शिलन्यास भएको तीन दशकपछि कटहरीमा रेडक्रस भवन बन्यो

 न्यूज विराट
शिलन्यास भएको तीन दशकपछि कटहरीमा रेडक्रस भवन बन्यो

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा निर्माण गरिएको रेडक्रस उपशाखा भवन शिलान्यास भएको तीन दशकपछि निमार्ण पुरा भएको छ । स्थानीय विनादेवी कामतले दिएको पाँच धुर जमिनमा शिलन्यास भएको ३० बर्षपछि रेडक्रसको भवन निर्माण कार्य पुरा भएको हो ।
गाउँपालिका भवन पुर्वतर्फ जग्गामा निर्माण गरिएको भवनको बुधबार उद्घाटन गरिएको छ । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले एक कार्यक्रमकाबीच भवनको उद्घाटन गरे । उक्त भवनको २०५० सालमा शिलान्यास गरिएको थियो ।

नेपाल रेडक्रस सोसाईटी मोरङ शाखाका तत्कालिन अध्यक्ष ज्ञानचन्द दुगड र कटहरी उपशाखाका तत्कालिन अध्यक्ष श्याम मण्डलको पालामा उक्त भवनको शिलान्यास गरिएको थियो । रेडक्रस भवन निर्माणकालागि भन्दै स्थानिय यशोदा कामतले ५ धुर जग्गा दानमा दिएका थिए ।

शिलान्यास पछि जगसम्मको निर्माण कार्य गरेर यत्तिकै छाडिएको थियो । जसका कारण उक्त स्थान फोहोर फाल्ने डम्पिङ साईटमा परिणत भएको थियो । बजेट अभाव,देशको विगतको अवस्था र बिगतका जनप्रतिनिधिले चासो नदिंदा भवन निर्माणकार्य ओझेलमा परेको कटहरीका अध्यक्ष चौधरीले बताए ।
गाउँपालिकाको २९ लाख ६४ हजार रकममा ४ कोठे भवनको निर्माण गरिएको हो । निर्माण गरिएको चारकोठा मध्ये २ कोठामा रेडक्रसको कार्यालय र दूई कोठामा गाउँपालिकाको रोजगार र शिक्षा शाखा संचालनमा ल्याइएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी मोरङका अध्यक्ष सुबोधकुमार सिंह,कटहरी ३ का वडाध्यक्ष जदुलाल कामत तथा कटहरी १ का वडाध्यक्ष हरि राजवंशी लगायतको सहभागिता थियो ।

सम्बन्धित समाचार

चिकित्सकलाई कारबाहीका लागि कोशी अस्पतालले काट्यो पत्र

विराटनगर, २० असार । समयमा चिकित्सक नभेटिएपछि कोशी अस्पतालले कारबाहीकाे लागि पत्र काटेको छ। अस्पतालमा निर्धारित समयमा समेत बिरामीलाई छाडेर चिकित्सक अन्यत्र निजी क्लिनिकमा उपचारमा व्यस्त हुने गरेको गुनासोसँगै अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा. यज्ञराज...

आज लकडाउनको ७३औँ दिन : सवारी चाप बढ्यो, खुल्न थाले पसल

काठमाडौं, २२ जेठ-सरकारले जारी गरेको लकडाउको आज ७३औँ दिन पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । जेठ ३१ गते सम्मका लागि...

गठबन्धन सरकारको फेरी अर्को उपहारः फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं, ७ फागुन । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य...

‘महाजात्रा’ चलचित्रको टिम विराटनगरमा, झापामा प्रिमियर शो हुने

विराटनगर । आउँदो चैत्र ९ गते देश तथा विदेशमा एकैसाथ प्रदर्शन हुने चलचित्र ‘महाजात्रा’ को प्रिमियर शो झापाको बिर्तामोडमा हुने भएको छ । महाजात्रा टीमले मङ्गलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै चलचित्रको प्रिमियर शो बारे जानकारी...

भारतीय विदेश सचिव ११ मंसिरमा काठमाडाैं आउने

काठमाडौं, ८ मंसिर-भारतका विदेश सचिव हर्षवर्द्धन श्रृंगला ११ मंसिरमा नेपालको दुई दिने भ्रमणमा काठमाडौं आउने भएका छन् । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपाल आउन लागेका श्रृंगलाकाे भ्रमणको पहिलो दिन नेपाल-भारत परराष्ट्र सचिवस्तरीय वार्ता हुने...

संघीय संसदको महासचिवमा गौतम सिफारिस

काठमाडौं, २२ वैशाख-संघीय संसदको महासचिवमा डा. भरतराज गौतम सिफारिस भएका छन् । गत २ चैतमा महासचिव मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि सो पद रिक्त थियो । संसदको बजेट अधिवेशन २६ वैशाखबाट सुरु हुने भएपछि गौतम महासचिवमा...

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, पहिलो खेलमा युनाईटेड भेट्रान्स क्लब क्वाटरफाइनलमा

विराटनगर । युनाईटेड भेट्रान्स क्लब विराटनगर १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कपको क्वाटरफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा दुहबी भेट्रान्स क्लब दुहबीलाई १–० गोलले हराउँदै...

मोरङको उर्लाबारीमा मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

विराटनगर । मोरङको उर्लाबारीमा आफ्नै मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ परेका छन् । उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटीले धारिलो हतियार बाम्फोक दाउले टाउँकोमा प्रहार गरेर मामा ४२ वर्षीय काजी महराको हत्या गरेको प्रहरीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्