विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेज प्रेस्टिजियस प्लस टु अवार्ड आउट अफभ्याली सम्मानद्वारा सम्मानित भएको छ । आइतबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा कलेजलाई सम्मानगरिएको हो ।
शिक्षादीप कलेजले काठमाण्डौ भ्यालीबाहिरबाट पहिलो पटक नेपाल प्रथम र तृतीय भई कीर्तिमानी कायम गरेको थियो । भ्यालीबाहिर सबैभन्दा धेरै विद्यार्र्थी भर्ना हुने मध्येको एक कलेजको रुपमा शिक्षादीप दरिएको छ । साथै यस कलेजको भौतिक पूर्वाधार, अनुशासन, पठनपाठन, कक्षा ११ र १२ को नतिजा, चिकित्सा शिक्षा र इन्जिनियरिङको प्रवेश परीक्षामा नाम निकाल्ने विद्यार्थीहरुको संख्या तथा विगत पाँच वर्षदेखिको विद्यार्थी भर्नादर र कोशी प्रदेशकै सबैभन्दा धेरै विद्यार्थीहरुको रोजाइ भएको आदिका आधारमा शिक्षादीपलाई उत्कृष्ट कलेजको रुपमा छनौट गरिएको आयोजकले जनाएको छ ।
सो सम्मान कार्यक्रममा बोल्दै सभामुख देवराज घिमिरेले शिक्षा क्षेत्रमा निजि क्षेत्रको ठूलो योगदान रहेको बताए । त्यसैगरी मुख्य सचिव डाक्टर वैकुण्ठ अर्यालले विदेश जाने विद्यार्थीको लर्कोलाई रोक्नसक्ने स्वरोजगारमुखी शिक्षा आवश्यक रहेको बताए । नेपाली काँग्रसकी सहमहामन्त्री डाक्टर डिना उपाध्याय, राष्ट्रिय परीक्षा वोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्मालगायतले शिक्षा विकासमा निजी क्षेत्रको भूमिकाको विषयमा चर्चा गरे ।
विराटनगर । विराटनगरको एयरपोर्ट मोडमा रहेको ह्यासट्याग फुड एन्ड वारमा प्रेम दिवसमा विशेष कार्यक्रम हुने भएको छ ।विगत ४ वर्षदेखि प्रेम दिवसमा ह्यासट्यागले विशेष सांगीतिक कार्यक्रम गर्दै आएको छ । यो वर्ष पनि रिन्तरा दिएको...
काठमाडौं । नेपालमा पनि विद्युतीय मुद्रा (डिजिटल करेन्सी) प्रचलनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सी प्रयोगमा ल्याउन मुद्रा व्यवस्थापन विभागका अनुज दाहालको संयोजनमा अध्ययन समिति गठन गरेको थियो । समितिले अध्ययन सकेर...
काठमाडौं, २२ असार-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ । सत्तारूढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरूसँग बाक्लिएको भेटघाटको सन्दर्भमा कांग्रेसले कुनै पनि हालतमा अहिले सरकारमा...
जनकपुर, ५ साउन-पर्साको पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको विवादले सेवा प्रवाह प्रभावित भएको छ । भनाभनदेखि कार्यालय तालाबन्दीसम्मको लफडाको घाटा गाउँपालिकावासी बेहोर्नुपरेको हो । गाउँपालिका उपाध्यक्ष कुश्मी देवीको नेतृत्वमा स्थानीयले आइतबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका...
काठमाडौं, जेठ ८ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई स्वागत गरेको छ। जसपाको ठाकुर महतोनिकट नेता सर्वेन्द्र नाथ शुक्लाले आफ्नो पार्टी...
विराटनगर । मन्जिना मुभिज क्रीयसनको आयोजनामा शिक्षाका लागि संगीत कार्यक्रम सुरु भएको छ । हरेक बर्ष आयोजना गरिने लक्ष्यका साथ उक्त कार्यक्रम सुरु भएको हो । विराटनगरको सरस्वती माविमा शुक्रबार संगीतिक कार्यक्रम आयोजना गरी यो...
विराटनगर । असुरक्षित गर्भपतन गराउने क्रमम झापाको एक जना महिलाको मृत्यु भएको छ । औषधि पसलले गर्भपतन गराउनका लागि दिएको औषधि सेवन गर्दा दमक नगरपालिका–४ की ४० वर्षीया कल्पना राईको मृत्यु भएको हो । मोरङको...
काठमाडौं, ३ साउन-आज पनि देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाले जनाएको छ । महाशाखाका अनुसार शनिबार देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...