विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक विस्तारै अराजकतातर्फ अगाडि बढिरहेको बताएका छन् । नेपाली कांग्रेस मोरङले नयाँ वर्षका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देशका आर्थिक, राजनैतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको उल्लेख गरे । “म अहिले मुलुक अप्ठ्यारो स्थितिमा छ भन्न चाहन्न,” उनले थपे, “देशको आर्थिक मात्रै होइन राजनैतिक, धार्मिक र सांस्कृतिकलगायत कुनै पनि क्षेत्र सही तरिकाले हिंड्न सकेको छैन ।” नेता कोइरालाले नेपाल आर्थिक रुपमा श्रीलंका र पाकिस्तान नहुने दाबी गरे । श्रीलंका र पाकिस्तानसित नेपालको तुलना नहुने उल्लेख गर्दै उनले सुधार्न सकिने बताए । “तपाईंहरु आजैबाट नेपाल श्रीलंका हुने हो कि भन्ने त्रासलाई हटाउनुहोस्,” उनले भने, “श्रीलंका र नेपालको परिस्थिति र अवस्था बेग्लै छ । हामीसित अझै ११ महिनालाई पुग्ने विदेशी मुद्रा छ । त्यसो भएकाले आत्तिनुपर्ने अवस्था छैन । तर अर्थतन्त्रमा सुधार गर्नु जरुरी छ ।” कोइरालाले चुनावमा भएका तिक्ततालाई बिर्सिएर संगठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुने बताउँदै कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिए । त्यसैगरी पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता विजयकुमार गच्छदारले सात दशकभन्दा लामो इतिहास बोकेको कांग्रेस संसदीय लोकतन्त्रलाई बलियो बनाउन अझै जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले भने, “कांग्रेस ढुक्क भएर बस्ने अवस्था अझै आएको छैन । अझै पनि संसदीय लोकतन्त्रको रक्षाका लागि कांग्रेस सक्रिय हुनुपर्छ ।” कार्यक्रममा कोशी प्रदेशसभा सदस्यसमेत रहेका केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेससहितका पार्टीले आफ्नो विचार र कार्यशैलीमा परिवर्तन गर्नु आवश्यक रहेको औंल्याए । उनले आगामी उपनिर्वाचनमा मूलधारका पार्टी पराजित भए देशको राजनीति कसरी अगाडि बढ्छ भन्ने प्रश्न उब्जिने उल्लेख गरे । “वैशाख १० गते तीनवटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ, ती क्षेत्रमा विशेष गरी कांग्रेससहित मूलधारका पार्टी जितेनन् भने आगामी अन्य निर्वाचन निकै गाह्रो पर्ने देख्दैछु,” अर्यालले भने, “मूलधारका पार्टीले आफ्नो कार्यशैली र विचारमा परिवर्तन गर्नु आवश्यक छ ।” सो अवसरमा पूर्वकेन्द्रीय सदस्य हसन अन्सारी, कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश इन्चार्ज कविराज घिमिरे, नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, उपसभापति भक्तिनाथ माझी, सचिव ललित श्रेष्ठ, महासमिति सदस्य गयानन्द मण्डल, महाधिवेशन प्रतिनिधि सीता कार्की, विराटनगर महानगर समितिका सभापति दीपक चापागाईं, नेविसंघका मोरङ सभापति सरोज पोखरेल, ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार, रतुवामाई गाउँपालिकाका अध्यक्ष नागेश्वरप्रसाद सिंहलगायतले ठूला पार्टीहरुमा शुद्धीकरण आवश्यक रहेको बताएका थिए ।
विराटनगर । छैटौं कोशी प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघको आयोजनामा विराटनगरमा शुक्रबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।दुई दिन सम्म संचालन हुने सो प्रतियोगिताको उद्घाटन कोशी...
विराटनगर । खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंशराज वाग्लेले आइटिएफ तेक्वान्दो खेलको प्रशिक्षक तीन दिन भित्रमा नियुक्त गर्ने बताएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता बोल्दै...
विराटनगर । मोरङकाे जहदा गाउपालिका २ भाथीगंछबाट माटाेमुनि लुकाएको १५ केजि गाँजा प्रहरिले बरामद गरेकाे छ । इलका प्रहरी कार्यलय रानी विराटनगरले बिशेष सुराकीको आधारमा आज बिहान गाँजा बासकाे झ्याङबाटबरामद गरेकाे हाे । प्रहरीले बरामद...
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले ‘वल्र्ड पर्पल डे’ को अवसर पारेर छारेरोग सम्बन्धी निवन्ध प्रतियोगिता आयोजना गरेको छ ।उक्त प्रतियोगितामा प्रथम विराटनगरको आर्दश स्कुल कक्षा ९ का श्रेय शर्मा, द्धितीय दिल्ली पब्लिक स्कल कक्षा ९...
काठमाडौं, २६ वैशाख-आजदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका २७५ जना सांसदको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ । हिजो र आज गरि २७५ जना सांसदसहित कूल ६९२ जनाको स्वाब...
विराटनगर । महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउ च्याउ खेती तालिम सुरु भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विराटनगरस्थित खार्जी गाउँका महिलाहरुका लागि तालिम सुरु भएको हो । महिला सशक्तिकरणको उदेश्यले क्लबको ‘ह्याप्पी भिलेज...
विराटनगर, १७ मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराट नर्सिङ होम प्रालिको सहकार्यमा ज्योति आधारभूत विद्यालय खर्जीमा मेघा स्वास्थ्य शिविर सम्पन्न गरेको हो । विराट इन्टरनेशनल डायग्नोस्टिक...