‘ड्रागन’ खेतीमा रमाउँदै भावना, बार्षिक २० लाखको आम्दानी

 न्यूज विराट
‘ड्रागन’ खेतीमा रमाउँदै भावना, बार्षिक २० लाखको आम्दानी

विराटनगर । नयाँ खेतीको रूपमा फस्टाउँदै गएको ‘ड्रागन फ्रुट’को खेती विस्तारै आम्दानीको राम्रो स्रोत बन्न थालेको छ  । ‘ड्रागन फ्रुट’ मा १३ प्रकारका पोषक तत्व हुने भएकाले पनि स्वास्थ्यका लागि लाभदायी रहेको बताइन्छ । अहिले ड्रागन फ्रुटको व्यावसायिक खेती विस्तार हुने क्रम बढेसगै यसलाई व्यावसायिक रुपमा अगाडी बढाउन थालिएको छ ।

कतिपयले यसको व्यावसायी रुपमा नै खेती गरेर मनग्ने आन्दानीको स्रोत बटुलिरहेका छन् भने कति पयले व्यक्तिगत प्रयोजनको लागी पनि घरका छतर करेसाबारीमा लगाउने गरेका छन् ।

यस्तै पुर्वी झापा मेचिनगर १० धुलाबारीकी ४० बर्षिया भावना अधिकारीको दैनिकी जिवन पनि त्यती ‘ड्रागन फ्रुट’ को खेती मै वितिरहेको हुन्छ । २०७७ साल माघमा १५ कट्ठामा लगाएको ९ सय वटा विरुवाबाट सुरु गरेको खेती अहिले झन्डै अडाई विगामा विस्तार भएको छ ।

भारतको हैदरबादबाट सिभेराईटी जातको ‘ड्रागन फ्रुट’ नेपालमा नै पहिलो पटक आफुहरुले भित्राएको भावना अधिकारीको दावी छ । अढाई विघामा लगाइएको े ‘ड्रागन फ्रुट’को खेतीमा फल फल्न झन्डै अढाई बर्ष जति लागेको प्याराडाईज एग्रो फर्मकी संचालिका भावना अधिकारीले बताउनुभयो । फर्म खेतीमा फल फलेपछि झन्डै १३ महिनादेखी व्यावसायीक रुपमा यसलाई आन्दानीको स्रोत बन्न थालेको उहाँले बताउनुभयो ।

फर्ममा अहिले राम्रो उत्पादन हुन थालेको छ, अन्य फल भन्दा फरक स्वाद र जुनसुकै विरामीले पनि खाने मिल्ने भएका कारण यसको माग बढीरहेको अधिकारीको भनाई छ ।

नेपालमा अहिले अन्य खेती जस्तै ड्राईगन फुडको खेती पनि बढीरहेको छ । भावना अधिकारीले जस्तै नेपालमा अन्य ड्राईगन खेती गर्नेहरुले यसलाई एउटा आम्दानीको स्रोत बनाउदै आएका छन् । पछिल्लो समय एकपछि अर्को कृषकहरुले ड्राईगन फुडको खेती गर्दै जानेथालेपछि यसको मुल्य पनि बर्षैपिछे घट्दै जान थालेको अधिकारीको अनुभव छ । तर यसको मुल्य जतिसुकै घटे पनि स्याउको मुल्यमा यसलाई बेच्न सके राम्रो हुने उहाँको दावी छ । फल फलेको पहिलो बर्ष १० लाख र दोस्रोपटक २० लाखको ड्राईगन फुड बेचेको अधिकारीले बताउनुभयो ।

प्याराडाईज एग्रो फर्ममा अहिले ४ देखी ६ जनाले प्रत्यक्ष रोजगार पनि पाईरहेका छन् । त्यति मात्र हैन केही दिनमा नै ड्राईगन फुडको आउट लेट राख्ने तयारी समेत भएको छ ।

सम्बन्धित समाचार

मौद्रिक नीतिमार्फत घरजग्गा र सेयरधितो कर्जामा थप कडाइ

काठमाडौं- मौद्रिक नीतिमार्फत घरजग्गा र सेयरधितो कर्जामा थप कडाई गर्ने निष्कर्षमा नेपाल राष्ट्र बैंक पुगेको छ। जसका कारण सेयर बजार र घरजग्गा व्यवसायीका लागि आजदेखि सुरु भएको आर्थिक वर्ष पनि फलदायी नहुने देखिएकाे छ। नेपाल...

सरकारद्वारा विवादित दुवै अध्यादेश फिर्ता लिने निर्णय

काठमाडौं, १२ वैशाख-सरकारले विवादित दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।वैशाख ८ गते जारी गरेको दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेको हो । सरकारले...

७२ घण्टाका लागि नेपाल–भारत सीमा नाका बन्द हुने

सिरहा, वैशाख १० । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी...

एमाले कार्यदलमा एकताको ‘सहमति’

काठमाडौैं, २५ असार । नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको आज दिनभर बसेको वैठक समझदारीमा टुंगिएको हो । आजको वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने...

प्रदेश १ मा १ सय ६६ संक्रमित थपिए

विराटनगर, ६ असोज-प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा ३, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास...

मन्त्री आलेको आपत्तिजनक हर्कत, सुन्नै नसकिने अश्लिल शब्द प्रयोग गरी मार्ने धम्की दिएको अडियो–भिडियो बाहिरियो

काठमाडौं, ३ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै निकै तल्लो स्तरमा झरेर गालिगलौजमा उत्रिनुभएको छ । उहाँले भारतमा रहेका एक नेपाली युवालाई बसेकै ठाउँबाट उठाईदिने धम्की...

कोरोना संक्रमित भेटिएपछि भक्तपुरकाे द्यौला बस्ती सिल

भक्तपुर, ७ जेठ-भक्तपुर नगरपालिका-५ भेलुखेलस्थित द्यौलाबस्तीमा आज बिहान प्रहरीले सिल गरेको छ । भेलुखेलका ४२ वर्षीय १ पुरुषलाई कोरोना परीक्षणमा पोजिटिभ देखिएपछि उनलाई मध्यराति १ बजे आइसोलेटेड एम्बुलेन्समा राखेर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर भक्तपुरका...

नाबुन विराटनगरको सामाजिक काम : बहिरा बालवालिकासँग मनाए बाल दिवस

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) महानगर कमिटि विराटनगरले सामाजिक काम गरेर ६० औं राष्ट्रिय बाल दिवस मनाएको छ । विराटनगर – ५ कोचाखालमा रहेको विराट बहिरा माध्यमिक विद्यालयका शनिबार नावुनले ‘बालबालिकामा लगानी, सुनिश्चित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्