गर्मी मौसममा आँखा पाक्ने रोगको प्रकोप, यस्ता छन् उपचार र रोगबाट बच्ने उपाय

 न्यूज विराट
गर्मी मौसममा आँखा पाक्ने रोगको प्रकोप, यस्ता छन् उपचार र रोगबाट बच्ने उपाय

गर्मी मौसममा आँखाको समस्या बढी देखिने हुनाले अस्पतालमा बिरामीको संख्या वृद्धि भएको पाइन्छ। प्रायःजसो बिरामीहरु आँखा रातो हुने समस्या लिएर अस्पताल आउँने गर्दछन्। आएका बिरामीहरुमा कन्जन्टेभाइटिस, आँखा चिलाउने रोग र सुख्खा आँखा जस्ता समस्या पाइने गरेको छ।

कन्जन्टेभाइटिस अर्थात् आँखा पाक्ने रोग गर्मी मौसममा बढ्ने गरेको पाइन्छ। कन्जन्टेभाइटिसमा आँखाको सबैभन्दा बाहिरी झिल्ली रातो भई सुन्निन्छ। यसमा आँखाबाट आँसु बग्ने चिप्प्रा लाग्ने परेलीको डिल सुन्निे हुन्छ। जसले गर्दा घाममा आँखा खोल्न गाह्रो हुने, आँखा दुख्ने आदि समस्या हुन्छन्। कन्जन्टेभाइटिस प्रायःजसो ब्याक्टेरिया र भाइरसको संक्रमणले गर्दा हुने गर्दछ।

ब्याक्टेरियल कन्जन्टेभाइटिस आँखा पाक्ने रोग हो। यसमा आँखा रातो भई चिप्प्राले आँखा समेत टालिने गर्दछ। ब्याक्टेरियाको संक्रमणले गर्दा हुने यो रोग प्रायः बालबालिकामा बढी देखिन्छ। यो रोग लागेमा समयमै अस्पताल गई चिकित्सकको सल्लाह बमोजिम उपचार गराउनु उचित हुन्छ। आँखा चिकित्सकको सल्लाह बिना आँफै औषधि किनी प्रयोग गर्नाले कहिलेकाहिँ आँखामा थप संक्रमण भई अन्धोपन समेत हुने गर्दछ।

भाइरल कन्जन्टेभाइटिस गर्मीयाममा बढीमात्रामा देखिन्छ। योे रोग भाइरसको संक्रमणले गर्दा हुने गर्दछ। यसबाट बालबालिकाहरु बढी प्रभावित हुन्छन्। यसमा आँखाको सबैभन्दा बाहिरी झिल्ली रातो भई सुन्निन्छ, बढी आँसु बग्ने, चिप्प्रा लाग्ने भई परेलीको डिल सुन्निन्छ। कहिलेकाहिँ आँखाको नानीमा समेत संक्रमण भई घाममा आँखा खोल्न गाह्रो हुने, आँखा दुख्ने र धमिलो देखिन्छ। यो रोग एक्कासी देखिने र एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने खालको हुन्छ। केटाकेटीमा कन्जन्टेभाइटिसको अलावा ज्वरो आउने सामान्य रुघा लाग्ने र कहिलेकाहिँ कान मुनिको ग्रन्थी सुन्निएर दुख्ने समेत गर्छ।

उपचार
कन्जन्टेभाइटिसको उपचार चिकित्सकको सल्लाह बमोजिम गराउनु पर्दछ। ब्याक्टेरीयल कन्जन्टेभाइटिसमा चिप्प्राको जाँच गरी एन्टिबायोटिक प्रयोग गर्नु उचित हुन्छ। भाइरल कन्जन्टेभाइटिसको खास उपचार हुदैन तर अन्य संक्रमणबाट जोगिन एन्टिबायोटिक प्रयोग गरिन्छ। शितल हुने औषधि तथा कालो चस्माको प्रयोगले पनि केही राहत पुग्छ।

रोगबाट बच्ने उपाय
कन्जन्टेभाइटिसको बिरामीले प्रयोग गरेको औषधि, आँसु पुछेकोे रुमाल र संसर्गबाट सर्ने हुनाले सकेसम्म बिरामीले प्रयोग गरेको बस्तु प्रयोग गर्नु हुदैन। सफा पानीले हातमुख धुनु पर्दछ। कन्जन्टेभाइटिसको भएका केटाकेटीहरुलाई स्कुल पठाउनु हुदैन ताकि अरुलाई नसरोस्। बिरामीसँग सुत्नु पनि हुँदैन।

आँखा चिलाउने रोग
गर्मी मौसममा आँखा चिलाउने रोग पनि बढी मात्रामा देखा पर्दछ। पहिला आँखा रातो दखिन्छ। मिच्दा झन् रातो बढ्न जान्छ र सामान्य तथा थोरै चिप्प्रा लाग्दछ। चिप्प्रा, यसलाई एलर्जीक कन्जन्टेभाइटिस भनिन्छ। गर्मी मौसममा धुलो धुँवा बढी हुने तथा रुखहरुमा फुल फुलेर झर्ने हुनाले पनि एलर्जींको प्रकोप बढी मात्रामा देखा पर्दछ। खासगरी छाला चिलाउने रोग र हाछ्यूँ आइरहने बिरामीलाई यसले बढी असर पार्छ।

