अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न लागि परेको छु : अर्थमन्त्री महत
बिहिबार, १४ बैशाख, २०८०,
न्यूज विराट
विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको धेरै समस्या अर्थतन्त्रमा आएको शिथिलताका कारण भएको बताएका छन् । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न आफू इमानदार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बजेट खर्च नहुने समस्या समाधानका लागि आगामी दिनमा बजेट पेस भएकै भोलिपल्टदेखि काम गर्न समेत उनले कर्मचारीहरूलाई निर्देशन दिए । निजी क्षेत्रमा पारदर्शीताको कमजोरी भएकाले सच्याउनु पर्ने बताउँदै उनले भने, ‘एउटै लक्ष्य प्राप्ति गर्नका लागि हामी लागेका छौं । निजी क्षेत्र र सरकारले गरेका गल्ती कमजोरी सच्याउनु पर्छ ।’
२०४६ सालको आन्दोलनपछि धेरै परिवर्तन भएको बताउँदै उनले जति हुनु पर्ने थियो, त्यति भने नभएको स्वीकार गरे । ‘धेरै काम भएको छ । धैर्यता गर्ने बानी भने हामीसँग छैन । हामीसँग हात हातमा मोबाइल छन् । त्यो देशमा यस्तो भयो, मेरो देशमा किन भएन भएर विरोध गर्ने चलनमात्रै छ । त्यही भएर गफ कम गर्ने र काम धेरै नगरी अहिले हामीलाई सुखै छैन,’ उनले भने ।
अर्थतन्त्रलाई चलायमान बनाउनका लागि कोही व्यक्तिलाई भन्दा समग्र अर्थतन्त्र र देशलाई फाइदा पुग्ने गरी बजेट ल्याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । ब्याजदर तथा अन्य मौद्रिक नीतिका टुल्सले बजारमा पूँजी प्रवाह हुन नसकेको बताउँदै उनले खुकुलो मौद्रिक नीतिमार्फत उद्योग व्यावसायलाई सम्बोधन गरेर बजारमा पूँजीप्रवाह बढाउने बताए ।
विराटनगर । विराटनगर – ९ स्थित बिराट क्याम्पस (सोम्स) मा महिला पुनर्स्थापना केन्द्र (ओरेक) को ३४औं स्थापना दिवसको अवसरमा लैंगिकता र समाज विषयक संवाद श्रृंखलाको सुरुवात गरिएको छ।क्याम्पस प्रमुख रोशन घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा...
काठमाडौं, मंसिर १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । मतदाताको विवाद टुंग्याएको राप्रपाले आज मतदाता नामावलीमाथि दावी विरोध पश्चात उम्मेदवारी दर्ता हुनेछ । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका...
विराटनगर, ३ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षणगर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको...
पर्सा, १३ साउन-जिल्ला प्रशासन कार्यालय पर्साको जगदम्बा इन्टरप्राइजेजमा सिल गरेको छ । प्रमुख कार्यकारी अधिकृतसहित ४ जना कर्मचारीलाई कोरोना देखिएपछि सिल गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । सहाहयक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका...
विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ नम्बर वडा कार्यालय आफ्नै भवनमा सरेको छ । ७२ लाख २० हजार ३८६ रुपैयाँ लागतमा निमार्ण भएको भवन आइतबारबाट आफ्नै नवनिर्मित भवनबाट सेवा सुरू गरेको हो । नवनिर्मित...
विराटनगर, जेठ ५–विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले वडा नं. ११ को नव निर्मित कार्यालय भवनको सोमबार उद्घाटन गरेका छन् । मेयर पराजुलीले पिछरामा एक कठ्ठा नौ धुर जग्गामा ८५ लाख रुपैयाँको लागतमा निर्माण भएको वडा...
विराटनगर । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको घटनामा न्याय माग गर्दै आज साँझ विराटनगरस्थित रानी नाकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन विराटनगर महानगर कमिटीले श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।...