कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू, प्रत्येक व्यक्ति सचेत भए मात्र दुर्घटना न्यूनिकरण
मङ्गलबार, १९ असार, २०८०,
न्यूज विराट
विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू भएको छ । १४ जिल्ला रहेको कोशी प्रदेशमा मंगलबार एक समारोहको बिच ट्राफिक सप्ताह सुरू भएको हो ।
उक्त सप्ताहको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरे । सप्ताहको उदघाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रत्येक व्यक्ति सचेत भए मात्र सवारी दुर्घटना न्यूनिकरण हुने भएकाले यस्ता अभियानलाई निरन्तार दिनुपर्ने बताए । सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु चढाउनाले दुर्घटना बढिरहेको उनले बताए । यसलाई नियन्त्रण गर्न यातायात व्यवसायीले पनि सचेत हुनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा कोशी प्रदेशका डिआइजी राजेशनाथ बास्तोलाले प्रदेशमा सवारी दुर्घटना भयावह बन्दै गएको बताए । सडकको अवस्था, भौगोलिक कारण, सवारीसाधनको अवस्था, ट्राफिक नियमको उल्लङ्घनलगायत कारणले दुर्घटना भयावह बन्दै गएको उनले बताए । भयावह अवस्थामा रहेको दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु गरिएको उनले बताए ।
प्रदेशमा आर्थिक बर्ष २०७५÷७६ मा ३७३ जनाले सवारी दर्घुटनामा परेर ज्यान गुमाएका छन् । २०७६÷७७ मा ३३२ जना २०७७÷७८ मा ४४४ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी श्याम कुमार महतोले जानकारी दिए । गत वर्षमात्रै यस प्रदेशमा ३ हजार ८२० दुर्घटनामापरी ५३१ जनाको र्मत्यु भएको उनले बताए । जसमा १ हजार १ सय १४ जना गम्भीर घाइेत र ५ हजार ३३५ जना समान्य भाइते भएका छन् । उनका अनुसार वर्षेनी ८० प्रतिशत दुर्घटना वृद्धि भएको उनले बताए । अधिकांश सवारी दुर्घटनाहरुमा मानवीय क्रुटि प्रमुख कारणको रुपमा रहेको उनले बताए । चालक र सडक प्रयोगकर्ताहरुले ट्राफिक नियमको पूर्ण पालना गरेको खण्डमा दुर्घटनामा न्यूनीकरण हुने उनले बताए । ‘दुर्घटनाको मानवीय कारणहरुको विश्लेषण गर्दा ५३ प्रतिशत दुर्घटना तीव ग्रतिका कारण देखिएको छ । १६ प्रतिशत दुर्घटना चालकको लापरबाही, १० प्रतिशत दुर्घटना चालकले मादक पदार्थको सेवन गरी सवारी चलाउँ र ७ प्रतिशत दुर्घटना चालक अनुमति पत्र नलिएर दुर्घटना भएको देखिएको छ,’ उनले भने, ‘१२ प्रतिशत दुर्घटना सडक प्रयोगकर्ताहरुले असावधानीपूर्वक सडक प्रयोग गरेको कारणले दुर्घटना भएको देखिएको छ । ’ यसरी भएको दुर्घटनालार्य नजिकबाट नियाल्दा ५७ प्रतिशत दुर्घटनामा मोटरसाइकल, १६ प्रतिशत दुर्घटना सिटी, इ रिक्सा तथा टेम्पो र ११ प्रतिशत दुर्घटनामा साना सवारी साधानहरुको संलग्नता रहेको एसपी महत्तोले जानकारी गराए । ‘सवारी साधनका चालकहरु र सडक प्रयोगकर्ताले ट्राफिक नियमकोपालना नगर्नु कानुनत : दण्डनीय कसुर हो भनि आत्मसात गरी ट्राफिक नियमको पालनामा पूर्ण प्रतिवद्धता हुन सकेको खण्डमा मात्र दुर्घटना न्यूनिकरणतर्फ आशतीत सफलता प्राप्त गर्न सकिन्छ,’ उनले भने ।
सप्ताहको पहिलो दिन विराटनगर बसपार्कबाट सचेतनामूलक ¥याली निकालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको स्थानीय संयोजत्नमा भएको निक्लिएको ¥याली महेन्द्र चोक हुदै सिटी प्यालेसमा पुगेर भव्य कार्यक्रम भएको थियो ।
