिल्ला अध्यक्ष हुन् ।

अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ । एमाले कोशी प्रदेशका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले अहिलेसम्म पनि सहमतिको प्रयास भइरहेको बताएका छन् । ‘सहमतिको प्रयास जारी छ, सहमति नभए निर्वाचन कार्यक्रम अनुसार नै प्रक्रिया अगाडि बढ्छ,’ उनले भने, ‘समय सार्ने काम हामीबाट हुँदैन ।’ निर्वाचन कमिटीले आज ११ बजेदेखि ४ बजेसम्मका लागि मतदानको समय तोकेको छ । शुक्रबार सुरु भएको कोशी अधिवेशनमा ९९७ जना प्रतिनिधि सहभागी छन् ।

सम्बन्धित समाचार

साहित्यकार हरि कट्टेलको बिलौनै बिलौना लोकार्पण

विराटनगर । साहित्यकार हरि कट्टेलको छन्दोबद्ध लघु काव्य बिलौनै बिलौनाको दोस्रो संस्करण लोकार्पण भएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर र छन्द बाटिका नेपालद्धारा शनिबार संयुक्त रुपमा आयोजित एक कार्यक्रममा उक्त लघु काव्यको लोकार्पण गरिएको...

राजदूतहरूको १ महिनाको तलब कोरोना उपचार कोषमा

काठमाडौं, ३० चैत-मध्यपूर्व तथा खाडी देशमा खटिएका ९ जना नेपाली राजदूतले आफ्नो १ महिनाबापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । इजरायल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान र...

२४ घण्टामा थप ४३९२ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या ८८ हजार नाघ्यो

काठमाडौं, ३० असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ‍स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

मोरङको उर्लाबारीमा मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

विराटनगर । मोरङको उर्लाबारीमा आफ्नै मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ परेका छन् । उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटीले धारिलो हतियार बाम्फोक दाउले टाउँकोमा प्रहार गरेर मामा ४२ वर्षीय काजी महराको हत्या गरेको प्रहरीले...

आज १९४५ संक्रमित थपिए, ५३६४ जना डिस्चार्ज

काठमाडौं, ५ मंसिर-गत २४ घण्टामा देशभर १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये १ हजार २ सय ५ पुरुष र ७ सय ४० महिला हुन् । योसहित संक्रमितको कुल संख्या...

कोरोनाको आयुर्वेदिक उपचार : वैज्ञानिक परीक्षण गर्न भारतमा कार्यदल

एजेन्सी, चैत ३०-भारतमा कोरोनाभाइरस विरुद्धको आयुर्वेदिक उपचारलाई वैज्ञानिक रुपमा प्रमाणित गर्न कार्यदल गठन गरिएको छ ।प्रधानमन्त्री नरेन्द्र मोदीले नै कार्यदल गठन गरेर आयुर्वेदिक उपचार पद्धतिबाट कोरोनाभाइरसको उपचार हुन्छ की हुँदैन परीक्षण गर्न र वैज्ञानिक रुपमा...

पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटल हुने, सोमबार पहिलो अडिसन विराटनगरमा

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको पहिलो अडिसन सोमबार विराटनगरस्थित सेन्टर मलमा हुने भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा यो प्रतियोगिता हुँदै आएको छ...

थप १९ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या २ सय ६ पुग्यो

काठमाडौं, १६ जेठ-शुक्रबार थप १९ जना संक्रमितले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या २ सय ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्