विराटनगर । सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड अनुसार फार्मेशीको दरबन्दी अविलम्व सृजना गरिनुपर्ने नेपाल फर्मास्युटिकल एसोसिएशन नेपाल (एनपीए) ले माग राखेको छ । एनपीएले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ पूर्ण रुपमा लागू गरिनुपर्ने तथा मन्त्रालयले कार्यान्यनको अवस्थामा पनि अनुगमन गरिनुपर्ने माग राखेको हो ।
उक्त माग राख्दै एनपीएले स्वास्थ्य तथा जनसंख्या मन्त्री महोन बहादुर बस्नेतलाई ज्ञापन पत्र पनि बुझाएको छ । औषधि सम्बन्धि सेवा हुने आधारभूत स्वास्थ्य सेवा केन्द्रमा फार्मेसी जनशक्तिको उचित दरबन्दी सृजना गरिनुपर्ने माग राख्दै मन्त्रालयको ध्यानाकर्षण गराएको एनपीएका महासचिब संजीव शर्मा कट्टेलले जानकारी दिए । सरकारले सात वटै प्रदेशमा प्रादेशिक राष्ट्रिय औषधी प्रयोगशाला स्थापना गरिनुपर्ने बताए । अहिले काठमाण्डौंमा मात्र प्रयोगशाला रहेको छ । ‘औषधीको परीक्षण गर्न अहिले प्रदेशले काठमाण्डौमा पढाउनुपर्ने बाध्यता रहेको छ,’ एनपीएका महासचिब कट्टेटलले भने, ‘सातै प्रदेशमा प्रादेशिक राष्ट्रिय औषधी प्रयोगशाला स्थापना भए औषधीको अनुचित प्रयोग रोकिने र विरामीले गुणस्तरीय औषधीको सेवन गर्न पाउने थिए ।’
एनपीएले गाउँपालिकामा फार्मेसी सुपरभाइजर, नगरपालिकामा फार्मेसी अफिसर रहने गरी संरचना निमार्ण गरि राज्यले दरबन्दी सृजना गरिनुपर्ने महासचिब कट्टेलले बताए ।
औषधिजन्य सामग्रीमा स्वास्थ्यको करिब ४० प्रतिशत बजेट खर्च हुने गरेको छ । ‘तर सोको गुणस्तर यकिन तथा उचित छनोट, प्रयोग, भण्डारण बितरण आदिमा दक्ष जनशक्ति उपयोग नगर्दा बर्षेनी औषधि गुणस्तरहिन भई आर्थिक श्रोत खेर जाने तथा जनताले पनि उचित सेवा प्राप्त नगर्ने अवस्था रहेको व्यहोरा अवगत गराउंदछौं,’ एनपीएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
हजारौंको तादातमा उत्पादन भैरहेको फार्मेसी जनशक्तिलाई उचित दरबन्दी सृजना नगरी उपयोगविहीन राखेको महासचिब कट्टेलले बताए । ‘अन्य जनशक्तिलाई औषधि सम्बन्धि अनधिकृत कार्य गर्न दिने सिलसिला रहेको हालको अवस्थामा स्वास्थ्य संस्थाहरु सम्बन्धि कार्य गर्न यस एसोसिएसन जोडदार माग गर्दछ,’ पत्रमा उल्लेख छ ।
बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको...
काठमाडौं, २६ वैशाख-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाएर यातायातका निमित्त खोलिएको घटनाको विरोध गरेका छन् । ‘लिम्पियाधुरा/लिपुलेक नेपाली भूमि हो...
विराटनगर । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ को उद्घाटन गर्नु भएको छ। आज विराटनगर स्थित शहिद रंगशालाको मैदानमा सभामुख विष्टले फागुन १३ देखि १८ गते सम्म संचालन हुने...
विराटनगर, ८ भदौ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिलाहरुलाई छाता वितरण गरेको छ । एक कार्यक्रमकाबिच डाउनटाउनले सडक छेउमा तरकारी बिक्रि गरेर जिविकोपार्जन गर्दै आएका १५ जना महिलाहरुलाई रोटरी प्रतीक र क्लबको नाम छापिएको...
विराटनगर । दसैं, तिहार, छठलगायतका चाडपर्व नजिकिएसँगै सार्वजनिक सवारीसाधनमाथि निगरानी बढाउने उद्देश्यले मोरङको ६ ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । चाडपर्वलाई लक्षित गरेर मोरङको विराटनगर बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक र रंगेली समेतमा...
काठमाडौं, ३ जेठ-नेपाली सेनाले चीनबाट १० ट्रक स्वास्थ्य सामान ल्याएको छ । तातोपानी नाकाबाट १० ट्रक सामान लिएर शनिबार काठमाडौंतर्फ हिँडेको भन्सार विभागले जनाएको छ । सेनाले डिस्पोजेबल गाउन र पीपीई रहेका छन् । भन्सार...
विराटनगर, २१ असार । विभिन्न सामाजिक काममा अग्रसर विराटनगरको सामाजिक संस्था परिवर्तनका लागि हातेमालो अभियानले सञ्चालन गरेको निशुल्क खाना अभियान सकिएको छ । विराटनगरस्थित कोशी अस्पताल परिसरमा कोरोना माहामारीका कारण समस्यामा परेका विरामी र विरामीका...
काठमाडौं, १३ असार-कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको सानो झुण्ड भित्रिएको अनुमान गरेको छ । नेपालमा मनसुन सुरू भइसकेको सन्दर्भमा यस कीराको प्रवेश हुने सम्भावना न्यून रहेको आँकलन...