मोरङमा दादुरा–रुबेला खोप अभियान सुरु हुँदै, २ लाख ८५ हजार बालबालिकालाई लगाउने लक्ष्य
शुक्रबार, १९ साउन, २०८०,
न्यूज विराट
विराटनगर । मोरङमा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । साउन २८ देखि ३२ गतेसम्म मोरङमा दादुरा – रुबेला खोप अभियान सुरु हुने भएको हो । स्वास्थ्य कार्यालय मोरङ शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा २ लाख ८५ हजार ८७७ जना बालवालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । मोरङमा ६ महिनादेखि ५९ महिनासम्मका ८५ हजार ६३ जना, ५ वर्ष देखि १४ वर्षसम्मका २ लाख ८ हजार १४ जना बालवालिकाहरुलाई खोप लगाउने लक्ष्य रहेको उनले बताए । १ हजार ७३ खोप केन्द्रमा २ हजार ४३४ स्वास्थ्यकर्मीले बालवालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप दिनेछन् । ‘२५० जना सम्म बालवालिकाहरुको लागि १ वटा खोप केन्द्र तोकिएको छ,’ उनले भने, ‘एउटा खोप केन्द्रमा २ जना स्वासथ्य कर्मी र २ जना स्वयंसेवक हुनेछन् । चार दिनको अभियानपछि विराटनगर महानगरपालिकामा दादुरा रुबेला खोप अभियान भदौ ११ देखि १५ गतेसम्म संचालन हुनेछ ।
सरकारको सन २०२६ सम्ममा दादुरा निवारण गर्ने लक्ष्य रहेको छ । ९५ प्रतिशत सबै क्षेत्रमा दादुरा रुबेला खोप पु¥याउन यो रोगबाट बालवालिकाहरुलाई जोगाउन सकिने उनले बताए ।
‘खोप पूर्णरुपमा सुरक्षित र प्रभावकारी रहेकाले आफ्ना सम्पूर्ण बालबालिकालाई सम्बन्धित खोप केन्द्रमा लगेर खोप लगाइदिन आग्रह गर्छु’, उनले भने, ‘यो रोग सबै उमेर समूहलाई लाग्न सक्ने भए पनि बालबालिकालाई बढी असर गर्छ । त्यसैले लक्षित उमेर समूहलाई खोप लगाउँदै छौँ ।’
मोरङ,१० जेठ । नेपाल प्रेस यूनियनको ३३ औं स्थापना दिवसको उपलक्ष्यमा आज विराटनगरमा तीन दशकभन्दा वढी कार्य गर्ने पाँच जना संचारकर्मीहरुलाई सम्मान गरिएको छ। युनियनको कोशी प्रदेश कमिटीद्वारा आयोजित उक्त कार्यक्रममा सम्मानित हुने सञ्चारकर्मीहरु गोविन्द...
काठमाडौं, ३० जेठ-भोलि संसदमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत हुनेछ । उक्त प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाय तुम्वाहाङफेले प्रस्तुत गर्ने छन् । त्यसअघि उक्त विधेयकमाथि...
जनकपुर, ७ जेठ-प्रदेश २ मा कोरोना संक्रमितको चाप बढ्न थालेपछि प्रदेश सरकारले ३ सय ५ को आइसोलेसन बेड थप्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेश स्तरीय...
काठमाडौं, ४ असार-कुवतेबाट १ सय ५० जना नेपाली काठमाडौं आइपुगेका छन् । कुवेतमा आममाफीमा सहभागी १ सय ५० नेपाली केहीबेरअघि जजिरा एअरमार्फत काठमाडौं आइपुगेका हुन् । कुवेत सरकारले दिएको आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले आफैंले...
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङको उपाध्यक्ष देशबन्धु ढकालले संघको दोस्रो अधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी पुस २८ गते हुने संघको दोस्रो अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।...
काठमाडौँ, २५ असोज-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भएको भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय...
काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौती गर्ने तयारी गरेको छ । यसको तयारी स्वरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौतीको...
विराटनगर । छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ । जलाशयमा दुलहीझैँ सिँगारिएको घाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यको अर्घ्य दिइएको छ ।स्थानीय रूपमै माटोले बनाइएको माटोको नयाँ घैलो, हाँथी, कोसिया...