डिआइजीका घुमुवा इन्स्पेक्टर राई निलम्बित

 न्यूज विराट
डिआइजीका घुमुवा इन्स्पेक्टर राई निलम्बित

विराटनगर । सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनीका डिआइजी अन्जनीकुमार पोखरेलले सादा पोसाक ‘घुमुवा’ मा खटाएका सशस्त्र प्रहरी निरीक्षक नवलप्रभात राई निलम्बित भएका छन् । डियुटिमा खटिएका चार जना प्रहरीलाई निर्घात कुटपिट गरेपछि राई निलम्बित भएका हुन् ।

राईले आफ्नै संगठनका सहकर्मीलाई पानीमा चोबल्दै, खेदाउँदै निर्घात कुटपिट गरेको घटना बाहिरिएलगत्तै सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले छानबिन समिति गठन गरेको थियो ।
सशस्त्रका एआईजी चन्द्रप्रकाश गौतमको नेतृत्वमा गठन भएको तीन सदस्यीय छानबिन समितिको प्रतिवेदनका आधारमा राईलाई निलम्बन गरी अनुसन्धान थालिएको सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखेलले जानकारी दिए ।
राईले कुटपिट गरेको घटना सार्वजनिक भएको भोलिपल्ट नै तीन सदस्यीय छानबिन समिति गठन भएको थियो ।
इन्स्पेक्टर राईको कुटपिटबाट घाइते भएका पाँच जना सशस्त्र प्रहरीलाई बराह बाहिनी सुनसरीमा राखेर उपचार भइरहेको छ ।

राईको कुटाइबाट झापाको नकलवन्दामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी हवलदार पासाङ तामाङ, सशस्त्र प्रहरी जवान रामबहादुर कार्की, गणेश तामाङ र शान्त कुमार राई घाइते भएका थिए ।
मङ्गलवार राति करिब ८ बजे कोशी प्रदेश बाहिनीबाट इन्स्पेक्टर राईसहित सशस्त्र प्रहरी जवान राम सुन्दर तामाङ, जीवन बास्तोलाका टोलीले प्रहरी हवलदारसहित चार जनामाथि कुटपिट गरेका थिए । कुटपिटबाट प्रहरीको शरिरमा चोटपटक लागेको थियो ।
मेचीनगर नगरपालिका–४ नकलबन्दास्थित बिओपीमा खटिएका सशस्त्र प्रहरीहरूमाथि इन्स्पेक्टर राईले सीमा नाकामा गडबड भइरहेको भन्दै कुटपिट गरेका थिए । इन्स्पेक्टर राईले उनीहरूलाई खोला किनारमा लगेर कुटपिट गरेका थिए ।
सार्वजनिक स्थानमै कुटपिट भएपछि स्थानीयहरूले पनि देखेका थिए । सादा पोसाकमा रहेका व्यक्तिहरूले सशस्त्र प्रहरीको बर्दीमा रहेकाहरूमाथि कुटपिट गरिरहेको देखेपछि स्थानीयहरूले पनि प्रतिकार गरेका थिए ।
कुटपिट गर्ने प्रहरी निरीक्षक राई विवादित प्रहरी अधिकृत हुन् । उनी यसअघि मोरङ पनि बसेका थिए । बिओपी सिक्टीको इन्चार्ज भएर राई बस्दा मोरङको दक्षिणी क्षेत्रबाट तस्करी गराएको आरोपमा विवादमा परेका अधिकृत हुन् । सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनीका डिआइजी अन्जनीकुमार पोखरेल आएपछि राईलाई घुमुवा प्रहरीको इन्चार्ज राखेका हुन् । प्रहरी निरीक्षक राई तस्करीको लाइन मार्फत आएको रकम संकलन गर्ने गरेको सुरक्षा स्रोतको भनाई छ । ‘तराईको झापा, सुनसरी र मोरङको दक्षिणी क्षेत्रमा पुगेर पनि तस्करी गराएको भन्दै बिओपी इन्चार्जहरूसँग पनि रकम मागेर हैरान दिएका छन्,’ एक जना विओपी इन्चार्जले भने ।

सम्बन्धित समाचार

फेरि बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर १ सय ७

काठमाडौं, १६ भदौ-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य वृद्धि भएको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । पेट्रोलको साविकको मूल्यमा २ रुपैयाँले मूल्य...

आत्महत्या गरेकी छात्राको मोवाइलमा प्रिन्सिपलको अश्लील एसएमएस भेटिएपछि

नेपालगञ्ज, असोज २३ । बाँकेको बैजनाथ गाउपालिकास्थित चिसापानीमा रहेको दिप ज्योती सेकेन्डरी स्कुलका प्रिन्सपल दमन पाण्डे आफ्नै छात्रालाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका छन् । पाण्डेलाई आफ्नै विद्यालयबाट एसईई गरेकी छात्रालाई मृत्यु दुरुत्साहन गरेको अभियोगमा...

करेन्ट लागेर १ जनाको मृत्यु

विराटनगर, २४ माघ । ताप्लेजुङको फुङलिङ नगरपालिका-५ मा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका-४ का ४८ बर्षिय सुर्य प्रकाश लिम्बुको मृत्यु भएको छ । आज बिहान साँढे ११ बजेको समयमा उक्त स्थानमा रहेको...

महिला क्रिकेट प्रतियोगिता सुरू, उद्घाटन खेलमा मोरङ र इलाम विजय

विराटनगर । तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता सुुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा भएको मंगलबारको उद्घाटन खेलमा मोरङ र इलाम विजयी भएका छन् । पहिलो खेलमा मोरङले...

ब्राउनसुगरसहित मोरङको रंगेलीबाट दुई जना पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका – ७ स्थितबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनबर्षी नगरपालिका ४ का २५ बर्षीय अमित कुमार दाश र ३५ बर्षीय निलेश दाश रहेका...

लकडाउन भएमा राजस्व पूरा गर्न कठिन:अर्थमन्त्री

काठमाडौं, १५ कात्तिक-अर्थमन्त्री विष्णु पौडेलले कोरोना महामारीको कारण पुन: लकडाउन लगाइएमा राजस्वको लक्ष्य पूरा गर्न कठिन रहेको बताएका छन् । गत आर्थिक वर्षमा ७ खर्ब ९३ अर्ब मात्रै राजस्व उठेकोमा चालू वर्ष विभाज्य कोषसहित १०...

कञ्चनपुरका कोरोना संक्रमित पुरुषको तेस्रो रिर्पोट नेगेटिभ

सेती अस्पतालमा उपचारत कञ्चनपुरका कोरोना भाइरस संक्रमित पुरुषको रिर्पोट नेगेटिभ आएको छ ।कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो। सेती प्रादेशिक अस्पतालका अनुसार उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना...

विराटनगर महानगरले खरिद गरेको मोटरबोटको सफल परीक्षण

विराटनगर । विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा परीक्षण गरिएको छ । बाढी र डुबानका समयमा उद्धारका लागि महानगरले ९ लाख ७५ हजारमा खरिद गरेको मोटरबोटको मंगलबार परीक्षण गरिएको हो । मेयर नागेश कोइराला,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्