मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, पाँच जनाको मृत्यु

 न्यूज विराट
मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, पाँच जनाको मृत्यु

विराटनगर । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुदूधकुण्ड गाउँपालिकाको लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड गाउँपालिका वडा नम्बर २ को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनास्थलमा ५ जनाको शव फेला परेको कोशी प्रदेशका डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए । दुर्घटनास्थलमा रहेका बेनी प्रहरी चौकीका असई निराजन बस्नेत रहेका छन् । सोलुखुम्बुको सुर्केबाट एन एमभी कलसाइन रहेको हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार ९ बजेर ५२ मिनेटमा सुर्कीबाट उडेको हेलिकप्टरमा चालक चेतबहादुर गुरुङसहित ५ जना विदेशी यात्रु थिए ।

लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको उक्त हेलिकप्टर सुर्केमै अवतरण गरिएको थियो । यात्रुहरूलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको थियो ।

हेलिकप्टर लामाजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर सागर कँडेलले बताए ।

सम्बन्धित समाचार

विराटनगरमा ढाका महोत्सव सुरु, १४ जिल्लाका ३० स्टल

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा विराटनगरमा तीन दिने ढाका कपडा महोत्सव बिहीबारदेखि सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित यस महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरे ।...

युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्युः राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १ सय ५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएको छ । युद्धमा मृत्यु हुनेको...

मोरङका थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर, २२ भदौ–कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप २ जनाको मृत्यु भएको छ । एक जनाको आइतबार र एक जनाको सोमबार विहान मृत्यु भएको हो । विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–१० का...

सप्तकोशीको पुलमा गाडी छोडेर हिडेका डाक्टर प्रज्वल कोइरालाको अवस्था अझै अज्ञात

विराटनगर । हराएको तीन दिन भइसक्दा पनि सप्तकोशी नदीको फुलछेउमा गाडी छोडेर बेपत्ता भएका झापाको दमक नगरपालिका १ घर भएका ३८ वर्षीया सर्जन डाक्टर प्रज्वल कोइरालको अवस्था अझै अज्ञात रहेको छ । गएको सोमबार बिहानदेखि...

त्रिविअन्तर्गतका क्याम्पसमा शुक्रबारदेखि भौतिक उपस्थितिमा पढाइ

काठमाडौं, १ असोज । शुक्रबारदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्बन्धनप्राप्त सबै क्याम्पसहरूमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ । कोरोना महामारीको जोखिमबाट बच्न विशेष सतर्कता अपनाई भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिइएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख...

विराटनगर देवकोटा चोकको रोयल मिल्कमा कुहिएको मासु, १० किलो नष्ट

विराटनगर । विराटनगरको देवकोटा चोकस्थित रोयल मल्कि मिट सेन्टरमा कुहेको खसीको मासु भेटिएको छ ।विराटनगर महानगरपालिकाले आइतबार गरेको अनुगमनको क्रममा रोयल मिल्क मिट सेन्टरमा कुहिएको मासु भेटिएको हो ।खसीको कुहिएको मासु १० किलो भेटिएपछि नष्ट...

ठूलो दुर्घटनाबाट जोगियो नेपाल एयरलाइन्स

कोरोना संक्रमित आशंकामा संकलन गरिएका नमुना लिन पुगेको नेपाल एयरलाइन्सको विमान नेपालगन्जको राँझा विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । अवतरणका क्रममा विमान रनवेमा चिप्लिएको छ । रनवेमा चिप्लिए पनि ठूलो क्षति नभएको नागरिक उड्यन...

नेकपा स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडाैं, २२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः स्थगित भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही २४ असार (बुधबार)सम्मका लागि स्थगित भएकाे छ। नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार यसअघि यही...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्