ट्राफिक सप्ताह अन्र्तगत दोस्रो दिन पेटी तथा जेब्राक्रसबाट हिँड्न सिकाउने, सवारीसाधनको गतिकम गर्न प्रेरित गर्ने तथा जेब्राक्रसमा पैदल यात्रीलाई प्राथमिकता दिने, तेस्रो दिन पार्किङ एवं सडक, पेटी व्यवस्थित गर्दै ट्राफिक सचेतनासम्बन्धी पर्चा र पम्प्लेट वितरण गरिने कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए ।
तेस्रो दिन स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा ट्राफिक संकल बोर्डहरु राख्ने, सडकमा राखिएका निमार्ण सामाग्रीहरु हटाउने र सडकमा भएका खाल्डा खुल्डीहरुलाई सरोकारवाला नियकाहरु सँग समन्य गरी ममर्तन गर्न लागउने कार्यक्रम रहेको छ । यस्तै चौथो दिन विराटनगर बसपार्कमा सवारी चालकहरुलाई सचेता कार्यक्रम र पाँचौ दिन सचेता, छैटौ दिन चालकको स्वास्थ्य जाँच र सवारीको यान्त्रिक चेकजाच र अन्तिम दिन अन्र्तक्रिया कार्यक्रम गर्दै समापन गरिने ट्राफिक प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भागवण्डामा भाग लिने प्रतिपक्षी गठबन्धनसँग सरकारको विरोध गर्ने नैतिक अधिकार नभएको बताएका छन् । मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे आज आफ्ना विचार सार्वजनिक गर्दै उनले सत्ताका लागि भागवण्डाको खेलमा...
जनकपुर, ३० चैत-लकडाउनका बेला भरुवा बन्दुकसहित दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आइतबार धनुषाको मिथिला नगरपालिकाबाट भरुवा बन्दुकसहित मिथिला नगरपालिका-४ पुष्पलपुरका २६ वर्षीय सरोजकुमार महतो र ४४ वर्षीय राजकुमार लामालाई पक्राउ गरेकाे...
ताप्लेजुङ, १ कात्तिक-कोरोना सङ्क्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङ्गोलाका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका छन् । चीनमा सङ्क्रमण फैलिएदेखि नै ओलाङ्चुङगोलास्थित टिपताला नाका बन्द भई निर्यात हुन नसक्दा यहाँका बासिन्दाले बुनेका...
काठमाडौं, २७ जेठ-नेपाल पत्रकार महासंघले गरेको एक अध्ययनले लकडाउन अवधिमा अधिकांश सञ्चारगृहका पत्रकारले विनातलव काम गरिरहेको देखाएको छ । ‘प्रमुख रूपमा नियमित तलब नपाउने समस्या देखिएको छ । केही सञ्चारमाध्यमहरूले लकडाउनभन्दा अघिकै समयदेखिको नियमित तलब...
काठमाडौं, चैत २–गृह मन्त्रालयले २६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । ३० फागुनको मन्त्रीस्तरीय निर्णयबाट ती सीडीओहरू सरुवा भएका हुन् । CDO_Details
निषेधाज्ञा लागू गर्ने सरकारको निर्णय आएसँगै अहिले ग्यास डिलरहरूमा उपभोक्ताको भीड लाग्न थालेको छ । यसअघि शुक्रबार नै एलपी ग्यास उद्योग संघले खाली सिलिण्डर भर्न भनेपछि व्यवसायीहरू स्टकमा राख्न हतारिएका हुन् । ग्यास बिक्रेता भने एक महिनाका...
काठमाडौं, ३ असार-भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गरेका हुन् । भारत र चीनबीचको सीमामा भएको विवाद र...
काठमाडौं, ११ वैशाख-सम्भावित कोरोना भाइरस संक्रमणको आशंकामा बिहीबारसम्म ४३ हजार बढीको परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ४३ हजार ७ सय २२ जनाको परीक्षण गरिएको जानकारी दिइएको हो । यी परीक्षण पीसीआर...