गर्मी मौसममा स्कूले केटाकेटीहरुमा र खासगरी पुरुष वर्गमा एक प्रकारको एलर्जीक कन्जन्टेभाइटिस देखिन्छ। यो रोग लागेको बिरामीमा आँखा चिलाउने राता देखिने धागोको त्यान्द्रा जस्तो चिप्प्रा लाग्ने हुन्छ। गर्मी मौसममा धुलो, धुँवा र घामको कारणले गर्दा यो रोगले बढी असर गर्छ। अन्ततः आँखा रातो मैलो ,हेर्दा डरलाग्दो र नानीमा समेत सेतो दाग देखा पर्न थाल्छ। कहिलेकाहिँ नानीमा संक्रमण भई दृष्टीमा समेत गम्भीर असर पर्दछ।

उपचार पद्दति
सर्वप्रथम सुख्खा आँखाको समस्याबाट पिडित बिरामीहरुले आफूले काम गर्ने वातावरणमा परिवर्तन ल्याउन जरुरी छ। टेलिभिजन हेर्दा वा कम्प्युटरमा काम गर्दा केही समय आराम गर्नु तथा चिसो पानीले मुख धुनु उपयुक्त हुन्छ। मोटरसाइकलमा हिँड्नेले भाइजर लगाउनु बेश हुन्छ। साथै परेलीको तथा आँसुसित सम्बन्धित ग्रन्थीको समस्याको तथा अन्य रोगको उपचार पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। मुख्यतया सुख्खा आँखाको उपचारको लागि कृतिम आँसु प्रयोग गर्नु बाहेक अर्को विकल्प छैन। साथै आवश्यक मात्रामा पानी तथा झोल पदार्थ पिउनु पर्दछ। घाममा निस्किँदा कालो चस्मा लगाउनु पर्दछ। कतिपय अवस्थामा औषधिको अलावा माइनर अपरेशनको पनि जरुरत पर्दछ। यो समस्याको लामो समय सम्म उपचार गराउनु पर्ने हुनाले चिकित्सकको निगरानीमा उपचार गराउनु उचित हुन्छ ।

(नेत्ररोग विशेषज्ञ तथा आँखाको नानी प्रत्यारोपण विशेषज्ञ डा. अभिषेक सुवाल दिव्य ज्योती अस्पतालमा कार्यरत रहेका छन् । )

सम्बन्धित समाचार

टायर पड्कीँदा भारतीय नागरिको मृत्यु

विराटनगर, बैशाख १७–बिराटनगर–१३ मा गाडीको टायर पड्कीँदा भारत समस्तिपुरका २५ बर्षीय मो. हैदरको मृत्यु भएको छ । बिराटनगर–१३ स्थित एक घरको सटर भाडामा लिई गाडिको टायरको पम्चर बनाउने काम गर्दै आएका हैदरको चक्कामा हावा हाल्ने...

एमालेको अवरोध कायमै, प्रतिनिधिसभा बैठक १९ असोजसम्मका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १९ असोजसम्मका लागि स्थगित भएको छ । बिहीबार बसेको बैठकमा पनि एमालेले अवरोध जारी राखेको हो । बैठक सुरु हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै...

सप्तरीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुर, १३ जेठ-सप्तरीका थप १ महिलासहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित सप्तरीमा कोरोना संक्रतिमको संख्या १५ पुगेको छ । नयाँ संक्रमितमा सप्तरीको बोदे बर्साइन नगरपालिका-५ स्थित चन्द्र नमूना माध्यमिक विद्यालयको क्वारेन्टाइनमा...

प्रदेश १ का बिभिन्न ठाँउमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु, ५ जना घाईते

विराटनगर, १ असोर ।हिजो १ नम्बर प्रदेशको बिभिन्न स्थानमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । हिजो दिउसो पौने ११ बजे मोरङ बुढीगंगा गाऊपालिका ३ कोशीराजमार्गमा बा...

वीपीका पदाधिकारीहरुलाई मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, ९ भदौ–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टानका पदाधिकारीहरुसँग मंगलबार छलफल गरेका छन् । प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर...

कोरोना परीक्षणको संख्या ३३ हजार नाघ्यो

सरकारले सोमबारसम्म देशभरी साढे ३३ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड—१९) को परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाब परीक्षण (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक (आरडीटी) विधिबाट ३३ हजार ५ सय ६२...

जेटियुसीसीको सुनसरी – मोरङका औद्योगिक करिडोरमा निरीक्षण : अधिकांश प्रतिष्ठानमा कार्यान्वयन भएन न्यूनतम पारिश्रमिक

विराटनगर । सुनसरी – मोरङका औद्योगिक करिडोर भित्र रहेका उद्योग प्रतिष्ठानहरूले सरकारले तोकेको न्युनतम पारिश्रमिक र श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू नगरिएको पाइएको छ ।संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) सुनसरी – मोरङका...

सरकारको आश्वासन ‘दिवासपना’ मात्रै : विनोद चौधरी

काठमाडौं, ५ जेठ-सांसद विनोद चौधरीले सरकारको नीति तथा कार्यक्रमले लकडाउनले आहत भएका सर्वसाधरणलाई जीवनरक्षाको प्रत्याभूति दिन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसधभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै उनले कोरोनाले निम्त्याएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्