प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड

 न्यूज विराट
प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय तहदेखि नै प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

विराटनगर–१७ स्थित मदरसा अशरफिया इजरुल उलूम आधारभूत विद्यालयको १६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सैद्धान्तिकभन्दा प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन् ।

सीपमूलक शिक्षा प्राप्त गरेको विद्यार्थीले अध्ययन पूरा गरिसकेपछि सहज रुपमा रोजगारी पाउने उनको भनाइ थियो । “अझै पनि नेपालको शिक्षा सैद्धान्तिकभन्दा माथि उठ्न सकेको छैन,” उनले भने, “एउटा हातमा डिग्रीको सर्टिफिकेट र अर्को हातमा सीपको सर्टिफिकेट भएमा विश्वको जुनसुकै मुलुकमा गए पनि रोजगारी पाउने अवस्था छ । तर हामी कहाँ डिग्रीको सर्टिफिकेट मात्रै छ भोकेस्नल ट्रेनिङको सर्टिफिकेट छैन ।” उनले विद्यार्थीलाई जुन क्षेत्रमा रुची छ त्यसकै तालिम दिनुपर्नेमा जोड दिए ।
उनले महानगरले पनि प्राविधिक र व्यावसायिक शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । मदरसाहरुको भौतिक विकासका लागि महानगरले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । उनले सीमित स्रोत र साधनको बाबजुत पनि महानगरले दक्षिणी क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताए । विराट राजाको दरबार क्षेत्रमा अवस्थित किचबध पोखरी, मण्ठापोखरी र रानीपोखरीको निर्माण धमाधम भइरहेको छ । बहुवर्षीय आयोजनाका रुपमा रहेका उक्त पोखरीहरुको निर्माण र सौन्दर्यकरण भइसकेपछि आन्तरिक र भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने मेयर कोइरालाले बताए ।
उनले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान जारी रहेकाले साथ दिन सबैलाई आह्वानसमेत गरे । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य र गीत प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

मोरङमा थप १ कोरोना संक्रमितको मृत्यु

विराटनगर, साउन २८-मोरङका थप १ जनाको कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङका ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । श्वाश्सप्रश्वासमा समस्या र ज्वरो...

कान्तिपुर कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूलाई अभिमुखीकरण तालिम दिएको छ । विराटनगरस्थित एक होटलमा सोमबार भव्य कार्यक्रम आयोजना गरी अभिमुखीकरण गराएको हो । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको...

तीन किशोरीको उद्धार

इलाम, २३ पुस-भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका...

मेगा सहकारीको स्थापना दिवसमा मानसेवा आश्रममा भोजन

विराटनगर । विराटनगरमा रहेको मेगा बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं स्थापना दिवसको अवसर पारेर भोजन खुवाउने कार्यक्रम आयोजना गरेको छ । सहकारीले विराटनगरमा रहेको मानसेवा आश्रममा रहेका ज्येष्ठ नागरिक तथा बालवालिकाहरुलाई आज...

विराट गोल्डकप चैत १४ गतेबाट सुरू, तीन विदेशीसहित ‘ए’ डिभिजनका १० टिम सहभागि हुने

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता चैतको दोस्रो साताबाट सुरु हुने भएको छ । चैत १५ देखि २४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमदेखि रात्रीकालिन हुने प्रतियोगिता विराट गोल्ड कप फुटबल ट्रष्ट...

इक्वालिटि कप क्रिकेट सोमबारबाट, उद्घाटनको पहिलो खेल इलाम र सप्तरी भिड्दै

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनले चौथो संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिता आयोजना गर्न लागेको छ ।आइतबार पत्रकार सम्मेलन मार्फत फाउण्डेशनले यस प्रतियोगिता सोमबारदेखि विराटनगर ६ मा रहेको म्यारिलीबोन ज्वाला क्रिकेट ग्राउण्डमा उक्त प्रतियोगिता हुने...

सार्थक र आरवी भए मिस्टर एण्ड मिस लिटल कोशी

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी आरवी खड्का र पथरीका सार्थक भट्टराइले जितेका छन् । आरवीले मिस लिटल कोशी र सार्थकले मिस्टर लिटल कोशीको उपाधि जितेका हुन् । जय मिडिया...

नेकपाको आयोजनामा बृहतरुपमा बक्षारोपण गरिँदै, मोरङका ३५ हजार पार्टी सदस्यले बृक्षारोपण गर्ने

विराटनगर, असार ९–मदन जयन्तीको अवसर पारेर मोरङमा जिल्ला व्यापीरुपमा बृहत वृक्षारोपण गरिने भएको छ । जननेता मदन भण्डारीको ६९ औँ जयन्तिमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङले जिल्लाका सवै पालिकाहरुमा ‘वृक्षारोपण गर्रौ, वातावरणको सुधार गरौ’ भन्ने नाराका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्