क्रिकेटका ‘भीष्मपितामह’ नरेश श्रेष्ठको निधन

 न्यूज विराट
क्रिकेटका ‘भीष्मपितामह’ नरेश श्रेष्ठको निधन

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को सल्लाहकार नरेश श्रेष्ठको निधन भएको छ । विराटनगरका स्थायी बासिन्दा ७५ वर्षीय श्रेष्ठको शुक्रबार निधन भएको हो ।

आन्द्राको क्यान्सर, मधुमेह र उच्च रक्तचापबाट पीडित श्रेष्ठको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारक्रममा निधन भएको हो । उनी डेढ महिनादेखि उपचार्थ थिए । पत्थरी देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा आन्द्रामा क्यान्सर देखियो । शल्यक्रियाका क्रममा आन्द्रा काटेर फालिएको थियो, तर जोडिएको आन्द्राबाट ‘लिकेज’ भएपछि उनलाई चार सातादेखि भेन्टिलेटरमा राखिएको थियो ।

नरेशले आफ्नो जीवनको ४५ वर्ष क्रिकेटमै समर्पित गरे । यो यात्रामा उनलाई क्रिकेटका प्रायः सबै पण्डितहरूले पूर्वाञ्चल क्रिकेटको ‘भीष्मपितामह’ उपनाम पनि दिए । उनैको निधन भएको छ ।

उनलाई नजिकबाट चिन्ने क्रिकेटका खेलाडीहरुले ‘नरेश दाइ’ को निधनले कोशी प्रदेशमात्र नभई मुलुकको क्रिकेटले कुशल अभिभावक गुमाएको बताउँछन् । श्रेष्ठले विराटनगरमात्र नभएर तत्कालीन कोशी अञ्चललाई नै क्रिकेटबाट चिनाए ।

श्रेष्ठले विराटनगरमा क्रिकेट क्लबहरू खोल्ने अभियान सुरु गरेका थिए । सुरुमा उनले युथ क्रिकेट क्लब खोले । उक्त क्लबमार्फत वार्षिक रूपमा दर्जन बढी विभिन्न प्रतियोगिता आयोजना गरेर क्रिकेटको विकासमा योगदान गरिरहे । श्रेष्ठको परिवार नै क्रिकेटप्रति समर्पित रहेका छन् । उनका दुई छोरा युनिल र मञ्जित दुवैले राष्ट्रिय टोलीबाट खेले ।

उनकै पहलमा विराटनगरमा बरगाछी क्रिकेट क्लब, गुराँस पुस्तकालय, वीपी कोइराला इन्डो–नेपाल क्रिकेट फाउन्डेशन र पछिल्लो पटक पूर्वाञ्चल क्रिकेट एकेडेमीको जन्म भएको करिब चार दशक श्रेष्ठसँग सहयात्रा गरेका शिरीष उपाध्याय सुनाउँछन् ।

तत्कालीन पूर्वाञ्चल क्रिकेट विकास समितिका अध्यक्ष, उपाध्यक्ष रहेका उनी क्यानको सदस्यदेखि उपाध्यक्ष हुँदै वर्तमान कार्यसमितिमा सल्लाहकार थिए । २०६३ सालमा क्यानबाट हटाइएका उनी गत वर्ष पुनः सदस्यको रूपमा प्रवेश गरेका थिए ।

क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे नेपाली क्रिकेटमा नरेश श्रेष्ठको योगदान अतुलनीय रहेको बताउँछन् । ‘उनी अम्पायरिङबाट घरेलु क्रिकेटमा आए, राष्ट्रिय प्रतियोगितामा पनि अम्पायरिङ गरे,’ पाण्डेले विगत सुनाए, ‘४० को दशकमा उनी क्यानमा आए, धेरै वर्ष संघमा कार्यकारी सदस्य रहेर क्रिकेट विकासमा तल्लीन रहे । छोराहरूलाई क्रिकेटमा लगाउनु उनको सबैभन्दा ठूलो योगदान हो जस्तो मलाई लाग्छ ।’

सम्बन्धित समाचार

प्रदेश १ मा ५५५ संक्रमणमुक्त, ४७८ संक्रमित थपिए

विराटनगर १७ असार । प्रदेश १ मा आज ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ...

पुरी परिवारद्धारा सरस्वती स्कुलमा खाजा घर

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँस्थित सरस्वती आधरभूत विद्यालय परिसर भित्र निमार्ण सम्पन्न भएको खाजा घरको उद्घाटन गरिएको छ । कानेपोखरी ६ का ढाका बहादुर पुरीले स्वर्गीय छोरी पुर्व विद्यार्थी संगीता पुरी र...

निर्माण व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सकियो

विराटनगर । नेपाल निर्माण व्यवसायी संघ मोरङले आयोजना गरेको दुई दिने निर्माण व्यवस्थापन सम्बन्धि दुई दिने तालिम समापन भएको छ । संघको सभाहलमा सोमबार उक्त तालिम सम्पन्न भएको हो ।दुई दिनसम्म संचालन भएको तालिममा मोरङ...

विराटनगर, ३० भदौ । विराटनगरमा बुधबार ६३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ३ हजार ४३ जना पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म १० हजार ९ सय ७६ जना कोरोना संक्रमण मुक्त भएका छन् । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १७४ पुगेको महानगरपालिकाले जनाएको छ । कुन वडामा कति संक्रमित ? –विराटनगर १ मा ५ जना –विराटनगर २ मा ६ जना –विराटनगर ३ मा १२ जना –विराटनगर ४ मा ३ जना –विराटनगर ५ मा ८ जना –विराटनगर ६ मा ७ जना –विराटनगर ७ मा ४ जना –विराटनगर ८ मा ६ जना –विराटनगर ९ मा ० जना –विराटनगर १० मा २ जना –विराटनगर ११ मा ३ जना –विराटनगर १२ मा ० जना –विराटनगर १३ मा १ जना –विराटनगर १४ मा १ जना –विराटनगर १५ मा १ जना –विराटनगर १६ मा ० जना –विराटनगर १७ मा ० जना –विराटनगर १८ मा ० जना –विराटनगर १९ मा ० जना र वडा नखुलेका तीन जनामा संक्रमण देखिएको जनाइएको छ ।

विराटनगर, ३० भदौ । विराटनगरमा बुधबार ६३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ३ हजार ४३ जना पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म १० हजार ९ सय ७६ जना...

प्याब्सन विराट कप, डनबस्को र अर्पण स्कुल सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा दुई वटा स्कुल सेमिफाइनलमा पुगेका छन् । प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न भएको क्वाटरफाइनल खेलमा डनबस्को र अर्पण स्कुल सेमिफाइनलमा...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, १६ असार-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेकाे हाे । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन...

रोटरी क्लबको साक्षरता अभियान

विराटनगर । सामाजिक कार्यमा सक्रिय रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले साक्षरता अभियान सुरु गरेको छ । महिला एवम् युवतीहरुका लागि क्लबले साक्षरता अभियान सञ्चालन गरेको हो । क्लबले सेप्टेम्बर महिनाभरी आधारभूत शिक्षा र साक्षरता...

अब सामाजिक सुरक्षा कोषमा विदेशिएका नेपाली पनि समेटिने

काठमाडौं, २ जेठ-वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकको पनि अब योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराइने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारीले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विदेश गएर कमाइ गर्ने व्यक्तिहरूलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्