पाँच छात्रामाथि यौन दुर्व्यवहार प्रकरण, एक वर्षदेखि दुर्व्यवहारको आरोप लागेको शिक्षक धरौटिमा छुटे

 न्यूज विराट
पाँच छात्रामाथि यौन दुर्व्यवहार प्रकरण, एक वर्षदेखि दुर्व्यवहारको आरोप लागेको शिक्षक धरौटिमा छुटे

विराटनगर । पाँच जना छात्रालाई बाल यौन दुर्व्यवहार गरेको आरोप लागेको मोरङको जहदा गाउँपालिकास्थित जनप्रीय आधरभूत विद्यालयका २७ वर्षे शिक्षक विकाशकुमार साह धरौटिमा रिहा भएका छन् । मोरङ अदालतका न्यायाधीश राजेशश्वर आर्यालयको इजालशले १ लाख रुपैयाँ धरौटिमा छोडन मंगलबार आदेश दिएका हुन् ।

मोरङ अदालतमा दायर भएको बाल यौन दुरुपयोग मुद्दामा शिक्षक साहविरुद्ध पाँच जना छात्राको जाहेरीमा छुटा–छुट्टै अभियोग दर्ता भएको थियो । थुनछेकपछि न्यायाधीश अर्याललको इजालशले पाँच वटा मुद्दामा जनही २० हजार रुपैयाँको दरले धरौटिमा छोडन आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए । अदालतले तोकेको धरौटि रकम बुझाएर शिक्षक साह रिहा भएका छन् ।

साहले पछिल्लो पटक जेठ ३२ गते छात्रालाई यौन दुव्र्यवहार गरेको उजुरी मोरङ प्रहरीमा परेको थियो । प्रहरीमा जाहेरी परेपछि शिक्षक साह असार ११ गते पक्राउ परेका थिए ।

पाँच जना छात्रालाई यौन दुव्यर्वहार गरेको आरोप लागेका साह करारमा नियुक्त भएका शिक्षक हुन् । उनले कक्षा ४ देखि ८ सम्म विज्ञान विषय पढाउँदै आएका छन् । उनीमाथि गतवर्ष पनि विद्यार्थीहरुलाई दुव्र्यवहार गरेको आरोप लागेको थियो । त्यसबेला स्कुलमा घटना मिलाइएको थियो ।

दोस्रो पटक पाँच जना छात्रामाथि दुव्र्यवहार गरेको घटना बाहिरिएपछि उनीविरुद्ध पीडित छात्राका अभिभावकले प्रहरीमा उजुरी दिएका थिए । ‘होमवर्क मिलेन भन्दै सर्टभित्र हात लैजाने तिघ्रा सुम्सुम्याउने, चिमोट्ने जस्ता यौनजन्य दुव्र्यवहार पटक पटक गर्दै आएका थिए,’ अभियोगपत्रमा उल्लेखछ ।

नियमित विद्यालय जाने छात्राहरु अचानक स्कुल नजाने भन्दै रुने मात्र गर्न थालेपछि बाल यौन दुव्र्यवहारको घटना बाहिर आएको हो । नियमित जाने गरेका छात्राहरु दुव्यर्वहारको घटनापछि असारको पहिलो सातादेखि स्कुल जान छोडेकी थिइन् । छोरी स्कुल जान छोडेपछि अभिभावकले स्कुल नजानुको कारणबारे बुझ्न थाले । दुव्र्यवहारमा परेकी एक छात्राले आमासँग खुलेर स्कुल नजानुको कारण विज्ञान विषय पढाउने शिक्षकको कर्तुत सुनाइन् । त्यसपछि आमा छाँगाबाट खसेजस्तो भइन् । ती छात्राले आमालाई रूदै भनिन्, ‘अब म स्कुल जान्न । विज्ञान पढाउने सरले नराम्रो हर्कत गर्नुहुन्छ । सरले सुरुमा होमवर्क चेक गर्नुहुन्छ । त्यसपछि तिम्रो होमवर्क मिलेन भन्दै कक्षा कोठामा घोप्टो पार्नुहुन्छ । त्यसपछि सर्टभित्र हात लैजाने र तिघ्रा सुम्सुम्याउने जस्ता काम गर्नुहन्छ । त्यसैले म अब त्यो स्कुल जान्न, ’ ती पीडित छात्राले दिएको बयानमा उल्लेख छ ।

सम्बन्धित समाचार

संसदीय कामकारबाहीमा विभेद देखिनु हुँदैनः कानुनमन्त्री

काठमाडौं, १२ मंसिर-कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले संसदीय कामकारबाहीमा विभेद यथावत् रहेको संकेत गरेकी छन् ।  संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन...

दुई न्यायाधीशमा कोरोना

धनुषा, साउन १६–उच्च अदालत जनकपुरधामका एक न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा दुई जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ ।  ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको अदालत...

होम आइसोेसनमा संक्रमितको मृत्यु

विराटनगर, २२ असोज–कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै राखिएका विराटनगर–५ का एक पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । विराटनगर ५ का ८२ वर्षीय वृद्धको ६ः३० बजेतिर मृत्यु भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।...

दिव्य ज्योती हस्पिटलद्धारा दिप प्रज्वलन

विराटनगर । यती एयरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका मृतकप्रति श्रद्धान्जली दिन सोमबार विराटनगरमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । विराटनगर १४ मा रहेको दिव्य ज्योती हस्पिटलले विराटनगरमा दिप प्रज्वलन कार्यक्रम गरेको हो...

प्रचण्ड ओलीनिकट नेताहरुसँग संवादमा

सामान्यतः नेकपाका अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य ईश्वर पोखरेलबीच मत मिल्दैन । पोखरेलले अध्यक्ष प्रचण्डलाई चिढ्याउने सार्वजनिक अभिव्यक्ति दिनेमात्र होइन्, सचिवालय बैठकमै सहज प्रस्तुति हुदैन । अलिक कडा भाषाशैलीमा प्रस्तुत हुने पोखरेलले नै जबजको फायर खोलेका...

कोरोना संक्रमण रोकथामका लागि मुख्यमन्त्री राईलाई ध्यानाकर्षण

विराटनगर, भाद्र १२–दक्षिणी मोरङका ६ वटा स्थानीय तहका प्रमुखहरुले कोरोना भाईरसको संक्रमण रोकथामका विषयमा प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईको ध्यानाकर्षण गराएका छन् । मोरङको रत्ुवामाई,सुनवर्षी, रंगेली नगरपालिका, धनपालथान, कटहरी र जहदा गाउँपालिकाका...

विराट डेन्टल होममा मुख सम्बन्धी भरपर्दो उपचार

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको विराट डेन्टल होममा मुखसम्बन्धी सम्पूर्ण स्वास्थ्य उपचार भरपर्दो र गुणस्तरीय हुने भएको छ । गोल्डेन हस्पिटल अगाडी रहेको विराट डेन्टलमा दाँतसम्बन्धी सम्पूर्ण उपचार भरपर्दो र गुणस्तरीय हुने गरेको हो...

कर अशुल्नुनै सवैकुरा होइनः सांसद मण्डल

विराटनगर, जेठ २३–पूर्वमन्त्री तथा नेकपाका सांसद शिवकुमार मण्डलले कर अशुल्नुनै सवैकुरा नभएको बताएका छन् । सरकारले सवै प्रकारका कर तिर्न म्याद तोकेर निर्देशन जारी गरेकोप्रती लक्षित गर्दै सांसद मण्डले यस्तो बताएका हुन् । उनले बन्दाबन्दीका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्