औषधी व्यवसायीद्धारा ट्राफिक प्रहरीलाई ‘लापसे’ किट वितरण (भिडियोसहित)
बिहिबार, ०७ असार, २०८०,
न्यूज विराट
विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
संघको स्थापना दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम अन्र्तगत नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले बिहीबार लागुऔषध पदार्थ सेवन (लापसे) गरे नगरेको परीक्षण गर्ने किटसहित स्वास्थ्य सामाग्री ट्राफिक प्रहरीलाई वितरण गरेको हो ।
संघका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष देशबन्धु ढकालले किट र स्वास्थ्य सामाग्री मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुनिल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । लापसे किट नभएको कारणले ट्राफिक प्रहरीलाई परीक्षणमा समस्या भएको थियो । लापसे गरेर सवारी चलाएको ब्रेथलाइजर मेसिनले पत्ता लाग्दैन । मादक पदार्थ सेवन (मापसे) गरेको मात्र ब्रेथलाइजर मेसिनले पत्ता लगाउने गर्दछ ।
लापसेको पत्ता नलाग्दा ट्राफिक प्रहरीलाई समस्या हुने गरेको थियो । अब लापसे सेवन गरे नगरेको परीक्षण गर्ने किट आएकोले ट्राफिक प्रहरीले लापसे अभियान सुरू गर्ने मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए । लापसे सेवन गरेर सवारी चलाएको पाइए कारवाहीको दायरामा ल्याउन किटले सहयोग पु¥याउने उनले बताए । केही दिन भित्रमा लापसे अभियान पनि सुरु हुने ट्राफिक प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।
संघको सप्ताहव्यापी कार्यक्रम बुधबारबाट सुरू भएको हो । पहिलो दिन विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण गरेको थियो । शुक्रबार विराटनगरको हस्पिटल चोकमा रक्तदान कार्यक्रममा रहेको संघका उपाध्यक्ष देशबन्धु ढकालले जानकारी दिए । संघले असार ५ गतदेखि १० गतेसम्म हप्ताभरी विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाउने भएको छ । संघको स्थापना दिवस असार १० गते पर्दछ ।
विराटनगर, फागुन २८–अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासँग फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी बुधबार सार्वजानिक गरेको छ । गत फागुन २३ गते घरबाट निस्किएका बुढिगंगा गाउँपालिका–३ का २४ बर्षीय मुकेश...
काठमाडौं, असार १२ । एमाले महासचिव इश्वर पोखरेलले न्यायपालिकाले राजनीतिक दलमाथि हस्तक्षेप गर्न नहुने बताउनु भएको छ । पछिल्लो समय सर्वाेच्च अदालतले राजनीतिक दलको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरिरहेको भन्दै महासचिव पोखरेलले अदालत राजनीतिक मुद्दामा प्रवेश गर्दा...
विराटनगर, २३ वैशाख । मोरङको बेलबारी नगरपालिकामा राप्रपाबाट मेयर उम्मेदवार बनेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ । उनको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो । बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको...
विराटनगर, १५ फागुन । सुनसरी ईटहरी–३ का १८ बर्षीय गजेन्द्र राईको ट्रयाक्टर दुर्घट्नामा परी मृत्यु भएको छ । आज बिहान ०८ बजे मोरङ केराबारी–५ स्थित भित्रि सडकखण्डमा को २ त ५५०० नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित...
विराटनगर । विभिन्न सामाजिक कार्यहरु गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको व्यापार मेला सम्पन्न भएको छ । क्लबले विराटनगरस्थित सिटी प्यालेसमा आयोजना गरेको व्यापार मेला ‘रोटरी ट्रेड फेयर’ सम्पन्न भएको हो । ...
विराटनगर, ७ भदौ । प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङमा कार्यरत प्रहरी निरीक्षक अर्जुन कुमार अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी...
काठमाडौं, १२ असार-देशभर पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकाका सहित देशभर ५९३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा ५९३ जना कोरोना संक्रमित...
विराटनगर, ११ साउन–इटहरीमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या १ सय १० पुगेको छ । भदौ ७ गते गरिएको परिक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । इटहरी–६ का ४६...