जन्मसिद्धका सन्तानलाई नागरिकता दिन माग राख्दै विराटनगरमा प्रर्दशन
आइतबार, १७ बैशाख, २०८०,
न्यूज विराट
विराटनगर । नागरिकता संशोधन विधेयक पारित गरिनुपर्ने माग राख्दै विराटनगरमा प्रर्दशन गरिएको छ । उनीहरुले नागरिक विधेयक पारित गरी जन्मसिद्धका सन्तानालाई नागरिकता दिनुपर्ने माग राख्दै विराटनगरमा आइतबार प्रर्दशन गरेका हुन् । नेपालको संविधानले २०७२ सालअघि नेपालको नागरिकता लिएका बुबा र आमाका सन्तानले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गरेको छ । उनीहरूलाई कानुन नभएको भन्दै राज्यले अनागरिक बनाएको छ । उनीहरु जस्तै लाखौं नेपाली युवालाई नागरिकता लिने बाटो खोल्ने गरी संसद्ले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक गएको साउन २९ मा फिर्ता पठाइदिएकी थिइन् । संसदका दुबै सदनले पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्ने वा पुनर्विचारका लागि फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार फिर्ता पठाएको विधेयक संसदले जस्ताको तस्तै दोस्रोपटक पनि पारित गरेको थियो । उक्त नागरिकता विधेयकमा जन्मसिद्धका आधारमा नागरिकता पाएका आमाबुवाका सन्तानलाई नागरिकता दिने, गैरआवासीय नेपालीलाई पनि राजनीतिक अधिकारबिनाको नागरिकता दिनेलगायत विषय समेटिएका थिए । प्रतिनिधिसभाले भदौ २ मा दोस्रो पटक नागरिकता ऐनको संशोधन विधेयक बहुमतले पारित गरेको थियो । राष्ट्रिय सभाले पनि पारित गरेर दोस्रो पटक राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पुगेको विधेयक भण्डारीले रोकेकी थिइन् । दोस्रोपटक प्रमाणीकरणका लागि पुगेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ । यद्यपि त्यो विधेयक राष्ट्रपतिले रोकेर राखेकी थिइन् । अहिले नयाँ राष्ट्रपति र नयाँ संसद् आइसकेको बेलामा पनि यो विधेयकले किनारा पाएको छैन । चुनावका मुखमा गरिएका वाचा बिर्सेर दलहरुले पनि यसबारे अभूतपुर्व मौनता साँधेका छन् । विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङ जाने बाटोको एउटा कुनामा ५० जनाभन्दा बढी युवाहरु शुक्रबारदेखि आफूहरुले नागरिकता पाउनुपर्ने मागसहित धर्नामा बसेका छन् । उनीहरुको नेतृत्व गर्दै नागरिकता पीडित संघर्ष समितिका संयोजक इन्द्रजीत साफी पनि धर्नारत छन् । ‘नागरिकता पीडित संघर्ष समिति’ को कालो टिसर्ट लगाएर विराटनगरको भतभती पोल्ने घाममा दर्जनौं तन्नेरी नेपाली हुनुको पहिचान राज्यसँग मागिरहेका छन् ।
बुटवल, ४ जेठ-प्रदेश ५ का तराइका जिल्लामध्ये कोरोनाको इपीसेन्टर मानिएको कपिलवस्तुमा क्वारेन्टाइनमा बसेका नागरिकहरू भागेका छन् । जिल्लाको यसोधरा गाउपालिका-८ का २ वटा क्वारेन्टाइनबाट ४५ जना नागरिक भागेको गाउपालिका अध्यक्ष गिरजेश कुमार पाण्डेयले पुष्टि गरे...
बलात्कार मुद्दामा अदालतले ९ वर्ष सजाय ताेकेका एक जना फरार अभियुक्त पक्राउ परेका छन् । सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका वडा- १६ का २० वर्षीय रुद्रबहादुर खड्कालाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतकाे टाेलीले हिजाे पक्राउ गरेकाे हाे...
काठमाडौं,२१ जेठ-कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउनमा छ । ११ चैतदेखि सुरु भएको लकडाउन ३२ जेठसम्म लम्बिएको छ । कोरोना सक्रमितको तथ्याङ्क बढ्दो छ । बुधबारसम्म देशभर २ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ...
बुटवल, ११ जेठ-प्रदेश ५ को अति विकट मानिने बाँकेको नरैनापुरमा कोरोना संक्रमण रोकथामका लागि सेना परिचालन गरिने भएको छ । गाउँपालिकाले शनिबार मात्र कोरोना संक्रमण फैलिन सक्ने र स्थित भयावहक हुने भन्दै थप सुरक्षाकर्मी र...
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थसाङ गाउँपालिका–२ को मुलखर्क भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मानापाथी हिमाल नजिकै मुलखर्कमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनास्थलमा जहाज क्षतविक्षत देखिएकाे छ ।...
कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कागेश्वरी मनोहरा नगरपालिकामा मेयरका उम्मेदवार राजु फुयालले भ्रष्टाचार नगर्ने कसम खाएका छन् । फुयालले पशुपतिनाथ र सबै देवीदेवतालाई साक्षी राखी भ्रष्टाचार नगर्ने कसम खाएका हुन् । राप्रपाका उम्मेदवार फुयालले आफू मेयर पदमा निर्वाचित भए...
विराटनगर । कोशी प्रदेशक ामुख्यमन्त्री उद्धव थापाले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले प्रदेशसभाका ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल गनगाईलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । राज्यमन्त्रीमा नियुक्त भएका मण्डलले...