‘ह्वाइट मुन’ सेनेटरी प्याड बजारमा

 न्यूज विराट
‘ह्वाइट मुन’ सेनेटरी प्याड बजारमा

विराटनगर । विराट हेल्थ केयर इन्डष्ट्रिज प्रालिले नयाँ प्रोडक उत्पादन सुरु गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका – २ टंकिसनवारीमा रहेको इन्डष्ट्रिजले उच्च गुणस्तरको सेनेटरी प्याड बजारमा ल्याएको हो ।

‘ह्वाइट मुन’ नाम दिएको सेनेटरी प्याड विराट हेल्थ केयर इन्डष्ट्रिजले उत्पादन सुरू गरेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

उच्च गुणस्तरको सेनेटरी प्याड संक्रमणरहित अत्याधुनिक उपकरणबाट उत्पादन हुने गरेको विराट हेल्थ केयर इन्डष्ट्रिजजका ब्राण्ड म्यानेजर दिक्षा थापाले बताइन् ।
स्वस्थ्यको लागी विश्व दिवस दिन पारेर सेनेटरी प्याड बजारमा ल्याएको उनले बताइन् । ‘हो हामीले उत्पादन गरेको यो सेनेटरी प्याड महिलाहरुको स्वास्थ्य र सुरक्षाको बलियो आधार भएकोले यो कार्यक्रमका लागी आजकै दिनलाइ उपयुक्त मानेका छौं,’ उनले भनिन्, ‘काममा सुरक्षा र स्वास्थ्यको हिसाबले हेर्ने हो भने महिलाहरु अझै पनि जोखिममा रहेको अवस्था छ । प्रत्येक महिना महिलाले खेप्नुपर्ने महिनाबारीले महिलाको स्वास्थ्यलाई जोडेको छ । त्यसैले बिराट हेल्थ केयर इन्डष्ट्रिज आफुलाइ विश्वसनिय, सुरक्षीत तबरका आधारमा अग्रसर बनाएर अगाडी आएको छ । हामीले उत्पादन गर्ने सेनेटरी प्याड हवाइट मुनको मुख्य उद्देश्य भनेको आयातीत सेनेटरी सामानहरुमा परनिर्भरता घटाउनुका साथसाथै गुणस्तरीय, सर्वसुलभ रुपमा उपलब्धता पनि हो ।’

चिनबाट ल्याएको आधुनिक उपकरणबाट सेनेटरी प्याट उत्पादन हुने गरेको छ । दैनिक तीन देखि चार लाख सेनेटरी प्याट उत्पादन गर्न सक्ने क्षमता रहेको छ । तर, अहिले फुल फेजमा संचालनमा नआएको कम्पनीले जनाएको छ ।

कम्पनिले सेनेटरी प्याडको उत्पादन सँगै पहिलो चरणमा पूर्वि नेपालका विभिन्न ग्रामीण क्षेत्रका किशोरी तथा महिलाहरुलाई प्रजनन स्वास्थ्यका बारेमा शिक्षा प्रदान गर्ने, महिनावारीका बारेमा साक्षरता बढाउने र महिनाबारीका बारेमा देखिने अन्धविश्वासलाई घटाउने उनले बताइन् । ‘महिलाको उद्देश्य, लक्ष्य र सफलतालाई महिनाबारीले छेक्नु हुदैन र छेक्दैन भन्ने कुरामा विश्वस्त पार्ने रहेको छ । त्यसैले, सुरक्षीत महिनाबारी, हाम्रो जिम्मेबारी भन्ने हाम्रो यो अभियानमा यहाँहरुको पनि साथ रहनेछ भन्ने विश्वास राखेका छौं,’ म्यानेजर थापाले भनिन् ।

हेल्थ केयर इन्डष्ट्रिजले उच्च गुणस्तरको सेनेटरी प्याड बजारमा ल्याएको जानकारी गराउँदै ।


