मोरङको ८ स्थानीय तहका विरामीलाई निःशुल्क रगत, १७ वटै स्थानीय तहमा बितरण गर्ने रेडक्रसको तयारी  

 न्यूज विराट
मोरङको ८ स्थानीय तहका विरामीलाई निःशुल्क रगत, १७ वटै स्थानीय तहमा बितरण गर्ने रेडक्रसको तयारी  

विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङले स्थानीय तहहरुसँग सहकार्य गरेर विरामीहरूलाई निःशुल्क रगतउपलब्ध गराउँदै आएको छ ।

रेडक्रसले मोरङको आठ वटा स्थानीय तहहरुसँग सम्झौतागरेपछि अहिले निःशुल्क रगत विरामीलाई उपलब्ध गराउँदै आएको हो ।  

स्वास्थ्य सुरक्षाकार्यक्रम अन्तर्गत रेडक्रसले विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, धनपालथानगाउँपालिका, जहदा गाउँपालिका, बुढीगंगथा गाउँपालिका, ग्रामथान र रंगेली नगरपालिकासँग सम्झौता गरेर अहिले विरामीलाई निःशुल्क रगत दिदै आएको नेपाल रेडक्रससोसाइटी मोरङका सभापति सुवोध सिंहले जानकारी दिए । विरामीको लागि आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन विराटनगर महानगरपालिकाले रेडक्रससँग सम्झौतागरेर सुरुवाती चरणमा अभियानकोको शुभराम्भ भएको हो । सम्झौता भएपछि विरामीले निःशुल्क रगत पाउन थालेपछि अन्य स्थानीय तहरुले पनि विरामीको हितको लागि गरिएकोनिःशुल्क रगत उपलब्ध गराउने अभियानलाईमा जोडिन थाले  ।

निःशुल्क रगत उपलब्ध गराउन रेडक्रस सोसाइटीमोरङसँग विराटनगर महानगरपालिकाले १ वर्षसम्मको लागि आर्थिक बर्ष २०७७-२०७८ सालदेखि सम्झौता गरेपछि यो अभियान निरन्तरता चलिरहेको छ ।

रक्तसंचार सेवाकेन्द्रबाट एक वर्षसम्म खपत भएको रगतको आधारमा स्थानीय तहरुले रेडक्रस सोसाइटीलाईभुक्तानी गर्नेछ । रक्तसञ्चारकेन्द्रले  १ पिन्ट रगतको ८ सय १० रुपैयाँलिंदै आएको छ । निःशुल्क रुपमा रगत पाउन सम्झौता गरिएको स्थानीय तहका स्थायीबासिन्दाभएको हुनुपर्नेछ । अस्पताल भर्ना भएका विरामीलाई चिकित्सकले रगत आवश्यक भएकोसिफारिस दिएको हुनुपर्नेछ । डाक्टरले पुर्जा दिएपछि पुर्जा लिएर रेडक्रस सोसाइटीमागएपछि रगत पाइने व्यवस्था छ । निःशुल्क रगतबितरण कार्यक्रम प्रभावकारिता देखिएपछि मोरङका अन्य स्थानीय तहहरुले पनि सम्झौत गर्नेचरणमा रहेको नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सिंहले बताउनुभयो । अन्यस्थानीय तहसँग समेत समन्वय र सहकार्य गरेर अगाडी बढ्ने रेडक्रस मोरङको योजना रहेकोउहाँले बताउनुभयो । 
पैसा अभाव भएकाकारण रगत नपाएर अकाल मै ज्यान जान नपाउन स्थानीय तह र रेडक्रसको यस्तो खालेसमन्यकारी भुमिकाले पुन्ययको काम गरेको विराटनर महानगरपालिका स्थानीय प्रेमश्रेष्ठले बताउनुभयो ।

सम्बन्धित समाचार

मोरङको केराबारीमा पनि एमालेको शानदार जित

विराटनगर, ४ जेठ । मोरङको केराबारी गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका सुमन मिरिङचिङ मगर र उपाध्यक्षमा एमालेकी मनमाया मगर निर्वाचित भएका हुन् । बुधबार विहान सार्वजानिक भएको अन्तिम मत परिणाम अनुसार गाउँपालिका...

संविधान शंसोधन गरिएकोमा खुशियाली

विराटनगर, जेठ ३१-प्रतिनिधिसभाले निसान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुसीयाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि विराटनगरमा पनि खुशियाली...

नेपाल यादव सेवा समिति गठन, सभापतिमा मुगालाल

विराटनगर । नेपाल यादव सेवा समिति गठन मोरङ गठन भएको छ । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी उक्त समिति गठन गरेको हो । समितिको सभापतिमा मुगालाल यादव, उपसभापतिमारमानन्द यादव, सचिबमा प्रमोद कुमार यादव, सहसचिबमा...

जनवरीदेखि कोरोनाको खोप दिने क्यानडाको तयारी

एजेन्सी, १९ मंसिर-क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोना विरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको...

आज ३ अन्तर्राष्ट्रिय कार्गो उडान, चीन र यूएईबाट सामान ल्याइँदै

काठमाडौं, ५ बैशाख-शुक्रबार ३ वटा अन्तर्राष्ट्रिय कार्गो उडान हुँदैछ । संयुक्त अरब इमिरेट्स यूएईको सारजहाबाट एयर अरेबियाको कार्गो विमान काठमाडौं आउने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । एयरबस ३२० कार्गो विमान...

विराटनगर बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा

विराटनगर, २५ माघ । सरकारले मोरङको विराटनगर महानगरपालिका–१८ को हिमालयन कृषि फार्म वरपरको क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले बर्ड फ्लु नियन्त्रण गर्न भन्दै सो क्षेत्रलाई बर्ड फ्लु प्रभावित...

जुवा अड्डामा प्रहरीकाे छापा, २० लाख नगद्सहित १३ जना पक्राउ

काठमाडौं, ७ असोज ।काठमाडाैंकाे कागेश्वरी मनहरा नगरपालिका–६ बाट जुला खेलिरहेका अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । स्थानीय राजन दाहालकाे घरमा  बिदुर दाहालले सञ्चालन गरेकाे जुवाखालबाट १३ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे । उनीहरूकाे साथबाट...

रबिन कार्कीविरुद्ध सवारी ज्यान मुद्धामा अभियोग दर्ता

विराटनगर, १५ असार । गत २० जेठमा एक भारतीय मजदुरको मृत्यु र एक जना गम्भिर घाइते हुनेगरी भएको कार दुर्घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका रबिन कार्की विरुद्ध सवारी ज्यान मुद्धामा अभियोग दर्ता भएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्