दिव्य ज्योती अस्पतालमा ६ महिनामा २५ जनाको आँखाको नानीको सफल प्रत्यारोपण (भिडिओ)

 न्यूज विराट
दिव्य ज्योती अस्पतालमा ६ महिनामा २५ जनाको आँखाको नानीको सफल प्रत्यारोपण (भिडिओ)

विराटनगर । विराटनगर १४ मलाय रोडमा रहेको दिव्य ज्योती अस्पतालमा हालसम्म २५ जनाको आँखामा नानी प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । ६ महिनाको अवधिमा नेपाल आँखा बैकबाट आँखाको नानी ल्याएर सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।
१५ देखि ७५ वर्ष उमेरसम्मका व्यक्तिको आँखाको नानी प्रत्यारोपण गरिएको अस्पतालका निर्देशक देवा यादवले जानकारी दिए ।
आइतबार मात्र भारतको मालदह घर भएका १८ वर्षीया आबु कमलको दाया आँखाको सफल प्रत्यारोपण गरिएको छ । आँखाको नानी ल्याएर आबुको सफलतापूर्वक प्रत्यारोपण अस्पतालका आँखाको नानी प्रत्यारोपण विशेषज्ञ डा. अभिषेक सुवालको टिमले गरेको छ । १० महिना अगाडी आबुको आँखाको अल्सर भएर दाया आँखा नदेख्ने भएका थिए । उनी भारत र नेपालको धेरै आँखा अस्पतालमा गए । उनलाई आँखा निकाल्नुपर्ने सुझाब दिएका थिए । जव उनी दिव्य ज्योती अस्पतालमा डाक्टर सुवाललाई भेटे आँखाको नानी प्रत्यारोपण सफल गरेर गुमेको आँखा अहिले देख्न सक्ने भएका छन् । आँखाको नानी सफल प्रत्यारोपण भएपछि उनको सोमबार हस्पिटलले डिस्चार्ज दिएको छ ।

आँखाको नानी प्रत्यारोपण गराएपछि उनको जीवन उज्यालो भएको छ । अहिले आँखाको प्रत्यारोपण गराएपछि आँखा देख्न सक्ने भएको उनले सुनाए । आँखाको प्रत्यारोपणपछि मैले नयाँ जुनी नै पाए जस्तो भएको उनले बताए । १८ वर्षको उमेरदेखि नै ज्योति कमजोर हुँदै गएपछि उनलाई दैनिक काम गर्न समेत निकै अप्ठ्यारो हुने गरेको थियो ।
‘आँखा कमजोर हुँदै गयो । चस्मा लगाए भएन, कन्ट्याक्ट लेन्स पनि हालेँ त्यसले पनि भएन, उनले भने, ‘अस्पताल गएर जचाउँदा आँखाको नानीका कारण समस्या भएको पत्तो लाग्यो । डाक्टरको सल्लाहमा नानी प्रत्यारोपण गरे । अहिले सहज भएको छ ।’

अस्पतालका अनुसार आँखाको प्रकृतिअनुसार १० हजारदेखि ११ हजारसम्म शुल्क लिएर आँखाको नानी प्रत्यारोपण हुँदै आएको छ । अस्पतालमा आँखाको नानी राख्ने बैंक नभएका कारण काठमाडौंबाट नानी ल्याउनुपर्ने बाध्यता छ ।

अस्पतालले आँखाको नानी संकलन मात्रैं गर्दै आएको छ । अप्टिसोल मिडिया र कर्निसोल मिलिया नामक रसायनमा आँखाको कोर्नियालाई सुरक्षित राख्न प्रयोग गरिन्छ ।

अहिले नानी संकलन गरेलगतै नेपाल आँखा बैंकमा पठाइन्छ । आँखाको नानीमा चोटपटक लागेर, दाग देखिएर, फुलो परेर र दृष्टि गुमेको अवस्थामा त्यस्ता व्यक्तिमा आँखाको नानी प्रत्यारोपण गर्न सकिन्छ ।

कुनै व्यक्तिको मृत्यु भएको ६÷७ घण्टा भित्र आँखाको नानी निकाल्न सके उत्तम हुने चिकित्सकहरु बताउँछन् । तर, १२ घण्टासम्म पनि नानी निकाल्न सकिन्छ । नानी निकालेको एक हप्ताभित्र प्रत्यारोपण गरिसक्नु चिकित्सक डाक्टर सुवालले बताए ।
‘आँखा दान भन्ने बित्तिकै धेरैले पूरा आँखाको डल्लो नै फेर्ने भन्ने बुझ्छन, अस्पतालका आँखाको नानी प्रत्यारोपण विशेषज्ञ डा. सुवालले भने, ‘ पारदर्शी हुनुपर्नेमा आँखाको नानी त्यसमा कुनै कारणवश दाग भएर अथवा फुलो पर्न गएको खण्डमा आँखा देख्न सकिदैन । त्यस्तो आँखाको नानी प्रत्यारोपणलाई नै आँखा दान भनिन्छ ।’

सम्बन्धित समाचार

विराटनगरमा मानव सेवा आश्रमले ‘आमा सेमिनार’ गर्ने

विराटनगर । मानव सेवा आश्रमले विराटनगरमा आमा सेमिनार गर्ने भएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार आमा सेमिनार आयोजना गर्ने आज पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । दिउँसो २ बजेदेखि ४ बजेसम्म आयोजना हुने...

झलनाथ, रावल र गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने हैसियत राख्दैनन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झलनाथ खनाल, भीम रावल र देव गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने नैतिक हैसियत नराख्ने टिप्पणी गरेका छन् । विगतमा खनाल, रावल र गुरुङ नै सांसद रहेको पार्टी नेकपा नेतृत्वको...

राष्ट्रपतिको विज्ञप्ति लगत्तै मन्त्रिपरिषदको आकस्मिक बैठक, संसद विघटन हुन सक्ने

काठमाडौं, ७ जेठ । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बस्दैछ । केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । साँझ ७ बजे बोलाइएको बैठक स्थगित भएको केही घण्टा नबित्दै राति मन्त्रिपरिषद बैठक बस्न...

कोरोना संक्रमितको संख्या ३४ लाख नाघ्यो

एजेन्सी, बैशाख २०-विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३४ लाख नाघेको छ । २४ घण्टामा साढे ९४ हजार थपिएसँगै कुल संक्रमितको संख्या ३४ लाख नाघेको हो । कोरोना संक्रमितबाट सबैभन्दा...

झापामा हालसम्म ५८ कोरोना संक्रमितको मृत्यु

झापा, २१ कात्तिक-झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय संक्रमितको संख्या ८ सय ९३ रहेको जनाएको छ । कार्यालयको तथ्यांकअनुसार ३० हजार ४ सय ४१ जनाको स्वाब संकलन...

विराटनगरका रंगपत्रकार प्रेम देवान सम्मानित

विराटनगर । सुनसरी ईटहरीमा रहेको कोशी भिजन फिल्मस प्रालीले विगत लामो समयदेखी कला र मनोरञ्जन क्षेत्रमा कलम चलाउदै आएका पत्रकार एवंम चलचित्र पत्रकार संघ नेपाल मोरङका अध्यक्ष रहेका प्रेम देवान (लुङवा ) लाई सम्मान गरेको...

सुदूरपश्चिममा १८ जना कोरोना संक्रमित थपिए

धनगढी, १९ जेठ-सुदूरपश्चिममा १८ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १८ जनामा काेराेना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेले बताए । संक्रमितबारे थप विवरण आउन...

म्यादी प्रहरीको फेरी भर्ना खुल्दै, स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता

काठमाडौं, २६ साउन । मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्