५५ करोड लगानीमा स्थापना भएको विराट हेल्थ केयरले अन्य विभिन्न स्वास्थ्य सामाग्रीहरु पनि उत्पादन गर्दै आएको छ । विराट मेडिकल कलेजका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीका छोरा र बुहारीले समालेको उद्योगले ९ प्रकाकार सेनेटरी प्याटसहित स्वास्थ्यसँग अन्य सम्बन्धीति विभिन्न सामाग्रीहरु पनि उत्पादन गर्दै आएको छ । यसअघि माक्स, सु कभर, अल्ट्रासाउन्ड जेलीलगायतका सामाग्रीहरु पनि उत्पादन गर्दै आएको प्रबन्धक निर्देशक छत्रबहादुर खड्काले बताए ।
चार विगाहा क्षेत्रफल रहेको उद्योगमा करिब २ सय जनाले रोजगारी पाएका छन् । जसमध्ये ६० प्रतिशत महिला रहको छन्


सेनेटरी प्याड उत्पादन गर्दै ।

सम्बन्धित समाचार

‘स्विफ्ट टटल’ पुच्छ्रेताराका कारण आज रातिदेखि उल्का वर्षा

काठमाडौं, २८ साउन-‘स्विफ्ट टटल’ नामक पुच्छ्रेताराका कारण हुने उल्का वर्षा यस वर्ष आज रातिदेखि हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो उल्का वर्षा बिहीबार बिहानसम्म अत्यधिक मात्रामा देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए...

नोबलमा कोरोना संक्रमितको मृत्यु

विराटनगर १२ असोज–विराटनगरको नोबेल मेडिकल कलेजमा सोमबार एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झापाको गौरादह १ घर भएका ५१ वर्षीय पुरुषको सोमबार दिउँसो नोबेलको आइसोलेसनमा मृत्यु भएको हो । नोबेलका प्रबन्धक नारायण दाहालका...

जुवाडे एमाले नेता माझीसहित ९ जना धरौटीमा रिहा

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारयण माझीसहित ९ जना जुवाडे जनही ३० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।जिल्ला प्रशासन कार्यालय मोरङले पक्राउ गरेका माझीसहित ९ जना जुवाडेलाई शुक्रबार जनही ३० हजार रुपैयाँ धरौटीमा...

जलमग्न विराटनगरको दक्षिणी क्षेत्र

विराटनगर । वर्षासँगै विराटनगर जलमग्न हुन थालेको छ । केही दिनयतादेखि बर्षा सुरु भएपछि विराटनगरको दक्षिण क्षेत्र अधिकांश भागहरु जलमग्न भएका छन् । विराटनगर १५ र १६ नम्बर वडाका सडक र घरहरु जलमग्न भएका छन्...

कृषि विकास बैंक क्षेत्रीय कार्यलयद्धारा सामग्री हस्तान्तरण

विराटनगर, २४ असार । संखुवासभाको मकालु गाउँपालिका हेदाना ३ गोलेचौर स्थित हिमालय माध्यमिक विद्यालयलाई विभिन्न सामाग्री हस्तान्तरण गरिएको छ । सो विद्यालयलाई कृषि विकास वैंक लिमिटेडले संस्थागत उत्तरदायित्व अन्तर्गत डेल कम्पनीको ल्यापटप ५ थान ,...

जनजाति सामुदायलाई उद्घोषण तालिम

विराटनगर । आदीवासी जनजाति सामुदायलाई उद्घोषण एव आदिवासी जनजाती अधिकार विषय सात दिने तालिम सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ विराटनगर नगर समितिको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा उक्त तालिम सुरु भएको हो...

सप्तरीमा द्रुत परीक्षण सुरु, ३८ जनाको नेगेटिभ

सप्तरी, १ बैशाख-सप्तरीमा कोरोनाभाइरस जाँचका लागि ‘¥यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी) विधिबाट द्रुत परीक्षण सुरु भएको छ । क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’ मा जचाउँन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर सो विधिबाट परीक्षण सुरु गरेको जिल्ला...

विदेशबाट उद्धार गरेका कामदारको खर्च रोजगारदाता, म्यानपावर र श्रमिकले ब्यहोर्नुपर्ने

काठमाडौं, १९ जेठ-सरकारले कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली उद्धार गर्ने सम्पूर्ण तयारी गरेको छ । विदेशबाट उद्धार गर्न लागिएका नागरिकको खर्चका बारेमा सरकारले छलफल र कार्यविधि बनाएको छ । वैदेशिक रोजगारीमा कार्यरत कामदारको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्