शिक्षादीप कलेजले मनायो विज्ञान दिवस, उत्कृष्ट विद्यार्थीले पाए पुरस्कार
आइतबार, ३१ भदौ, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले एघारौँ विज्ञान दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । कलेज परिसरमा आइतबार भव्य कार्यक्रम आयोजना गरी विज्ञान दिवस मनाएको हो । दिवसको अवसर पारेर विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । कलेजले केही दिन अगाडी ‘ओजोन तह विनाश र यसका संरक्षणका उपायहरु’शीर्षकको निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा शिक्षादीप कलेजमा अध्ययरत विज्ञान संकायका ८० जना विद्यार्थीले भाग लिएका थिए । जसमध्ये उत्कृष्ट प्रथम हुने एन्जल राई, द्वितीय सपना कटुवाल र तृतीय सुगम ढकाललगायत सान्त्वना पुरस्कार प्राप्त गर्ने आठ जना गरी जम्मा ११ जना विद्यार्थीलाई पुरस्कृत गरिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । प्रतियोगिताको निर्णायकको भूमिका डिग्री क्याम्पस प्राणी विज्ञानका उपप्राध्यापक मिलन खरेलले निर्वाह गरेका थिए । त्यसैगरी विज्ञान दिवसकै अवसरमा भाद्र महिनाका प्रत्येक शनिवार सञ्चालित चिकित्सा विज्ञान तथा इन्जिनियरिङका पूर्व तयारी कक्षाको परीक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीहरु पनि पुरस्कृत भए । उक्त परीक्षाहरुमा चिकित्सा विज्ञानतर्फ सुशीलकुमार यादव, रवीनकुमार यादव,पृथ्वीनारायण मण्डल र आदर्श सिंहले उत्कृष्टताको पुरस्कार प्राप्त गरे । इन्जिनियरिङ्तर्फ निश्चल आचार्य, प्रशान्त कार्की, निर्णय श्रेष्ठ र प्रियङ्का कुमारी भगतले उत्कृष्ट अंक प्राप्त गरी पुरस्कृत भएका छन् । कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, चिफ एकाडेमिक निर्देशक रमेशकुमार मण्डल, विज्ञानका कोअर्डिनेटर नवीनकुमार राय तथा अग्रज प्राध्यापकहरुले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रिन्सिपल खड्काले शिक्षादीप कलेजले विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रष्फुटन गराउने र उनीहरुको चौतर्फी विकासका लागि वर्षै भरिका सान्दर्भिक दिवसहरु विद्यार्थीहरुको प्रतियोगात्मक सहभागिता मनाउने गरिएको बताए । यस वर्षको राष्ट्रिय विज्ञान दिवस ‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशिला’ भन्ने मूलनाराका साथ मनाइँदै छ । ओजोन तह संरक्षण दिवस र विज्ञानको दिवसको इतिहास तथा वर्तमान सन्दर्भका बारेमा निर्देशक रामचन्द्र अधिकारीले बताए ।
काठमाडौं, १८ वैशाख-नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आर्थिक चलायमान बनाउने लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने सुझाव दिएको छ । मुख्यसचिव रेग्मीलाई अध्यक्ष श्रेष्ठसहितको समूहले महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालको अर्थतन्त्रको...
मस्को, जेठ ६–रुसमा मंगलबार सम्म २ लाख २० हजार ९ सय ७४ जना कोरोना भाइरस (कोडिभ–१९) का सक्रिय संक्रमित पुगेका छन् । केही दिन यता रुसमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलँदै गएको छ ।...
विराटनगर । नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघका केन्द्रिय अध्यक्षमा रितेस रिमालले उम्मेदवारी दिने घोषणा गरेका छन् । संघको वर्तमान बरिष्ठ उपाध्यक्ष रिमालले आगामि पुसमा हुने केन्द्रिय महाअधिबेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।...
काठमाडौं, १९ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच 'भोलि फेरि भेट गर्ने सहमति' जुटेको छ । पार्टीभित्रको गतिरोध अन्त्य गर्न बालुवाटारमा छलफलका लागि जुटेका अध्यक्षद्वय आ–आफ्नो अडानमा कायम रहेपछि २...
विराटनगर । ९ पटक मुद्दा खेपेर जेल जिवन बिताएका एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले चिचिला गाउँपालिका–३ बाट एक किलो ४ सय ५६ ग्राम गाँजासहित विकास राईलाई पक्राउ गरेको...
विराटनगर, १६ कात्तिक । सौर्य एयरलाइन्सले आगाी कात्तिक २२ गतेदेखि विराटनगर–भैरहवा उडान गर्ने भएको छ । प्रदेश नं. १ को राजधानीस्थित विराटनगर विमानस्थलबाट लुम्बिनी प्रदेशको भैरहवामा सिधा उडान गर्ने भएको हो । अन्तरप्रदेश उडान गर्ने...
काठमाडौँ, १८ पुस-राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको हो । राष्ट्रिय टोलीका कार्यवाहक...
विराटनगर, १० जेठ-प्रदेश १ मा आज १ हजार ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३६६, सुनसरीमा २५९, झापामा १६९, धनकुटामा ६४, ओखलढुङ्गामा ५६, खोटाङमा ३७, संखुवासभामा ३१, भोजपुरमा ८, इलाममा ४, उदयपुरमा २,...