रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वितरण गर्यो ‘छाता’
बुधबार, २४ साउन, २०८०,
न्यूज विराट
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सडक छेउमा व्यापार गर्नेहरुलाई छाता वितरण गरेको छ । क्लबले एक कार्यक्रमकाबिच सडक छेउमा व्यापार गरि गुजारा गर्नेहरुलाई घाम र पानीबाट बच्नका लागि छाता वितरण गरेको हो । ‘रोटरी कम्युनिटी एण्ड इकोनोमिक डेभलप्मेन्ट’ अन्तर्गत अति विपन्न फलफुल, तरकारी, मकै बेच्ने र जुत्ताचप्पल सिलाएर जिविका चलाउन २० जनालाई छाता वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष कुसुम अग्रवालले जानकारी दिइन् । उनले घाम र वर्षाका कारण उनीहरुको रोजिरोटीमा समस्या नआओस भनेर छाता वितरण गरिएको बताइन् । सो अवसरमा डिस्ट्रक्ट गभर्नर राजेन्द्रप्रसाद ढोजुको हातबाट विराटनगरस्थित रोटरी भवनमा छाता वितरण गरिएको थियो । कार्यक्रममा डिस्ट्रक्ट गभर्नर राजेन्द्रप्रसाद ढोजु, फस्र्ट लेडी समिरा ढोजु, डिस्ट्रीक्ट सेक्रेटरी दिनेश मानन्धर, पास्ट डिस्ट्रक्ट गभर्नर वासुदेव गोल्यान, चार्डर प्रेसिडेन्ट डा. ममता बर्मा, प्रेसिडेन्ट कुसुम अग्रवाल, सेक्रेटरी संगीता सिंघानीया, पास्ट प्रेसिडेन्ट लगायतको उपस्थिती रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी पब्लिक इमेज चेयर पुनम राठीले जानकारी दिइन् । उनका अनुसार छाताको स्पोन्सर डेल्टा टायर रहेको थियो ।
विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना सम्पन्न भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी क्लबको पदस्थापन भएको हो । क्लबको नवनिर्वाचित अध्यक्षमा औषधी व्यवसायी अनिल चौधरी शर्मा रहेका छन् ।...
विराटनगर, ७ मंसिर । विराटनगरस्थित खार्जी गाउँमा महिलाहरुका लागि सञ्चालन भएको सिलाई कटाई तालिम सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा गत साउन २२ गतेबाट सुरु भएको तालिम सम्पन्न भएको हो ।...
विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट शुक्रबारबाट सुरू भएको छ । विराटनगरस्थित सहिद मैदानमा प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि औपचारिक रूपमा सुरू भएको हो । स्पोर्ट्स मिटको...
विराटनगर । मोरङको सुनवर्षीमा–७ स्थित बरडंगामा लक्षित बर्गका लागि उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । वडा कार्यालय बरडंगाको सहयोगमा विराट टाईम्स मिडिया प्रा.लि. को आयोजनामा सञ्चालित ‘लक्षित बर्गका लागि’ तीन दिने...
विराटनगर, १७ मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराट नर्सिङ होम प्रालिको सहकार्यमा ज्योति आधारभूत विद्यालय खर्जीमा मेघा स्वास्थ्य शिविर सम्पन्न गरेको हो । विराट इन्टरनेशनल डायग्नोस्टिक...
विराटनगर । फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा विराटनगर महानगरपालिकाले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले वडाध्यक्ष, कार्यपालिका...
विराटनगर । विराटनगर–१० मा रहेको कोवास कलेजले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । कलेजले आज सएिको परिक्षामा सामेल भएका कक्षा १२ का विज्ञान तथा व्यवस्थापन संकायका करिव ४५० विद्यार्थीलाई मायाको चिनो दिएर विदाई...
काठमाडौं, ८ असार-गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । गएराति गरिएको परीक्षणमा गण्डकीका थप २० जनामा कोरोना पोजिटिभ देखिएको हो । नयाँ संक्रमितमा स्याङ्जाका १० र नवलपरासी (पूर्व) का ८...