कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले लिए शपथ

 न्यूज विराट
कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले लिए शपथ

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मत कुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता कार्कीलाई शुक्रबार संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सर्वोच्च अदातलले प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा कार्कीलाई बिहीबार ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेअनुसार प्रदेश प्रमुख खापुङले शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री कार्कीले पहिलो चरणमा सानो आकरको मन्त्रीपरिषद विस्तार गरेको छ । उनले ताप्लेजुङ्गका तीलकुमार मेन्याङ्वो खानेपानी, सिचाइ तथा उर्जामन्त्री हुने भएका छन् । मेन्याङबो यसअघि पनि कार्की नेतृत्वमै यही मन्त्रालय सम्हालेका थिए । त्यस्तै खोटाङबाट निर्वाचन सांसद पाँचकर्ण राईले पर्यटन, वन तथा वातावरण मन्त्री र झापाबाट निर्वाचित सांसद एकराज कार्कीले भौतिक पूर्वाधार विकास मन्त्रीको शपथ ग्रहण गरेका छन् । यस्तै भोजपुरबाट समानुपातिक सांसद सृजना राई सामाजिक विकास राज्यमन्त्री भएकी छिन् । नियुक्त भएर शपथ लिने सबै एमालेका सांसदहरु हुन् । राप्रपा भने तत्काल कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ । यद्यपि, कार्कीको नेतृत्वमा बन्ने सरकारलाई भने समर्थन गर्ने राप्रपाले जनाएको छ ।

सर्वोच्चको पत्र शुक्रबार प्राप्त भएपछि कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि शपथ ग्रहण पनि गराएको हो ।
सर्वोच्च अदालतले बिहिबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै पदमुक्त गरी प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको थियो ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्कीलाई ४८ घण्टाभित्र कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।

सम्बन्धित समाचार

हरिणको सिङसहित एक जना महिला पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले लागुऔषध गाँजा र हरिणको सिङसहित एक जना महिलालाई पक्राउ गरेको छ । रंगेली नगरपालिका ७ निचामारी टोल बस्ने वर्ष ५५ कि सागर देवीलाई प्रहरीले मंगलर पक्राउ गरेको हो। गैरकानूनी...

प्रहरी हवल्दार गुणराज अधिकारी सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार गुणराज अधिकारीलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले अधिकारीलाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना...

बूढीगंगामा युवाहरुबिच ‘ग्याङ फाइट’, एक युवकको हत्या

विराटनगर, २९ कात्तिक । विराटनगरसँगै जोडिएको मोरङको बुढीगंगा गाउँपालिकामा युवाहरुबिच ‘ग्याङ फाइट’ हुँदा एक युवकको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका–६ स्थित कोयलपुरमा गएराति युवाहरुबीच ग्याङ फाइट हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको मृत्यु भएको हो...

सर्वोच्चको परमादेशमाथि सरकारको पुनरावलोकन

काठमाडौं, १७ कात्तिक-सर्वोच्च अदालतले कोरोना संक्रमित नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन दिएको परमादेशमाथि पुनरावलोकन परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत आज उक्त पुनरावलोकन निवेदनमा दर्ता भएको हो । यही १५ असोजमा सर्वोच्च...

क्वारेन्टाइनमा रहेका ६७ भारतीयको आरडीटी नेगेटिभ

बाँके, १५ वैशाख-बाँकेको हवल्दारपुर राम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६७ भारतीयको कोरोना र्‍यापिड डाइग्नोस्किट टेस्ट (आरडीटी) रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबारसम्म जिल्लाका नेपालीसहित ६ सय ६३ जनाको स्वाब परीक्षण गरिएकाेमा...

यस वर्ष दसैँको टीकाको साइत १०:०२ मा

काठमाडौं, ८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।...

गुल्मीमा पनि देखियो कोरोना

बुटवल, ५ जेठ-प्रदेश-५ का पहाडी जिल्लामध्ये गुल्मी जिल्लामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सवा ४ गरेको पत्रकार सम्मेलनमा गुल्मीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...

१० दिनपछि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने सरकार तयारी

काठमाडौं, १६ जेठ-कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वयन समितिले विदेशमा रहेक नेपालीलाई चरणवद्ध रूपमा फिर्ता ल्याउनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । यसअघि सबै प्रदेशमा पोकल मन्त्री तोकेर विदेशबाट ल्याएका नेपालीलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्